काठमाडौं,कपन स्थित नवनिर्मित "ओमु निबास"मा भर्खरै सरेको सु-अवसरमा आयोजित भोज समारोह अति भव्य तरीकाले भैरहेको थियो।वरिपरि छर्लङ्ग देखिने वातावरण।खुल्ला आकाश।भर्खर-भर्खर फाट्टफुट्ट घरहरू निर्माणाधीन अवस्थामा भएकाले बस्ती-पातलो।कोलाहल एवं प्रदुषणरहित र सुनसान पर्यावरणको कारण काठमाडौंको कुनै स्थान हो भनेर पत्यार लागिरहेकै थिएन।मानौं नेपालको कुनै सुन्दर पहाडी गाउँ हो।घर चिटिक्क परेको।आधुनिक प्रविधिको उपयोग गरी बनाइएको दुई तल्ले।माथि छतमा अन्दाजी १५/२० वटा गमलामा विभिन्न थरीका रंगीन फूलहरु सजिएका।मनमोहक दृश्यले आँखालाई शितलता प्रदान गर्न सक्षम देखिन्थ्यो।कुनै कमजोर आँखा पनि त्यो दृष्यपानले ठीक हुनसक्ला झैं।सुवासले घरदेखि निकै पर-पर सम्म नाकलाई सुँघिरहन बाध्य बनाउँथ्यो।मन्त्रमुग्ध बनाउँथ्यो।मोहित पार्थ्यो।फूलले भमरालाई पारे झैं।छ्तको एक कुनामा फलामको खम्बा गाडिएको थियो जसमा सेतो ध्वजा फर्फराइरहेको अवस्थामा।सिँढीमा सफेद मार्बल चिप्काइका।बाथरुम,कोठा र अन्य खाली ठाउँहरुमा पनि बुट्टेदार टाइल बिछ्याइएका।घरको बाहिरी आवरण ३ थरीका रंगहरुले रंगिएको।जुन दृश्यले घरलाई सुन्दर,आकर्षक,स्तरीय र अत्याधुनिक कहलाउन सफल। यसो हेर्दा घर बेहुली झैं सजिएको देखिन्थ्यो।मन्दिर झैं देखिन्थ्यो।क्षितिजबाट सप्तरंगी इन्द्रेणी त्यहीं झरे जस्तो।त्यहाँ एकछिन मात्र बस्दा पनि स्वर्णिम आनन्दानुभूति हुन्थ्यो।भोजमा मुख्यत शेर्पा र फाट्टफुट्ट रुपमा अन्य जातिका पाहुनाहरु उपस्थित थिए।कोहीले कोदोको झोल,कोहीले स्थानीय रक्सी,कोहीले शिल प्याक र कोहीले चिया पिएर आनन्द लिइरहेका थिए।पिय पद्धार्थ संगै आ-आफ्ना ईच्छानुरुप सलाद,चिकेन,मटन र अचारको स्वादमा रमिरहेका।कोही गफमा मस्त।कोही खान-पिउन ब्यस्त।कोही गीत-संगीतको तालमा नाचेर मनोरञ्जन लिईरहेका।जाँड-रक्सीको सागरमा चुर्लुम्म डुबेर पौडिए पनि सबै अनुशासित भएर मनोरञ्जनका विविध गतिविधिमा संलग्न थिए।झैं-झगडामा कोही पनि सरिक भएको देखिएन।सबैको ध्यान भोजमै भए पनि मेरो ध्यान भने ओमु बहिनीको घरमै थियो।मेरो मनमा घर र घरसंग सम्बन्धित कुराहरुले नै डेरा जमाउन थाले।अभ्यन्तरमा उत्सुकता र कौतुहलताहरु तँछाड-मछाड गरेर द्रुत गतिमा छलाङ मार्न आतुर थिए।घरको बारेमा तथ्यहरुको अध्ययन र संकलन गर्न व्यग्र थिएँ।त्यो भन्दा पहिले कुनै पनि गगनचुम्बी महल र दरबारहरुले मलाई तानेका थिएनन्। तर सानो "ओमु निबास" बाट असामान्य तवरले प्रभावित भएँ।मेरो असल मित्र जेएसको आफ्नै बहिनी भएकोले घरको मालिक्नी ओमुबाटै सबै कौतुहलतालाई दूर भगाउनु चुनौतीको विषय थिएन।साथीको बहिनीको नाताले गर्दा मनमा उब्जेका तमाम चरम चासोका तरंगहरुलाई मेटाउन बिना कुनै हिच्किचाहट प्रश्नबाणहरु ओमुतिरै तेर्स्याएँ।
"बहिनी!यदि भन्न मिल्छ,अप्ठ्यारो लाग्दैन भने एउटा कुरा सोध्छु है?यो घर बनाउन कति रकम लाग्यो?घर त राम्रै बनाएकी रहिछ्यौ।जे होस् छोटै समयमा प्रगति गरेर सेटल भएकीछ्यौ।"
छिटो,मीठो र छरितो बोल्ने ३०बर्षीय ओमुको अधर एक्कासी बन्द भयो।भुुकम्पपछिको पराकम्पन झैं केही समयको अन्तरालमा थर्थराउन थाले।गहिरो मौनता छायो।लाग्यो- गलत प्रश्न सोधेर ठुलै अपराध गरें।मेरो कुराले उनलाई अनायासै औंशीको रातझैं अन्धकार बनाइसकेको थियो।पीडाको कालो बादल मडारिन थाल्यो अनुहारमा।नयनबाट अश्रुको अघोर वर्षा हुन थाल्यो।व्यर्थै के-के सोधेछु झैं लाग्यो।पश्चातापको भुङ्ग्रोमा जल्न थालें।नयनतालबाट उम्लेर बाहिर पोखिएको अश्रुथोपालाई दायाँ हातको बुढीऔंलाको सहायताले पन्छाउँदै उनले जवाफ दिन थालिन्-

"भन्न धेरै सजिलो छ दाज्यु-प्रगति भन्ने कुरा।गरेर देखाउन फलामको चिउरा चपाएझैं हुन्छ।
आँखा झिमिक्क गर्दै हुने नेपालको मौसम परिवर्तन जस्तो कहाँ हो र? यो सानो घर बनाउन धेरै ठूलो त्याग र तपस्या लगानी गरेकी छु।मेरो घर रंगीचंगी रङहरुले हैन आशुले रंगिएको छ।प्रत्येक ईंटा-ईंटामा मेरो पसिनाको खोला बगेको छ।भित्ताहरुमा प्लास्टर गरिएको सिमेन्टको कण-कणमा मेरो रगत मिसिएको छ।यो अबस्थामा आइपुग्न मैले कम त संघर्ष गर्नु परेन?मेरो कथा,व्यथा,पीडा र वेदना सुनाउने हो भने पूरै दिन लाग्ला।लेख्ने हो भने रामायण वा महाभारत भन्दा पनि ठूलो ठेली बन्ला।एउटा लामो उपन्यासै तयार होला।के सुनाउँ दाज्यु,जति सुनाए पनि कमै हुन्छ।"
बहिनीको सटिक जवाफले मलाई भारी पुग्यो।शरीर ग्रहुँगो भएर आयो।मानौं मैले २०० किलोको वजन उचाल्दैछु।
"के थपिदिउँ दाइहरुलाई? रोयल स्टाग,लोकल,बियर कि तोङ्बा?चिकेन,मटन,सुकुटी छोयला,सलाद? जे चाहिन्छ लाज नमानीकन भन्नु है-आफ्नो बहिनीको घरमा।"
-ओमु बहिनीले टेबलतिर नजर लाउँदै भनिन्।
"भो-भो बहिनी अहिलेलाई छ।नपुगे भनिहाल्छु नि।
"भो-भो बहिनी अहिलेलाई छ।नपुगे भनिहाल्छु नि।
मैले जवाफ फर्काएँ।
समय बित्दै जाँदा होहल्ला पनि बढ्न थाल्यो।प्रायः जसो पाहुनाहरु नशाले लट्ठिएर कोही गाउन र कोही नाच्नमै जोड दिन थाले।
"सुर्के थैली खै,भन सुर्के थैली खै"
समय बित्दै जाँदा होहल्ला पनि बढ्न थाल्यो।प्रायः जसो पाहुनाहरु नशाले लट्ठिएर कोही गाउन र कोही नाच्नमै जोड दिन थाले।
"सुर्के थैली खै,भन सुर्के थैली खै"
एकै स्वरमा गाउँदै कौशीमा नाचेको आवाज मेरो कानको पहाडसम्म ठक्कर खान आइपुग्यो।मैले पनि तलै बसेर उनीहरुको सुर-ताल सँगै जीउ र शीर हल्लाएर मजा लिएँ।तर मेरो ध्यान नाचगान र रमाइलो तिर भन्दा पनि ओमु बहिनीको प्रतिकृयामै केन्द्रित थियो।
सोच्न थालें-किन मेरा प्रश्नका छर्राहरुले पूर्णिमाको जून जस्ती ओमुको चहकिलो मुहारमा छिद्र-छिद्र भयो?औंशीमय भयो? कोमल मुटुलाई छिया-छिया बनायो त?अनेक शंका र उपशंकाहरु मलाई जिस्क्याउदै नाच्न थाले।हिम्मत बटुलेर यथार्थ कुरोको चुरो पत्ता लगाएरै छाड्ने निंधो गरें।हुन त मैले कौतुहलताको प्यास मेरो जिग्री मित्र जेएसबाट पनि मेट्न सक्थें।तर उसले बर्षौंसम्म संगत गर्दा पनि त्यस्ता कुराहरुको गाँठो कहिल्यै फुकाएको थिएन।साथै ऊ अति सोझो र इमान्दार भएकोले ऊ सित म आफैं पनि खुल्न सक्तिनथें।हाकाहाकी,हँसिली र हल्का गफाडी ओमुबाटै सत्य-तथ्य विषय-बस्तुको जानकारी मिलोस् भन्ने चाहन्थें।मलाई त्यो विषयमा यति बिध्न चासो बढेको थियो कि मेरो प्रतिक्षाको बाँध टुट्न-फुट्न लागिसकेको थियो।त्यो भन्दा बढी प्रतिक्षा गर्नु मेरो लागि संसारकै सबभन्दा कठिन कार्य थियो।हुन त कसैको दु:ख र अतीत खोतलेर,कोट्याएर रगतम्य आलो बनाउनु ठूलो महापाप नै थियो।तर महापापै सही-बहिनीको सुख,दु:ख र बिगतका दिनहरुलाई उजागर गराएरै छाड्ने अठोट गरें।

"बहिनी!तिमीले आफ्नो अतीतको कथा र व्यथाको उपन्यासै बन्छ भनेर मेरो मनलाई उकुस-मुकुस बनाइदियौ।तिमीले आफ्नो अतीतको मुल नफुटाए सम्म उत्सुकताको भुकम्पले मेरो मनलाई कम्पन गराइरहन्छ।तनाबको बारुदले मेरो दिमाग विस्फोट होलाझैं हुन्छ।तिमीले आफ्नो मुख नखोलेसम्म दिनदिनै आईरहन्छु।यही प्रश्न तेर्स्याएर हैरान बनाउनेछु।के म तिम्रो दाइ हैन ? के मलाई पराई ठान्छ्यौ?के दाइलाई एउटी बहिनीको अतीत जान्ने अधिकार छैन?प्लीज बहिनी,यदि मलाई आफ्नो दाइ सम्झिन्छ्यौ भने साटासाट गर मसंग दु:ख-सुखका क्षणहरु।"
यति भनेर ओमुको मुखबाट केही कुरा फुत्काउने दुस्साहस गरें।
"हा हा हा हा,दाइ पनि।मैले सुने अनुसार तपाईं एउटा कुशल लेखक पनि हो रे।म त्यत्तिकै कहाँ सुनाउँछु दाइ।मेरो एउटा शर्त मान्नुहुन्छ भने मात्र।"
"हा हा हा हा,दाइ पनि।मैले सुने अनुसार तपाईं एउटा कुशल लेखक पनि हो रे।म त्यत्तिकै कहाँ सुनाउँछु दाइ।मेरो एउटा शर्त मान्नुहुन्छ भने मात्र।"
अलिकति आँशु र अलिकति हाँसो मिश्रित मुद्रमा भनी ओमुले।
"हुन्छ सुनाऊ न।"-मेरो छोटो जवाफ थियो।
"मेरो कहानीको उपन्यास लेख्नुपर्छ तपाईंले।यदि मेरो यो शर्त पूरा हुन्छ भने मात्र राजी छु,नत्र••••••।"
"हुन्छ सुनाऊ न।"-मेरो छोटो जवाफ थियो।
"मेरो कहानीको उपन्यास लेख्नुपर्छ तपाईंले।यदि मेरो यो शर्त पूरा हुन्छ भने मात्र राजी छु,नत्र••••••।"
हाँसो-मजाकमा उडाउँदै भनी।
"ठिकै छ,यदि कहानीले मन छोयो भने अवश्य पनि लेख्नेछु।तर त्यसको लागि शुरुमा त सुन्नुपर्यो नि।"
"ओके दाइ,कान ठाडो पारेर सुन्नुस् र नोटबुक पनि साथमा लिएर बस्नुस्,हा हा हा••••••।"
आफ्नो ब्यागबाट नोटबुक निकालेर उनलाई शुरु गर्ने ईशारा गरें।उनी बोल्न थालिन्-
मेरो बाबाले जिन्दगीमा कहिल्यै पनि बिहे नगर्ने ,ब्रम्हाचारी बस्ने भनेर देश-बिदेश घुम्दै बस्नुभएको थियो रे।अन्तमा केही सीप नलागेर ४० बर्षको उमेरमा मेरी १६ बर्षकी आमासंग माँगी-विवाह गर्नुभएको रे।देश खाएर शेष भैसकेको बाबा उतिखेर फिल्मी महानायक राजेश हमालको झैं हुनुहुन्थ्यो रे।जीउडाल अग्लो,चौडा छाती र सुन्दर भएकोले मेरी आमा कम उमेरकी भएपनि भुत्तुक्कै हुनुभएको रे।तर बाबा-आमाको पढाइ-लेखाइ शून्य भएकोले हाम्रो परिवार गरिबी र बेरोजगारीको चपेटामा फसेको थियो।त्यसैले म र मेरा दुई दाज्युभाइ सहित ५ जनाको परिवार धान्न बाबालाई सिंगै कैलाश पर्वतलाई काँधमा बोकेर हिंडे जत्तिकै मुस्किल थियो।शुरुमा हाम्रो घर काठको फल्याकले छाएको झुपडी थियो।पछि खाई-नखाई संचित गरेको केही पैसाले एकतल्ले बाट तीनतल्ले घर बनाउने क्रम चलिरहेको थियो।मोटामोटी घर पूर्णरुपले सम्पन्न भैसकेको थियो।मात्र छाना छाउन बाँकी थियो।ढुंगा,माटो र काठबाट निर्मित घर साउन महिनाको निरन्तर वर्षाको कारण तीनतल्ले घर अचानक एकैचोटी गर्ल्याम्गुर्लुम ढल्यो।धेरै भौतिक सम्पत्ततिको क्षति भयो।धनको क्षति भए पनि जनको भने क्षति हुन पाएन।तर जन-धन भन्दा धेरै हाम्रो मनको क्षति भयो।हामी त सानै भएकाले खासै दु:ख र पीडाको अनुभूति भएन।तर बाबा-आमाको मनमा आँधी-तुफान चलेको थियो।छातीको पहाडबाट पहिरो गएको थियो।हाम्रो परिवार दैवीप्रकोपबाट पिडित,प्रताडित,प्रभावित,भयभीत र मर्माहत भएको थियो।दैवले पनि दु:खी,गरीब र निरीहहरुलाई नै पेल्ने रहेछ।अलिकति के प्रगति हुन लागेको थियो,दैवले देखि नसहेर फेरि माथिबाट तलै झार्यो।के हामी गरीबको केही गरिखाने अधिकार छैन?धनी हुने अधिकार छैन?यदि छ भने दैवले किन हामीमाथि त्यत्रो अन्याय गर्यो?मान्छेले अन्याय गरेको भए अदालत गएर मुद्दा लड्थ्यौं।तर त्यो अन्यायको विरुद्धमा लड्न कुन अदालत जाने हो?के दैव आफैं सबैभन्दा ठूलो न्यायाधीश हैन र? बिना गल्ती किन हाम्रो विपक्षमा फैसला सुनाइयो?दैवी-अदालत भन्दा माथिको सर्बोच्च अदालत कहाँ छ?आखिर सबैभन्दा ठूलो अन्याय हामीमाथि भएको थियो।घर हाम्रो ढलेको थियो।हाम्रो सपनाको महल ढलेको थियो।आस्थाको खम्बा ढलेको थियो।हाम्रो बर्तमान माथि गम्भीर प्रहार गरेर भविष्यलाई निस्पट्ट र चौपट्ट बनाएर अन्धकार तर्फ धकेलिदिएको थियो।परिवारको दुबै खुट्टा भाँचेर कहिल्यै उठ्न नसक्ने बनाएको थियो।

त्यसपछिका दिनहरुमा हामीलाई ऋणको भारीले बेस्सरी थिच्न थाल्यो।गरीबीको अचानोलाई दुर्भाग्यको धारिलो तरवारले प्रहार गर्न थाल्यो।बाध्यताको करौंतीले विवशताको घाँटी रेट्न थाल्यो।हाम्रो सुखको संसारमा दु:खको आगो लागेर खरानी भयो।जसरी सगरमाथा आरोहीको आरोहण सफल हुने अन्तिम प्रहरमा एक्कासी आँधी-तुफान आइदिन्छ।हिम-पहिरोले उसको सपना र जिन्दगी बर्बाद पार्छ।त्यसरीनै हाम्रो परिवारको आशामा तुषारापात भयो।जेनतेन गाउँले-आफन्तहरुको सहयोग र ऋणको सहायताले अर्को एउटा सानो नयाँ झुपडी खडा गरियो।तर त्यो झुपडीमा कुनै आनन्दको निद्रा,खुशी,सुख र चैन केही पनि उपस्थित थिएनन्।उपस्थित थियो त केवल दु:ख,पीडा र बेचैनी।घर खाली थियो,केही पनि थिएन।थियो त केवल निराशा,रोदन र आँसु मात्र।
जतिसुकै दु:ख,कष्ट र आर्थिक अभाव भए तापनि बाबा-आमाले दाइ,भाइ र मलाई पढाउन भने छाड्नुभएन।त्यो नै उहाँहरुको महानता थियो।
"फेल भयौ भने तिमीलाई स्कुलबाट निकालेर गाइबस्तु र बाख्रा चराउन लगाउछु"
"फेल भयौ भने तिमीलाई स्कुलबाट निकालेर गाइबस्तु र बाख्रा चराउन लगाउछु"
बाबा-आमा भन्नुहुन्थ्यो बेलाबेलामा।तर म जहिल्यै पनि पास मात्र भएकोले उहाँहरुको चाहना पूरा भएन।धम्की धम्कीमै सिमित रह्यो।सायद मेरो भाग्यमा पढ्न लेखिएको थियो।
मेरो जिन्दगीको वसन्त ऋतुमा जवानीको पालुवा पलाउँदै जीवनले नयाँ-नयाँ फड्को मारिरहेको थियो।म सानैदेखि चञ्चले स्वभावको भएकोले क्षण-क्षणमा आफ्नो मुहारलाई ऐनामा प्रतिबिम्बित गर्थें।आफ्नै रुप देखेर दङ्ग पर्थें।आफूले आफूलाई निकै सुन्दरी छु जस्तो ठान्थें।म पन्ध्रौं वसन्तमा पाइला टेक्दै गर्दा स्थानीय बिद्यालयमा कक्षा ८ मा अध्ययनरत थिएँ।मैले विभिन्न रंगीचंगी सपना देख्न र बुन्न थालेकी थिएँ।कल्पनाको महासागरमा पौडिन थालेकी थिएँ।भविष्यको आफ्नो राजकुमारको खाका कोर्दै उनैसंग भावको डुंगामा सयर गर्न थालेकी थिएँ।आफ्नो शरीर र अंगहरु यस्तो होस्,उस्तो होस् भनेर चाहनाको उत्कर्षरुपी तलाउमा डुबुल्की मार्दै निकै पर-पर कुनासम्म पुगेर फर्किन्थें।अन्ततः यथार्थतामा पुगेर लज्जित हुन्थें।
बिद्यालयमा हामी ४ जना केटी साथीहरु सँगै बस्थ्यौं,खेल्थ्यौं,रमाउँथ्यौं। प्रायःजसो हामी आफ्नै घरका बाबा-आमाका कुरा काट्थ्यौं।
"रक्सी खाने,कराउने,कचकच गर्ने,झगडा गर्ने,यस्तो र उस्तो" भनेर तिललाई पहाड बनाएर आक्रोशित हुन्थ्यौं-बाबा-आमा प्रति।हामी सबैको मन र कुरा मिल्ने भएकोले हाम्रो टिम जमेको थियो।
"रक्सी खाने,कराउने,कचकच गर्ने,झगडा गर्ने,यस्तो र उस्तो" भनेर तिललाई पहाड बनाएर आक्रोशित हुन्थ्यौं-बाबा-आमा प्रति।हामी सबैको मन र कुरा मिल्ने भएकोले हाम्रो टिम जमेको थियो।
एकदिन हामी चारैजनाले शनिबारको दिन जिरी बजारमा गएर कपाललाई थाइकट काट्ने सल्लाह गर्यौं।सर्व-सहमति पनि भयो।भोलिपल्ट जिरीको सैलुनमा गएर मैले थाइकट कटाएँ।अलिकति अनौठो अनुभूति र धेरै पश्चाताप भयो।आइतबारको दिन थाइकटमा बिद्यालय जाँदा अरु ३ जना साथीहरु कसैले केश काटेका थिएनन्।पहिलोपटक घनिष्ट साथीहरूबाट धोका भयो।कक्षाकोठामा सबैको नजर ममाथि थियो।मानौं म फाल्टो जोकर नै हुँ।कोही हाँसे र कसैले खिल्ली उडाए-हिरोईन जस्ती भैछ्यौ भनेर।गाउँघरतिर त्यतिखेर कसैले थाइकट काट्ने चलन थिएन।राम्रो पनि मानिन्नथ्यो।मैले नै पहिलोपटक काटेकोले गाउँघरमा मेरै बारेमा नकारात्मक टिका-टिप्पणी,चर्चा-परिचर्चा र होहल्ला भयो।म निरीह भएर सहेर बस्न विवश थिएँ।अरु ३ जना साथीहरूले पनि कटाएका भए सामान्य नै हुन्थ्यो सबैको लागि।मैले पनि साथीहरू तिर औंल्याएर उम्कने मौका पाउथें र केही मात्रमा राहत मिल्थ्यो।दिनहरु बित्दै जाँदा त्यो नकारात्मक विषय पनि बिस्तारै सेलाउदै गयो।म पनि चर्चाको शिखरबाट क्रमशःओरालो झर्दै गएँ।कारण-मेरो कपाल धेरै पलाएर पूर्वावस्थामा आउन लागिसकेको थियो।
No comments:
Post a Comment