माया गर्ने मुटुमा तीखो छुरा रोप्यौ
मेरो नाम मेटी कसको नाम खोप्यौ
मेरो माया बिर्सी अन्तै साट्यौ सुटुक्कै
निस्ठुरीकै यादमा आँसु पिए घुटुक्कै
मेरो गल्ती मनले तिमि लाई रोज्यो
के कम थियो ममा अर्कै लाई खोज्यौ।
तिम्रो माया सस्तो जता पनि खुसुक्कै
कहाँ पुग्यौ तिमी म त निदमा भुसुक्कै।
एक दिन तिमी पनि पागल हुनु पर्ला
मेरो चोखो माया सम्झी रुनु पर्ला।
तिम्रो झूटो माया मुटु खायो कुटुक्कै
निस्ठुरीको यादमा भए म त भुतुक्कै।
No comments:
Post a Comment