मेरो बानी यस्तो नै हो गुलियोको जरै देखी
केटीहरु भाग्न थाल्छन् मलाई देखे परै देखी।
राम्री देखे जिस्क्याइ दिन्छु कसको के नै लाग्छ र
केटी हरु डराइ हिन्छन् निस्किदा म घरै देखी
जिद्दी पनि उस्तै छु म जे भनेको हुनु पर्ने
साथी भाइ दिक्क हुन्छन् नचाहिदो करै देखी।
खतरनाक खेलाडी हु,मैले खेल्छु धेरै खेल
केटीहरु शङ्का गर्छन् मलाइ मेरो भरै देखी।
माङदोर्जेको दोस होला शेर्पा धेरै सोझा हुन्छन्
तर किन थाहा छैन झस्कि दिन्छन् थरै देखी।
No comments:
Post a Comment