Saturday, 8 August 2015

फिक्का भो

मेरो गाढा माया उनी लाई फिक्का भो
मेरो जीवन खोटो लागेको सिक्का भो।

हे जिन्दगी तिमी कमालै गर्छौ यार
आफैं सङ्ग गुनासो गर्दा नै ठिक्क भो।

यो ज्यान आज धर्ती लाई बोझ भैदियो
आफ्नो जीवन आफैं सङ्ग अब दिक्क भो।

नरोको दिन छैन नसम्झ्या क्षण छैन
आँखा वरि परि आशुको ढिक्का भो।

सम्झ्यो क्यारे आज निस्ठुरीले पनि
अचानक बाडुल्की हिक्क र हिक्क भो।

मेरो गाढा माया उनी लाई फिक्का भो
मेरो जीवन खोटो लागेको सिक्का भो।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।