मैले माया तिम्लाइ गरेको कति भो
यो धर्तीमा जन्म लिएको जति भो।
म उस्तै दिवाना तिमी नि दिवानी
सबै भन्छन तिमी हरुको अति भो।
छेड-छाड हान्न थाले उडाए खुब खिल्ली
लैला-मज्नुन,रोम्यो -जुलेटको गति भो।
पिरती गासियो ,हास -खेल गरियो
हुन कि नहुन खै कस्तो मति हो।
समाजले दबाए हाम्रो पागल प्रेम लाई
तै भएर आज म तिम्रो पति भो।
No comments:
Post a Comment