Monday, 3 August 2015

घुम्टो खोल्दा

सुहागरात्मा घुम्टो खोल्दा अति लजाउछु
कसम खाए तिम्रै नामको सिन्दूर लगाउछु।

रातो सारी,शीरमा सिन्दूर,गलामा पोते
यहीँ मेरो गहना हो, चुरा खन्काउछु।

मेरो मनको बह पोख्छु तिमी लाई नै
पुल्पुलिन्छु तिम्रो सामु, कहिले सताउछु।

तिमी नै हो मेरो जीवन, तिमी नै राजा
लुकाउदिन केही कुरा ,सबै सुनाउछु।

एकै छिन नभएमा मन रोइ दिन्छ
तिमी संग हुदा खेरी त्यसै अघाउछु।

सुहागरात्मा घुम्टो खोल्दा अति लजाउछु
कसम खाए तिम्रै नामको सिन्दूर लगाउछु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।