सधैं बाटो तर्की हिन्ने सानीले मार्यो
ओठ टोकी लजाउने बानीले मार्यो।
मन्द मुस्कान अनि ती नसालु आँखा
आँखाको भाकाले झनै नानीले मार्यो।
जून पनि छोप्न थाल्छ लाजले मुहार
होस उडाउने रुपैकी खानीले मार्यो।
यो दिलैको दरबारमा सजाउछु म
सुन्दरताकी धनी उही रानीले मार्यो।
मेरो प्रतिक्रिया नदिइ प्रेम प्रास्तावको
उनको दोधारे आना-कानीले मार्यो।
No comments:
Post a Comment