Sunday, 16 August 2015

सबै सुनसान

अरुको बारेमा सुन्छु गुण-गान
आफ्नो बारेमा त सबै सुन-सान।

छाको देख्छु अरु सबैको मनमा
आफू त परियो सबको अनजान।

इमान्दार र सोझो,मेरो दोष भयो
दु:खी छु यसैमा छैन पहिचान।

तडकभडक भए सबले हेर्ने रछन्
सोझो लाई किन गर्छन् अपमान।

पढे लेखे पनि कुनै मूल्य छैन
सबले रोज्ने रैछन् राम्रो खान-दान।

अरुको बारेमा सुन्छु गुण-गान
आफ्नो बारेमा त सबै सुन-सान।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।