मनोजसितको बहसमा त मैले जीत हासिल गरें तर त्यो जीत मेरो खुशीको जीत पक्कै थिएन।त्यो जीत मेरो हार थियो।ऊ उदास भएर बसिरहेको थियो।मानौं उसले विश्वकपको फाइनलमा पुगेर हार बेहोरेको छ।ईतिहास बदल्न हिंडेको पाइला रोकिएको छ।उसको योजनाले फेल खाएको छ।उसको उदासीपनले मपनि खुशी हुने कुरै भएन।मैले मनमनै सोचें कि उसको आग्रहलाई सहर्ष स्वीकारुँ।कुरीति र विसंगतिको माखेसाङ्लो तोडेर,अन्याय र अत्याचारका ईंटाहरुबाट निर्मित ग्रेटवाल फोडेर मनोजसँगै भागुँ-सुटुक्क।किनभने मनोजले मेरै भलाईको लागि कदम चालिरहेको थियो।
मनोज एकाग्र भएर सोचमग्न भयो धेरैबेर।मैले उसको एकाग्रता र मौनतालाई तोड्दै भनें-
"कि जाने त मनोज?"
"कहाँ जाने?किन जाने?केका लागि जाने?तिम्रो पढाईको के हाल हुन्छ?तिमीले पढ्नुपर्छ।"
जब मेरो मन परिवर्तन भएर उसँग जाने सोच बनाएँ,उत्तिनै बेला उसले पनि आफ्नो सोचलाई यु-टर्न मार्यो।मैले शुरुमा उसलाई सोधिएका प्रश्नहरु उल्टै मलाई सोध्यो उसले।अरु कुरामा मन मिले पनि निर्णय गर्ने बेलामा भने हामी दुबै चुक्यौं।हाम्रो मत एक हुन सकेन।
"जानको लागि त जाउँला केही छैन।तर हामीले हतारमा निर्णय गर्नुहुन्न।धेरै सोचेर,बुझेर मात्र कदम चाल्नुमै हामी दुवैको हित छ।तिमी पनि सोच।अझै केही बितिहालेको छैन।"
मैले फेरि सम्झाउने कोसिस गरें।
"हुन त हो,तिमीले पढ्नुपर्छ।म तिम्रो पढाईलाई बिगार्न पनि चाहन्न।अहिले पढाईलाई निरन्तरता दिंदै गर।अब त उज्यालो पनि हुन लागिसक्यो।अबको हाम्रो अर्को भेट दावा र डोमाको बिहेमा पक्कै हुनेछ।एक हप्ता पछि।बाँकी भलाकुसारी त्यतिबेलै गरौंला।अहिले म ओझेलमा पर्न चाहन्छु।"
उसको कुरामा शीर हल्लाउँदै मौन स्वीकृति मात्र के जनाएकी थिएँ,ऊ प्रकाशको गतिमा आफ्नो घरतिर प्रस्थान गर्यो।पूर्वको लालीकिरणले धर्तीलाई चुम्नु अगावै घरमा पुग्न चाहन्थ्यो।छर्लङ्ग उज्यालो भएको खण्डमा कसैको नजर उमाथि पर्न सक्थ्यो।नानाथरीका वाहियात हल्लाहरु सार्वजनिक हुन सक्थे।एकछिन त्यहीं टक्क अडिएर पर-परसम्म उमाथि नजर लाएँ।ऊ पनि बेला-बेलामा खुट्टामा ब्रेक लाउँदै यतैतिर हेरिरहेको हुन्थ्यो।केही समयसम्म यस्तै प्रकृया चलिरह्यो।हेर्दाहेर्दै प्यारो मान्छे अदृश्य बन्यो।आँखा झिमिक्क गर्दै उसले डाँडा काटिसकेकोले केही बेरपछि थकित ज्यान लिएर गम्ल्याङगै ओछ्यानमा पल्टें।मनोज म देखि दूर-दराजमा पुगिसकेको थियोे।बिहेमा भेटिने बाचा गरिएपनि कुनै निश्चितता नभएकोले पीर-व्यथाहरुको सगरमाथा लिएर रोइरहें,चिच्याइरहें।मनोजको प्रस्तावलाई ठाडै अस्वीकार गरेकोमा पश्चातापको ज्वालामा दनदनी जलिरहें।आफ्नै खुट्टामा बञ्चरो हानेको महसुस गरें।आफैंलाई धिक्कार्न,गाली गर्न,चिमोट्न थालें।
"थुक्क मोरी!अर्काले जाऔं भन्दा मानिनस्,ईस खा अब!समस्याको दलदलबाट निकाल्छु भन्दा पनि नाइँनास्ती गरिस्!अब तड्पिएर बस्नु बाहेक तेरो के विकल्प छ?केटी!तैंले ठूलो गल्ती गरिस्।आएको सुनौलो मौका गुमाइस् ।अब के गर्छेस्? "
उसको प्रस्ताव लत्त्याउने मुखलाई दुई झापट लाएर आँशुको तालमा पौडिन थालें।

दावा र डोमाको बिहे आउन अझै एकहप्ता बाँकी थियो।एक-एक सेकेन्ड बिताउन हदैसम्म कठिनाइको सामना गरें।मेरो मनले कहिल्यै फुर्सद पाएन।विद्यालयमा पढाईको बेला पनि मन मनोजकै यादमा व्यस्त हुन्थ्यो।दिन त जसोतसो साथीहरू सँग गफिंदा,खेल्दा र पढ्दा बितिहाल्थ्यो।तर रात भने हजारौं माइल लामो लाग्यो।यादको लम्बाइ इन्फिनिटी थियो।रातहरु दर्दनक,कहालीलाग्दा,उराठलाग्दा र निर्जन हुन्थे।मनोजकै यादहरुको चाङ बन्थ्यो।श्रृङ्खला बन्थ्यो।मेरा यादहरुको ताँती उसको मनसम्म गएर ठोकिन्थे या ठोकिन्नथे-थाहा भएन।तर सपनामा भने म उसैको काखमा लुट्पुटिएर उसैको मायाको सागरमा चुर्लुम्म डुबेकी हुन्थें।बिचित्रको नौलो संसारमा सँगै हाँसिरहेका हुन्थ्यौं।संगै बाँचिरहेका हुन्थ्यौं।तर जब सपनाबाट विपनामा आइन्थ्यो,म नितान्त एक्ली हुन्थें।मेरो संसार वसन्तको विपरीत शिशिर जस्तो उजाड हुन्थ्यो।जीवन बेहद खल्लो र बेस्वादिलो लाग्थ्यो।यथाशीघ्र मनोजलाई भेट्न जाउँ जस्तो लाग्थ्यो।तर मैले आफूलाई सम्झाएर सम्हाल्थें।
शनिबारको दिन।बाबा-आमा सँग वार्तालाप हुँदै।एक्कासी आमाले भन्नुभयो।
"छोरी!तिमी मनोजसित गयौ भने तिमीसँग पानी बाराबारको सम्बन्ध हुनेछ।"
एक्कासी आँधीबेहरी आएझैं उथुलपुथल भयो-मेरो मस्तिष्क।केही सोच्न र भन्न सकिन।केही बेरसम्म अक्क न बक्क भएँ।मनोज र मेरो चक्करको बारेमा बाबा-आमाले थाहा पाइसक्नुभएछ।
"छोरी! हामी तिम्रो सुख र खुशी चाहन्छौं।तिम्रो घरबार गतिलो भएको देख्न चाहन्छौं।उ हेर त पासाङको घर कति ठूलो छ।धनसम्पति पनि मनग्ये छ।मनोजको के छ?यदि तिमी कुनै पनि हालतमा मनोजसित गयौ भने हामी तिमीलाई छोरी भन्दैनौं।तिमीले हामीलाई बाबा-आमा पनि भन्नुपर्दैन।तिमीलाई के चाहिन्छ?मनोज या बाबा-आमा?जसरी पनि तिमीले एउटा कुरा त्याग्नुपर्छ।"
आमाले धेरै कठिन परिक्षा लिनुभयो।के गर्ने,के नगर्ने?ठोस निर्णय लिनै सकिन।म दुबैलाई छोड्न नसक्ने अवस्थामा गुज्रिरहेकी थिएँ।बाबा-आमा मेरो जन्मदाता।मनोज पहिलो र साँचो प्रेम।म धर्म-संकटमा परें।कुनै एकलाई छोडेर कसरी बाँच्न सक्थें र!
"हे भगवान !किन नारीले मात्र सत्य युगदेखि अहिलेसम्म परीक्षा दिनु परेकोछ?कहिले पतिव्रताको परीक्षा त कहिले नैतिकताको र चरित्रको?के पुरुषले चाहिँ मनपरी गर्न पाउने?कुनै परीक्षा दिनु आवश्यकता छैन उनीहरुले?के पुरुषहरू सबै नैतिकवान र चरित्रवान हुन्छन्?फेरि मेरा बाबा-आमाले कस्तो परीक्षा लिंदै हुनुहुन्छ ममाथि?"
म भित्र-भित्रै विद्रोहको राँको बाल्दै थिएँ।चुनौतीको बम बनाएर सामाजिक विकृति र विसंगतिलाई ध्वस्त पार्न मन लाग्यो।
"हो,पासाङको ठूलो घर होला।धन-सम्पतिको थुप्रो होला।तर मन मनोजको सबैभन्दा ठूलो छ।धन भनेको हातको मैला न हो।आज छ-भोलि छैन।समय कुमालेको चक्रझैं फनफनी घुमिरहेको छ।करोडपति भोलि कंगाल पनि हुनसक्छ।कंगाल पनि करोडपति।त्यसैले मान्छे धनको गरीब भए पनि मनको धनी भयो भने कुनै दिन उसले सफलताको शिखर चुमेरै छाड्छ।मलाई धन हैन माया चाहिएको छ।मलाई बुझ्ने समझदार,इमान्दार र असल मान्छे चाहिएको छ।म कुनै पनि हालतमा पासाङलाई स्वीकार्न,मनोजलाई छोड्न सक्तिन।साथै रगतको नाता पनि तोड्न सक्तिन।मलाई गलहत्याएर घरबाट निकाल्नुहुन्छ भने बरु म गैदिउँला।"
मैले बाबा-आमाको सामू अडानलाई यथावत राखें।

मनोजबिनाका मेरा दिनहरु कछुवाको गतिमा सुस्तरी बितिरहेका थिए।लामो र कठिन प्रतिक्षा पश्चात् दावा र डोमाको बिहे पनि दैलो ढकढक्याउँदै आइसकेको थियो।
अरु साथी-संगीहरु प्रायः सबै बिहेमा गैसके।मैले भने घरबाट अनुमति पाइरहेकी थिईन।
"आमा!सबै जना गैसके।हामी पनि जाऔं न।"-मैले अनुरोध गरें।
"हामी त नजाने।विहान मात्र जाने हो।"-आमाले भन्नुभयो।
"त्यसो भए म जान्छु नि।तपाईंहरु जानुहुन्न भने।"
"तिमी बिहेमा जाने होइन।मनोजलाई भेट्न जाने हो।जानुपर्दैन कतै।खुरुक्क यही सुतेर बस्ने।"
"केटा खोज्नको लागि पनि कोही बिहेमा जान्छन्?बिहेमा जानेहरु सबै पोइ-जोई खोज्न जाने हुन् त?"
"आज बिहेमा गयौ भने त्यसपछि यो घरमा फर्केर आउनु पर्दैन।"
"हो,हो, म मनोजलाई नै भेट्न जाने हो।केही भन्नुछ?"-रिसले मुर्मुरिंदै भनें।

औंशी नभएपनि जून ढिलो आउने हुँदा रात निस्पट्ट भैसकेको थियो।मलाई जसरी पनि बिहेमा जानु थियो।बिहेनै मनोजसित भेटिने उत्तम बहाना थियो।तर त्यतिनै बेला टर्च बिग्रेकोले आँखा बिग्रे सरह भयो।बाटोमा दुईटा खोलाहरु तर्नुपर्थ्यो।एउटा खोलामा भूत-पिशाचले तर्साउने हल्ला भएकोले भूतलाई भगाउने एउटै मात्र उपाय थियोे-सिट्टा बालेर जाने।सुकेको फल्याकलाई लाम्चो र मसिनो हुने गरी चिरेर एक बिट्टा बनाएँ।राँको जस्तै बालेर घरबाट एक्लै निस्कें।त्यो राँको मेरो आक्रोश र विद्रोहको एक भयंकर रुप जस्तै लाग्यो मलाई।अरुबेला राती एक्लै यताउता हिंड्न डराउँथें।तर त्यो रात अत्यन्तै साहसिली र आक्रमक भएँ।भूत-पिशाच आए राँकोले डढाइदिन्छु भन्ने अनौठो खालको आँट सवार भयो।शरीरमा छुट्टै स्फूर्ति र उर्जा थपियो।दु:ख-पीरलाई छेउ लाउँदै नयाँ जोश र उमंग बोकेर डरलाग्दो बाटो पनि सजिलैसँग छिचोल्दै गएँ।
बिहेघर नजिक पुगिसकेकी थिएँ।नाचगान हुँदै गरेको निकै परबाट प्रष्ट देखियो/सुनियो।पुग्नेबित्तिकै खाना खाएर नाचगानकै कार्यक्रमतिर बढें।
"बज्यो साँढे दस,नेपालचोकमा आइपुग्यो बनेपाको बस"।
तरुण-तरुणीहरु जोडतोडका साथ नाचिरहेका थिए।यसो घडी हेर्दा ठ्याक्कै साँढे दसनै बजेको देखेर आफू भाग्यमानी भएको र सोचेको काम पक्कै पूरा हुन्छ भनेर मनमनै सोचें।गीतको बोल र समयको संयोग मिलेकोमा मख्ख पर्दै फेरि मीठो कल्पनामा डुब्न पो पुगेछु।
"कतै साइत त जुरेको छैन?"

साथी-संगीहरुको लगातारको आग्रहमा मपनि कम्मर मर्काउन थालें।केही समयपछि।बैजनी रंगको कोट।भित्र सेतो सर्ट।बाहिर कालो पाइन्ट।मनोज टुप्लुक्क देखियो।हाम्रा आँखा जुधेर चार भए।अनुहार हेर्दा यस्तो देखिन्थ्यो,कि ऊ लामो समयदेखि मेरै व्यग्र प्रतिक्षामा बसेको छ।उसले नबोलिकनै आँखाको चालले 'के छ' भनेर सोध्यो।मैले पनि शीर हल्लाएरै 'ठिक छु' भन्ने जवाफ दिएँ।मैले नाच भन्न नभ्याउँदै ऊ अर्को गोलाकार घेरामा पसेर नाच्न थाल्यो।दुईटा छुट्टाछुट्टै गोलाकारमा नाचिरहँदा एक बिन्दुमा हाम्रो मिलन भयो।उसले तुरुन्तै आफ्नो घेरा छोडेर मेरो घेरामा घुसेर मसँगै नाच्न थाल्यो।सञ्चो-बिसञ्चोको कुरादेखि लिएर कहिले आएको र यतिका सारा दिनहरु कसरी बिते भन्ने कुराहरुको प्रश्नोत्तर चल्यो।
"मनोज!हाम्रो सम्बन्धको बारेमा बाबा-आमालाई थाहा भैसक्यो।मैले तिमीसित बिहे गरें भने रगतको नाता समेत तोड्ने रे।हाम्रो माया धरापमा परिसकेको छ।मलाई जसरी पनि पासाङलाई भिराइदिने चलखेल र राजनीति चरम बिन्दुमा पुगिसकेको छ।केही उपाय निकाल्नैपर्ने समय आएको छ।नत्र ढिलो हुनेछ।मनोज!म तनावग्रस्त छु।केही सोच्न सकिरहेकी छुइन।"
"ओमु,चिन्ता नगर।केही न केही उपाय निस्किएला नि।नत्र म तिम्रो हात माग्न तिम्रो घरमा आउँछु नि।"
"माग्न आउने?माग्न आउने कुनै चान्स छैन।त्यही माथि बाबा आमाले पनि उतै सपोर्ट गर्नुहुन्छ।माग्न आएर केही फाइदा छैन मनोज।"
मैले यथार्थ समस्या वर्णन गरें।

कोही बिहेमा नजाने भनेर म आइसकेपछि बाबा आउनुभएछ।हामी सँगै नाचेको र गफिएको देखेर बाबा रिसले मुर्मुरिंदै हामीलाई क्वाप्पै खाउँलाझैं गरेर हेर्नुभयो।सायद एउटा गरीब केटासँग हेलमेल गरेको देखेर उहाँको चित्त दुखेको थियो।मलाई अधिक घृणा गर्दै हुनुहुन्थ्यो।तर मलाई कसैको रीस,डाहा र घृणाले केही फरक पर्ने वाला थिएन।संसार मायाले अढिएको छ।अढिरहनेछ।मनोजको दीगो र पवित्र माया पाए मलाई अरु केही/कोही चाहिएको थिएन।दूरबाटै क्रूर हुँदै लाल नयनले थर्काउन खोज्दै हुनुहुन्थ्यो।केही सीप नलागेर बाबा चूर हुनुभयो।
"थुक्क,थुक्क!"
आवाज निकालेर भुइँतिर थुक्नु भयो।सायद उहाँले मेरो भाग्यलाई थुक्नुभएको होला।बाबानै हाम्रो पवित्र प्रेमको बाधक हुनुभयो।

यतातिर मनोज नाचगानमा सरिक भएपनि हल्का-हल्का खुट्टा चलाएर नाचे जस्तो मात्र गर्दै थियो।यथार्थमा ऊ घेरामा हिंडिरहेको थियो।गहिरो सोचाइमा डुबेर।उसको स्वभाव कम बोल्ने खालको भएकोले दिमागमा के कुरा खेलिरहेको थियो-यकिन गर्न सम्भव भएन।
"ओमु!••हामी••,जाऔं,••जानुपर्छ ••,गाउँ छोडेर••तत्कालै।"
एक्कासी मनोज शब्द-शब्दमा,किस्ता-किस्तामा बोल्न थाल्यो।उसको वाक्य एकैपटक पूरा नभएर धेरै पटकमा मात्र पूरा भयो।प्रत्येक शब्दले धेरै भारी अर्थ र महत्व बोकेको थियो।
"कतै मनोज निंदाएको त छैन?सपनामा त बर्बराउँदै छैन?होशमा त बोल्दैछ?कतै खुस्केको त हैन?"
मनमनै यस्तै सोचेर उसको अनुहारमा गहनरुपमा अध्ययन गरें।तर उसको मुहारमा निकै गाम्भीर्यता,अठोट र विद्रोह प्रष्टरुपमा मिश्रित थियो।माया-पिरतीमा एउटा सुनौलो र अविस्मरणिय ईतिहास रच्न लागेको भाव।उसले एउटा महान क्रान्तिको उद्घोष गरिसकेको थियो।परिवर्तनको राँको सल्काइसकेको थियोे।अग्रगामी पाइला चालिसकेको थियो।आफ्नै मनको साम्राज्यमा जुलुस निकालिसकेको थियो।शिक्षित भएर पनि अशिक्षित झैं बनेका ब्यक्तिहरुलाई गतिलो पाठ पढाउने अभियान थालिएको थियो।उसले जिन्दगीको सबैभन्दा भयंकर र ठूलो निर्णय लिंदै थियो।उसको निर्णय कुनै पनि हालतमा चानचुने थिएन।उसको निर्णय अचेत समाजको लागि एउटा नमूना थियो।उसको-मेरो जिन्दगी र भविष्यसँग गाँसिएको सवाल-जवाफ थियो।केवल आवश्यकता थियो मेरो साथ,सहमति र प्रतिबद्धताको।
"त्यसो भए जानेनै हो त?"
मैले औपचारिकता पूरा गर्ने हेतुले मात्र प्रश्न सोधेँ।
"अँ,जानेनै हो।राजी छ्यौ हैन?कि कुनै आपत्ति छ तिम्रो?"-
"छैन।"-मैले यति मात्र भनें।

जानुभन्दा अर्को कुनै विकल्प पनि त थिएन।उसको हातमा हात र काँधमा काँध मिलाउनुमै हाम्रो भलाई देखें।
गाउँ छोडेर जाने लगभग पक्कापक्की भयो।मन मिलिसकेपछि गाउँ छोडेर जानु कुनै ठूलो कुरा भएन।जानु भन्दा पहिले दाइलाई जानकारी दिएँ।पहिलेदेखि मेरो भावना बुझ्ने दाइ मात्र हुनुहुन्थ्यो।उहाँले मेरो साथ पनि दिनुहुन्थ्यो तर निर्णायक भूमिका भने खेल्न सक्नुभएको थिएन।बाबा-आमानै निर्णायक पात्र हुनुहुन्थ्यो।
"दाइ म त जान लागेकी।"
"कहाँ ?"
"खै कहाँ हुन्छ अब।सायद काठमाडौं ।"
"किन जाने।को सित जाने?"
"मनोज सित।"
"जे गर्छ्यौ गर,मलाई थाहा छैन।यसमा मेरो भन्नु केही छैन।"
अन्तमा दाइले यति भनेर स्वीकृतिको सानो संकेत दिनुभएपछि अन्तिम निर्णय सुनाएँ।
"हामी त जाने नै हो।"
उहाँ मौन भएर मतिर हेरिमात्र रहनुभयो।
"दिदी!हामी त जान लागेका।कसैलाई नभन्नुहोला।"
"ए!तिमीहरू त जान लागेका?आफू त यस्तै भइयो।ल-ल राम्ररी जाऊ।"
मैले सबैभन्दा प्यारी र मन मिल्ने दिदीलाई पनि हामी जाँदै गरेको खबर सुनाएँ।उहाँ निकै भावुक हुनुभयो।साथै उहाँले आफ्नो भाग्य,लाचारीपन,बाध्यता र अन्धकार भविष्य प्रति पनि गहिरो खेद प्रकट गर्नुभयो।दिदीको अवस्था देखेर भित्रैबाट दया पलाएर आयो।तर मुकदर्शक भएर बस्नु बाहेक उहाँको लागि मैले गर्न सक्ने केही पनि थिएन।
"ओमु!म पर ढुंगाको पुलमा पर्खिन्छु।झट्टै आऊ है!"
मनोजले मलाई भेट्ने स्थान तोकिदियो र सरासर त्यतैतिर लाग्यो।

No comments:
Post a Comment