कसैको नजर बाट गिरेको छैन
तिम्रो कमलो मुटु चिरेको छैन।
मेरो ज्यानै हाजिर छ तिम्रै लागि
तिमी बाट टाढा म फिरेको छैन।
तिमी लाई माया गर्छु यही सत्य हो
झुटको तक्मा कहिल्यै भिरेको छैन।
तिमी मेरो लागि हो म तिम्रो लागि
अरुको दिल भित्र छिरेको छैन।
अनमोल र पबित्र माया नै दियौ
तिम्रो मायाको ऋण तिरेको छैन।
कसैको नजर बाट गिरेको छैन
तिम्रो कमलो मुटु चिरेको छैन।
No comments:
Post a Comment