Tuesday, 25 August 2015

मातमा

बद्लिन्छ यहाँ स्थिती एकै दिन रातमा
के नै हो र जिन्दगी आखिर अन्त घाटमा।

दु:ख सुख साट्न लाइ तिमी छेउ नहुदा
जिन्दगीको अर्थ खोज्छु रक्सीको  मातमा।

के दिन के हो रात नशा मेरो साथमा
हुँदा हुँदा परि सके जड्याहाको जातमा।

कहाँ पर्यौ नि तिमी म त परे घातमा
तिम्रै तस्वीर देख्छु म खादा खेरी भातमा।

खै यस्तो पाराले त कहिले सम्म चल्ने
दु:ख पीडा भुलाउन बोतल छ हातमा।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।