Wednesday, 5 August 2015

गल्तीमा

माफी पाइन्छ अन्जानमा गरेको गल्तीमा
यस्तै हुन्छ माया प्रेमको चलन चल्तीमा।

पेश गर्न सकिएन पत्र उनी सामू
ऐले सम्म थन्किरछ मेरो यो खल्तीमा।

ढिलो गएरै पुगिन्छ हतार गर्न हुन्न
यस्तै सोची गरिन केही नि जल्दीमा।

मान्छे बाट गल्ती हुन्छ कहिले काहीँ त
माफी दिने महान हुन्छ मान्छेको गल्तीमा।

माफी पाइन्छ अन्जानमा गरेको गल्तीमा
यस्तै हुन्छ माया प्रेमको चलन चल्तीमा।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।