Thursday, 27 August 2015

मनको खाली पाना

यो मनको खाली पाना आज म भरी दिन्छु
मेरो यो जिन्दगी तिम्रै नाममा गरी दिन्छु।

धेरै दिन बितिसके भेट हाम्रो भाको छैन
आउ माया तिमि पनि म नि बेशी झरी दिन्छु।

सङ्गै मिली पूरा गरौ जीवनको बाकी यात्रा
तिम्रो साथ नपाएमा म थला परी दिन्छु।

हातमा हात मिलाएर साथमा पनि साथ
जिन्दगीको गहिरो सागर सङ्गै मिलि तरी दिन्छु

झिलीमिली बनाउनुछ हाम्रो सानो सन्सार
तिम्रो दिलको कुना सम्म प्रेम धुन छरी दिन्छु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।