सोचेको थिए मैले त हात थामी दिन्छु
तर तिम्रो छेउ आउदा त्यसै कामी दिन्छु।
हेर्न पाउ तिमी लाई जिन्दगी भरी लाई
अरु तिम्रो सामु आए छाला डामी दिन्छु।
मैले जन्म लिएको हु केबल तिम्रो लागि
के चाहियो भन तिमी दामी दामी दिन्छु।
धड्कन मेरो बढी दिन्छ समिपमा आउदा
नजिक आउ तिम्रो पनि मुटु छामी दिन्छु।
पुर्णिमाको जून जस्ती छौ तिमी झल्मल
जीवनमा तिमी आए भई नामी दिन्छु।
No comments:
Post a Comment