Tuesday, 11 August 2015

यस्तै चलन चलेको छ

आज भोलि यस्तै चलन चलेको छ
साचो माया गर्नेकै मन जलेको छ।

सोझा र सीधाको अब दिन गयो
लूचा ,फटाहकै भाग्य फलेको छ।

देशद्रोही हरुले गर्याछन् मोजमस्ती
देशभक्त हरुकै ज्यान गलेको छ।

बाडी-चुडी खा'का छन् देशको ढुकुटी
पटक पटक केबल सत्ता ढलेको छ।

कर अनि भ्याट गरीब लाई लाग्छ
धनी ब्यापारीले कर छलेको छ।

हात मुख जोर्न धौ धौ गरीब लाई
जाली हरुको नै चुलो बलेको छ।

कोही भएन देश उपचार गर्ने
यो देश सिकिस्त भइ थलेको छ।

आज भोलि यस्तै चलन चलेको छ
साचो माया गर्नेकै मन जलेको छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।