दिलैको कोठामा तिमी अटाउछ्यौ
म सधैं तिम्रै हु ,किन घटाउछ्यौ।
मनकी रानी ठान्छु म तिमी लाई
मन बाट मलाई किन हटाउछ्यौ।
तिम्रै समिपमा हुन चाहन्छु
तिमी भने मलाई डाडा कटाउछ्यौ।
हाम्रो माया अटल,सधैं गाढा होस्
चोखो भाको माया किन फटाउछ्यौ।
आखिर म त हु नि तिम्रो नै मान्छे
भन प्रिय किन अरु पटाउछ्यौ।
दिलैको कोठामा तिमी अटाउछ्यौ
म सधैं तिम्रै हू ,किन घटाउछ्यौ?
No comments:
Post a Comment