Friday, 21 August 2015

किन लाउनु माया

किन लाउनु माया,मायाले छल्छ भने
लाएको दुई दिनमै मुटु नै जल्छ भने।

त्याग,तपस्या हुन्छ चोखो यो मायामा त
आशा र विस्वासको खम्बा नै ढल्छ भने।

जूनी जूनी सम्म हुनु पर्छ माया त
आखिर यो भाग्यमा धोका नै फल्छ भने।

दुस्मन संग लडाइँ ,लुकेर भए जस्तो
पछिल्तिर बाट छुरा नै चल्छ भने।

पाँच सय मिटरको दौड होइन माया
लाएको एक क्षणमा शरीर नै गल्छ भने।

किन लाउनु माया मायाले छल्छ भने
लाएको दुई दिनमै मुटु नै जल्छ भने।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।