Monday, 24 August 2015

एकाइसौ शताब्दी

एकाइसौ शताब्दीमा सन्सारै जाली भो
जता जता जाली मन त्यता पो ताली भो।

सत्यता र ईमानको खडेरी नै पर्यो
असत्य र बैमानीकै हालीमुहाली भो।

सन्सारमा प्यारो भयो रुखो र तीतो नै
मीठो बोली पनि यहाँ सबलाइ गाली भो।

चार जात छ्त्तीस वर्ण यो फूलबारी मा
गुन्डा,फटाहा हरु नै यहाँको माली भो।

शान्तिको देश भनेर नेपाल लाई भन्थे
देश लाई बिगार्ने त हामी नेपाली भो।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।