Thursday, 1 September 2016

जोखान हेराएर

संगै बसौं भन्दा बूढो ,काममा खेदाएर
जाग्दैन कि क्या हो माया,घाममा सेकाएर।

फूल जस्तै सजाएर शीरमा राख्दा पनि
बिछोडिन खोज्छे राजी-नामा लेखाएर।

सक्छौ भने फाँसी चढा भन्छ अपराधी
भए भरका प्रायः जसो सबुत मेटाएर।

न्यायधीश पनि यस्तो परि दियो भने
फैसला सुनाउदैन उ तथ्य केलाएर।

कर्म गर्ने बेला भने मस्त सुति बस्यो
भाग्य खोज्न गएको छ जोखान हेराएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...