एकान्तमा लुकी लुकी आँसु झारी दिए
के भयो र भनी सोध्दा त्यसै टारी दिए।
आफू लाई भन्दा पनि उनको माया लाग्ने
जसरी नी उनी लाई खुशी पारी दिए।
यात्रा उनको शुरु भयो,मेरो आँसु झर्दै
माझी भई उनी लाई पारी तारी दिए।
उन्नतिको बाटो रोजी रङ्गीन होला जीवन
आफुले त आफ्नै सित खेल हारी दिए।
सारा सप्ना खेर गयो,उनी संगै जिउने
आखिरीमा गई छाडी आशा मारी दिए।
No comments:
Post a Comment