Wednesday, 19 August 2015

बिसै पिइ दिउला

तिमीले भन्यो भने बिसै पिइ दिउला
तिम्रो लागि मरेर पनि जिइ दिउला।

आँखामा आँसु आए मै पुछी दिन्छु
तिमीले खाने गाँस मै मुछी दिन्छु।
सुख होस तिम्लाई दुख लिइ दिउला
फाटेको भए तिम्रो मन सिइ दिउला।

तिम्रो जीतको लागि म हारी दिन्छु
आकाशको जून तारा पनि झारी दिन्छु।
चोखो जोवन तिम्लाई हासी दिइ दिउला
डुंगा जस्तै भएर म नै खिइ दिउला।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।