Tuesday, 20 September 2016

तीन मुक्तकहरु

मुक्तक-१

सोचेको भन्दा अनौठो जिन्दगी रहेछ
चाहदै नचाहेको दिशामा बगी रहेछ
प्रगतिशील मार्गमा अगि बढ्नु पर्नेमा
आफैले आफैलाई मज्जाले ठगी रहेछ।

मुक्तक-२

सज्जन हरु पनि जाली भएर निस्कन्छन्
चरित्रहीन जस्तै खाली भएर निस्कन्छन्
पस्ने बेलामा सियो बनी पस्छन् दिलमा
निस्कने बेलामा फाली भएर निस्कन्छन्।

मुक्तक-३

जहाँ बस्यो त्यहीँ हुन्छ घर परदेशीको
कहाँ हुन्छ देश छोड्ने रहर परदेशीको
जति बेलै हुन सक्छ सपनाको दुर्घटना
जिन्दगीको छैन कुनै भर परदेशीको।

माङ दोर्जे शेर्पा
माली-३,दोलखा

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...