Thursday, 27 August 2015

तिम्रो त्यो नयन

तिम्रो त्यो नयन हेरी सायरी म कोरी दिन्छु
कमलो त्यो मुटुबाट दिल तिम्रो चोरी दिन्छु।

एक्लो मुटु तड्पी दिन्छ कसैको साथ नपाउदा
तिम्रो चोखो मुटु सङ्ग मेरो मुटु जोरी दिन्छु।

धेरै दिन भईसक्यो एउटा कुरा भन्न खोजे
आज भने जे जे पर्ला मनको बाध फोरी दिन्छु।

झननन झरी पर्यो भिजिसके म लुत्रुक्कै
ठ्याक्कै तिमी भेट भयो तिम्रो छाता ओरी दिन्छु।

आउ प्रिय समिपमा मेरो कुरा सुनी देउ
एक अर्कामा बाधिन लाई पिरतीको डोरी दिन्छु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।