तिम्रो कल्कलाउदो जोवन मेरै हो
फक्रेको सल्बलाउदो यौवन मेरै हो।
तिम्रो रुपमा अरुको आँखा नलागोस
म बाहेक सबै टाढा टाढा भागोस।
तिम्रो त्यो चन्चले मन मेरै हो
फक्रेको सल्बलाउदो यौवन मेरै हो।
तिम्रो रुपमा म त पागल भइ सके
मन मनै म त तिम्रै भइ सके।
तिम्रो त्यो सुन्दर तन मेरै हो
फक्रेको सल्बलाउदो यौवन मेरै हो।
हरे दैव मलाई उनी जुराइ देउ
यो मनको धोको छिट्टै पुर्याइ देउ।
तिम्रो कल्कलाउदो जोवन मेरै हो
फक्रेको सल्बलाउदो यौवन मेरै हो।
No comments:
Post a Comment