Wednesday, 5 August 2015

मेरी उनी लाई

भनि दिनु भेट भए मेरी उनी लाई
क्षणिक हैन माया गर्छु जूनी जूनी लाई ।

राम राम भन्छु म त भीरमा जानी लाई
जानी जानी यो तन बाट टाढा हुनी लाई।

बिर्सन कहाँ सक्छु र पैलो माया लाई
छेउ आइ यो मुटुको धड्कन सुन्नी लाई।

फर्की आउ जीवनमा फेरि नि स्वागत छ
मौका दिन्छु मेरो लागि धेरै रुनी लाई ।

एका देशमा म र उनी, राजा अनि रानी
सुम्पी दिन्छु दरबार सपना बुन्नी लाई ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।