हाम्रो मायामा मनलाई भन्दा तनलाई जोड दिइएको थिएन।गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाएर रोमान्स गर्ने पश्चिमेली संस्कृतिको उपज थिएन।बिपरित लिङ्गीहरुको बीचमा आकर्षण हुनु प्राकृतिक र स्वभाविक प्रक्रिया भएपनि बिहे भन्दा पहिलेको शारीरिक सम्पर्क विकृतिको एक नमूना हो।हाम्रो मायामा विकृतिको एक लक्षणसम्म पनि थिएन।टहटह जूनेली रातमा सायद म एकसय वाटको बत्तीको चिम जस्तै चम्केको देखेर होला मनोज नामको पुतली मेरै वरिपरि फनफनी नाच्न थाल्यो।झुम्न खोज्यो मेरो चहकिलो मुहारमा।चुम्बन गर्ने प्रयत्न गर्यो।
"ओमु,यसपालिको छेच्यु त सकिन लाग्यो त।भोलिदेखि त सुनसान हुनेछ यो ठाउँ पनि।अनि सुनसान हुनेछ मेरो मनको सिंहासन।"
उसको कुराले मेरो मुटुमा ढ्याङ्ग्रो ठोक्यो।पीर लाग्न थाल्यो। दया लाग्न थाल्यो आफैंलाई।बिचरी म!"
आफूलाई सम्हाल्दै भनें।
"तिम्रो मनको सिंहासन सुनसान होला तर मेरो हुनेछैन,किनभने मेरो दिलको दरबारको सिंहासनमा सधैं मेरो राजाले राज गरिरहनेछ।"
"तर तिमी टाढा भएपछि दिलमा छ कि छैन ,कसरी थाहा पाउने?"
"धत!आफ्नै दिलको बारेमा थाहा हुन्न?आफ्नो दिललाई सोध न ,छ कि छैन।"
"ल ल अहिले हैन,भोलि सोधुँला।"
"खै,अबका दिनहरु तड्पिएरै बित्ने होला-कसैको यादमा।दुईदिनको रमझम र हाँसोपछि फेरी रुनु पर्ने त होला नि मैले।फेरि उही अन्याय र अत्याचारको चपेटामा परिने त होला।खै मनोज कसरी बित्नेछन् मेरा आगामी दिनहरु,म आफैंलाई अवगत छैन।"

मैले निराश भएर भनें।
"हरेश नखाऊ।भगवानमाथि भरोसा राख।सबै ठिक हुनेछन्।म छु नि तिम्रो कठिन घडीमा साथ दिने।अहिलेको लागि तनावमुक्त भएर बस।जो पर्ला-सो टर्ला।भविष्य कसले देखेको छ र?नतिजा हाम्रो पक्षमा पनि हुनसक्छ।"

सान्त्वना दिंदै भन्यो उसले।
अन्तिम रात भएकोले मेला लगभग अन्तिम चरणमा पुगिसकेको थियो।नाचगानको भीड क्रमशः पातलिंदै गयो।सबै आ-आफ्ना गन्तव्यतिर प्रस्थान गर्न आतुर थिए।रात उज्यालो तर्फ उन्मुख हुँदै थियो।तर मेरो मन भने एक कहालीलाग्दो अन्धकारतर्फ मोडिंदै थियो।विहानको तीन बजेनै लगभग मेलाको समापन भैसकेको थियो।मनोजबाट बिदा भएर म आमासँगै घरतिर प्रस्थान गरें।शरीर त्यसै-त्यसै शिथिल भएर आयो।पाइलाहरु पिटिक्कै चल्न मानेनन्।स्वर्ग छोडेर नर्क तिर उन्मुख हुँदैछु जस्तो लाग्यो।खुशी र सुखका दिनहरु समाप्त भएर दु:ख र पीडाका दिनहरुले स्वागत र प्रतिक्षा गरेको आभास भयो।आधा बाटो पुगेपछि अत्याधिक थकानको कारण चौतारीमा विश्राम लियौं।चौतारीदेखि अलि तल्तिरको खोल्साबाट एक प्रकारको सेतो आकृति हामीतिरै उकालो बढेझैं लाग्यो।त्यो खोल्सामा भूत-पिशाच हिंड्छ रे।तर्साउँछ रे।कहिलेकाही पानीले छ्याप्छ रे।यस्तै विभिन्न हल्लाहरु धेरै पहिलेदेखि सुन्दै आएकी थिएँ।तर मैले एकाइसौं शताब्दीमा यस्तो हुनै सक्तैन भनेर विश्वास गरेकी थिईन।तर त्यो दिन स्वयं मेरै आँखाले त्यो दृश्य वा आकृति देखेर आश्चर्यचकित भएँ।भयले मेरो शरीर फुलिसकेको थियो।मुटुको गति तेज भयो।शरीरमा पसिनाको बाढी-पहिरो गयो।आमासँग कुरा गर्दा सही शब्द उच्चारण हुन सकिरहेको थिएन।त्यो कुरा आमालाई भन्न मन लागेको थियो तर उहाँ झन डराउनुहोला भनेर मौन बसें।एकछिनपछि त्यो आकृति विलीन भयो।तैपनि मनको बाघले खाइरह्यो।हाम्रो पाइला पुनः घरतिरै मोडिन थाले।केही माथि पुगेपछि डर मानी-मानी पछाडि फर्केर हेर्ने धृष्टता गरें।त्यो सेतो आकृति अझै पनि हाम्रै पछि लागेझैं लाग्यो।त्यो के होला?भूत होला या किच्कन्नी?आत्मा भए कसको होला?हाम्रो पछि किन लागेको होला?उसको हामीसँग केको,कहिलेको दुष्मनी होला?कि जिउँदो हुँदा हाम्रो शाखा-सन्तानसँग दुश्मनी थियो कि?जोसँग रिसिईपी भएपनि हाम्रो के दोष छ र ?के अरुले गरेको गल्तीको सजाय हामीले भोग्ने?मनमा अनगिन्ती सवालहरु पैदा भए।तर जवाफ एउटा पनि पाईन।एक मनले फेरि सोध्यो-
"कतै मनोज त हैन?हैन,हैन।ऊ किन आउँथ्यो र यहाँ?आउने भएपनि त्यस्तो पहिरनमा किन आउँथ्यो र?आउने काम पनि के नै छ र ?"
"सायद कोही गाउँले या इष्टमित्र होलान्।यदि चिनजानको,यतैको मान्छे भए हामी चौतारीमा विश्राम गर्दा किन त्यहाँ आएन?कतै चोर डाका त हैन?यदि चोर डाका भएको भए हाम्रो पछि किन पर्थ्यो र?हामीसँग लुटेर लैजानलाई न त सुनचाँदी ,न मनग्ये पैसा।केही पनि थिएन।घरमा पनि चामल,नुनतेल,आलु,दुई चारवटा कुखुरा ,बाख्रा र गाईभैंसी बाहेक चोर्न लायकका केनै छन् र?फेरि यस्ता घरायसी चीजहरु चोर्न र डकैती गर्न त हामी घरमा नभएको मौकामा पो सुटुक्क आउँथे त।हाम्रो पछि के खानलाई आउँथे?"

हजारौं थरीका कुराहरु मनमा खेलाएर आकुलव्याकुल भैसकेकी थिएँ।हामीसँग लुट्नको लागि केवल एउटै कुरा थियो-एक युवतीको जवानी।तर युवती पनि नैतिकतावान र चरित्रवान भएकोले त्यो लुट्न पनि सहज थिएन।असम्भवनै थियो।तैपनि युवतीसँग उनकी आमानै साथी भएपछि जवानीको पछि परेको पनि हैन भनेर चित्त बुझाएँ।मनमा अनेक शंका र उपशंकाहरुको सुनामी आयो।तर जेसुकै र जोसुकै भएपनि हामीलाई मतलब र चासोको विषय थिएन।किनकि हामी घरको आँगनमा पुगिसकेका थियौं।घर पुग्नु अघि हामी मुसा थियौं।बिरालोको डर थियोे।तर हामी बाघ भैसकेका थियौं।डर-त्रास उल्टै हामीबाट कुलेलाम ठोकेर धेरै टाढा पुगे।एउटै कुराको चिन्ता भने मनभित्रै रहिरह्यो।कतै भूत-पिशाचको छायाँ हामी माथि त परेन?"
ओमु बहिनीको भूत-पिशाचको कहानीले मेरो आङ सिरिङ्ग भयो।उता जेएस पनि डराएर मेरो अनुहारमा पुलुक्क हेर्दै नजिक नजिक सर्यो।आजको भोज भव्यताका साथ सम्पन्न भयो।भोजमा उपस्थित प्राय:सबै गैसकेकाले घरमा सन्नाटा छायो।शहरै भएतापनि कुकुरहरूको एकोहोरो भुकाइ र लाटोकोसेरोको आवाजले आतंक मच्चाइरहेको थियो।मनमा एक किसिमको डर-त्रासले डेरा जमायो।टेबलमाथि राखिएको रक्सी अझै सकिएको थिएन।सकिएकै भएपनि कुनै तनाब थिएन।किनभने चाहिएको खण्डमा प्रयाप्त रक्सीको बन्दोबस्ती थियो-ओमु बहिनीको घरमा।अझ अचम्मको कुरा त के भने कहिल्यै रक्सी मुखमा नहाल्ने जेएसले मभन्दा बढी पिइसकेको थियो।तैपनि ढलेकै थिएन।मलाई एउटा कुरामा पनि डर लागिरहेको थियो-लेखकहरुले बढी पिउने रहेछन् भन्ने हो कि भनेर।तर त्यस विषयमा खासै कसैको ध्यान गएको देखिएन।
"के हो जेएस सर,तपाईं त म भन्दा नि खतरनाक निस्किनुभयो त।"
मैले उसको कानमा खुसुक्क भनें।
"हैन ,हैन सर दुई गिलास त हो नि,बढी पिएको छुइन।"
जेएसले रमाइलो चुट्किला सुनाए जस्तो लागेर मनमनै मज्जाले हाँसे।बाहिर भने मन्द मुस्कुराएँ मात्र।
"हैन हो जेएस सर,लोकल भए पो गिलासको कुरा आउँछ।हामीले त सिलप्याक पिएका हौं नि।एक प्याग,दुई प्याग भन्नुपर्छ।"
फेरि जेएससँग मजाक गरें।
"हा हा हा हा••••••••••••••••"
मेरो कुराले भने सबैजना गलल हाँसे।मानौं म एउटा हाँस्य कलाकार मञ्चमा दर्शकदीर्घलाई हसाउँदैछु।
"ए ओमु बहिनी!कन्टिन्यू गर न कहानीलाई।हामी कहाँ थियौं रे?ए,ए भूत••••••।भूतको कुराले मेरो मन उथुलपुथल भएकोले छोटो ब्रेक लिएर हाँसेको/हँसाएको हुँ।मेरो प्रतिक्षाको बाँध टुटिसकेको छ।बाँकी कहानी सुन्नलाई एकदमै आतुर छु म।"

यति भनेर मैले बहिनीलाई झक्झकाएँ।
"साँच्ची,म कहाँ थिए रे?"
बीचमा शिलशिला भंग भएकोले कहानीलाई कहाँबाट निरन्तरता दिने भनेर गाह्रो भयो।
"भूत के त,झन भर्खरै भूतको कुरा गरेको त हो नि।"
मैले ओमुलाई चर्को स्वरमा सम्झाएँ।उनले कहानीलाई जोड्न थालिन्।

"म करीब सुत्ने तरखरमा थिएँ।बाबा,फूपू र भाइ बेलैमा आइपुग्नुभएको थियो।दाइ एउटा गैरसरकारी संस्थामा काम गर्ने भएकोले अफिसमै बस्नुहुन्थ्यो।सबैजना मस्त सुतिरहेका थिए।तर मलाई भने पटक्कै निद्रा लागेन।एकातिर मनोजसँग बिताएका मीठा पलहरु आँखा वरिपरि जीवित घुमिरहेका थिए।नाचिरहेका थिए।अर्कोतिर हाम्रो पछि परेको सेतो आकृतिको बारेमा अनेकौं शंका-उपशंका र अड्कालबाजी गरिरहेकी थिएँ।नौलो विहानीको जन्म हुनै लागेको त्यो समयमा भूत-पिशाचको कुनै डर थिएन।किनभने रातको बाह्र-एक बजेतिर तिनीहरू बढी सकृय र शक्तिशाली हुन्छन् भन्ने कथा-कहानीहरुमा सुनेकी थिएँ।उठेर झ्यालबाट बाहिर चियाउन थालें तर केही देखिन।अँध्यारो र उज्यालोको महा-संग्राममा उज्यालोको जीत सुनिश्चितनै भएकोले म पनि शक्तिशाली हुँदै गएँ।उत्सुकताका साथ ढोका खोलेर बाहिर हेर्दा शुरुमा त केही देख्न सकिन।आफूलाई भूत-पिशाच माथि बिजय हासिल गरेको ठान्दै निकै बाहिरसम्म गएँ।घरमाथिको ध्वजासँगै उभिएको थियो-त्यही सेतो आकृति।
"आम्मै••••••••••••••••।"
मेरो मुखबाट यतिमात्र के निस्केको थियो,त्यो सेतो आकृति खुरुरुरु दौडेर पूर्वतिर भाग्यो।मलाई झन-झन हिम्मत आउँदै थियो-सेतो आकृतिमाथि जीत हासिल गरेझैं गरी।आकृतिको पछि-पछि लागेर गएँ।मानौं उसलाई मैले लखेट्दैछु।उसले पनि सायद मलाई देखेर होला,हतार-हतार कुलेलाम ठोकेर निकै पर पुगेपछि टक्क उभ्यो।सायद उसले भन्दै थियो-
"यहाँसम्म आएर त हेर।अब भने म तिमीलाई छोड्दिन।लडाइँ गरेरै छोड्छु।"
अथवा उसले भन्दैथियो कि-
"यहाँ आऊ म तिमीलाई नै पर्खिरहेको छु।"
घरदेखि अलि उता पट्टीको खोल्साको नजिकै गएर थचक्क भुइँमा बस्यो।मेरो मुटुको धड्कन तेज हुँदै थियो।अब भने मेरो शक्ति कम हुँदै गए जस्तो लाग्यो।आकृतिको शक्तिले जितेझैं लाग्यो।
"ओमु••••••••••••!"
उसले मेरै नाम लिएर बोलायो।
"ओमु!"
"ओमु!"
उसले तीनपटक मेरो नाम लिएर बोलाइसकेपछि भने मैले पनि बोलें-
"हजुर"
कहिलेकाही भूत-पिशाचले पनि बोलाउँछन् रे।दुईपल्ट सम्म नाम समेत किटान गरेर बोलाउँछन् रे ।तेस्रोपल्ट बोलाउँदा बोले पनि केही फरक पर्दैन भन्ने पनि सुनेकी थिएँ।त्यसैले हिम्मत जुटाएर बोलेकी थिएँ।फेरि त्यो भूतनै थियोे भनेर यकिन पनि त थिएन। जब म उसको नजिक पुगें,तब ऊ कुनै भूत नभई मान्छेनै रहेछ भन्ने थाहा पाएँ।अचम्मको कुरा त-त्यो मान्छे अरु कोही नभएर मनोजनै थियो।
"ए, मनोज किन आएको यतिबेला यहाँ?के भयो?अनि किन भागेको मदेखि?"
हतास हुँदै निकै हकारेको भावमा सोधेँ।
"तिमीलाई भेट्न आएको नि।अरु कसलाई भेट्न आउनु र?म यहाँ आएकोमा तिम्रो आपत्ति छ?तिमी कुर्तामा भएर मलाई छुट्याउन गार्हो पर्यो।मैले त तिमीलाई दौरा सुरुवाल लगाएको तिम्रो बाबा जस्तै दुरुस्तै देखें।त्यसैले डराएर भागेको नि।"
सबै कारण एकै सासमा भनी भ्यायो।
अझैसम्म पनि डरले उसका ओठहरु थर्थराउँदै थिए।उसले मलाईनै भेट्न आएको प्रष्टीकरण दिएपछि ऊ प्रतिको मेरो माया झन कैयौं गुणा बढेर आयो।त्यसको कुनै हिसाब,परिमाण र सीमा थिएन।सायद महासागरमा पानी जति।आकाशमा ताराहरुको संख्या जति।ऊ समिपमा बढ्न थाल्यो।म चाहिँ ऊ देखि अलि पर-पर सर्दै गएँ।कारण-हामी सुनसान एकान्तमा थियौं।जहाँ सिर्फ ऊ र म मात्र थियौं। जवान केटा र केटी एकान्तमा नजिकिएपछि त्यहाँ जवानीको मारामार हुनसक्थ्यो।महासंग्राम हुनसक्थ्यो।नौलो खाले महाभारत हुनसक्थ्यो।अन्तमा वार-पार पनि।अझ भनौं-जेपनि हुन सक्थ्यो।तर एकान्तमा त्यसरी एक जवान पुरुषसँग टाँसिएर बस्न मेरो नैतिकता र चरित्रले पनि दिंदैनथ्यो।मेरो भित्री मनसाय उसले पनि बुझेर होला म पर सरेपछि ऊ समिपमा आउन छोडेर एक हातको दूरीमा टक्क अड्यो।

"अनि हामी त अघि भर्खरै मात्र छुट्टिएका हैनौ र?फेरि किन आयौ यहाँ?कसैले देखे के सोच्लान् ,के भन्लान्?अनि भोलि समाजले हाम्रो सम्बन्धमा औंला ठड्याउदैन?मेरो स्वच्छ चरित्रमा कालो धब्बा लाग्दैन?हो, म तिम्रो नजिक भएकी थिएँ।हामी एकले अर्कालाई स्पर्श पनि गरेका छौँ।तर यसरी एकान्तमा हामी कहिल्यै थिएनौं।हामी जे-जस्तो भएपनि समाजकै आँखा अगाडि थियौं।त्यतिबेला समाजले औंला ठड्याउन सक्ने खालको कुनै नीच व्यवहार र कुकर्म कहिल्यै गरेनौं।तर आजको यो दृश्य र वार्तालाप कसैले देखे एक्कान-दोक्कान मैदान हुँदै त्यसको परिणाम भयानक हुनेछ।"
मैले मनमा आएको सबै कुरा प्रष्ट भनें।
"ओमु,किन तिमी बेकारमा डराएकी?नबिराउनु-नडराउनु।हामीले के गल्ती गरेका छौँ र?हामीले साँचो माया गरेका छौं।कुनै पाप गरेका छैनौं।फेरि तिमी कुन समाजको कुरा गर्दैछ्यौ?त्यो समाज,जुन समाजले तिमी दु:ख,कष्ट,पीडा र अन्याय-अत्याचारको भूमरीमा फस्दा दुई शब्द खर्चिन हिम्मत गरेनन्?बरु चुपचाप बुझ पचाएर ती घटना बारम्बार पुनरावृत्ति हुँदा पनि टुलुटुलु रमिता हेरेर बसे।सहमति जनाइरहे।तिम्रो मर्म आखिर कसले बुझ्यो?अझै तिमी समाजदेखि डराइरहेकी छ्यौ?जो पर्ला-सो टर्ला।देखे पनि बाल भएन।सबै कुराको सामना म गर्नेछु।"
ऊ अति उत्तेजित हुँदै बोल्यो।उसलाई त्यस्तो विद्रोहीको रूपमा पहिले कहिल्यै देखेकी थिईन।
"त्यो त हो म मान्छु।तर तिमी यहाँ के उदेश्यले आएको?"
"तिमीलाई नै लिन आएको।जाऔं हिंड मसँग।"
"कहाँ जाने?किन जाने?"
"यो समाजदेखि धेरै टाढा।जहाँ तिमीमाथि कसैको गिद्देनजर नपरोस्।ढुक्कसँग हामी आफ्नो मर्जीले जिउन सकौं।जहाँ हाम्रो जीवनको ड्राइभर हामी आफैं होस।कसैको ह्यान्डिलबाट परिचालित नहोस्-हाम्रो जीवन।हो,आजसम्म तिमीलाई माया गर्छु भनेर कुनै आश्वासन दिएको थिइन मैले।तर आज म तिमीलाई सधैंको लागि आफ्नो बनाएर लैजान चाहन्छु।मेरो दुनियाँमा।"
त्यसबखत उसले अति मर्मस्पर्शी र गम्भीर कुरा गर्यो।उसको न्यानो/तातो कुराले मेरो मनको चिसो हिउँ क्रमशः पग्लिन थाल्यो।सलाइको स्पर्शले मैन पग्लिए सरी।
"कहाँ जानु र?बल्ल त मेरो पढाइ ९ कक्षासम्म पुगेको छ।मैले पढ्नुपर्छ।बिहे पछि त पढाइ भन्ने कुरा असम्भव छ।अनि त्यसपछि मेरो भविष्य के होला?तिमीलाई थाहै छ-मेरो चाहना के हो?म के चाहन्छु?मेरो उमेर पनि बिहे गर्ने हैन,पढ्ने हो।"
मैले घुमाउरो पारामा उसको प्रस्ताव अस्वीकार गरें।
"तिमीलाई यस्तो अन्याय र अत्याचारमा छोडेर आँखा चिम्लेर जान सक्तिन।दु:ख-पीडाको दलदलबाट बाहिर निकाल्न चाहन्छु।अवश्य पनि म धनी छुइन।गरीब छु।यथेष्ट धन-सम्पति छैन।तिमीलाई सुखको संसारमा राख्न नसकुँला।सुनचाँदी र हीरा-मोती छैनन् मसंग-तिमीलाई सजाउन।महल छैन तिमीलाई रानी बनाएर सिंहासनमा बसाउन।तर म तिमीलाई अथाह मायाको खानी दिएर दिलको दरबारमा महारानी बनाएर सजाउन सक्छु।मेरो औकात तिमीलाई अवगत छँदैछ।बाँकी रह्यो-तिम्रो पढाईको कुरा।त्यसको लागि तिमीले कुनै चिन्ता लिनुपर्दैन।म विद्यालयमा अध्यापन गर्दै आफू पनि अध्ययन गर्दैछु।तिमी पनि मेरै घरमा बसेर पढ।त्यहीबाट विद्यालय जाऊ।"
हर प्रयास र कोणबाट मलाई सम्झाउन खोज्दै थियोे।
"भन्न सजिलो छ मनोज।तर व्यवहारमा उतार्न उत्तिकै गाह्रो छ।घर-व्यवहारमा फसिसकेपछि आफ्नो लक्ष्य,उदेश्य र सपना पूरा गर्न फलामको चिउरा चपाए जतिकै कठिन हुन्छ।हो,म मान्छु तिमी मलाई माया गर्छौ।मलाई पढाउने तिम्रो तत्परता र चाहनाको हृदयदेखिनै कदर गर्छु।सलाम गर्छु।तर तिम्रो चाहना एकातिर,तिम्रा बाबा-आमाका चाहना अर्कोतिर नहोलान् भन्न सकिन्न।त्यतिखेर मैले आफ्नो सपनाको घाँटी आफैंले थिचेर हत्या गर्नु बाहेक कुनै दोस्रो बिकल्प रहनेछैन मसँग।के तिमी ग्यारेन्टी दिन सक्छौ मलाई यो कुरामा?"
मैले उसको कुरालाई खरो रुपमा खण्डन गरें।
"ग्यारेन्टी त मैले कसरी दिन सक्छु र?मैले गर्न सक्ने भनेको कोसिस नै हो।कोसिस नगरे सम्म भन्न त कहाँ सकिन्छ र?हर कोसिस सफल नहुन पनि सक्छ।मैले मेरो तर्फबाट गर्न सक्ने कुरामा दत्तचित्त भएर गर्नेछु।"
सकेसम्म उसले मलाई मनाउने कोसिस गर्यो।
"मेरो सपना पूरा गर्न सक्छु भनेर लेखेर दिन सक्छौ?औंठाछाप लगाएर दिन सक्छौ?यदि तिमीले आफ्नो आश्वासन पूरा गर्न सकिनौ भने के हुन्छ?"-
मेरो प्रश्नले उसलाई स्तब्ध बनायो।शालीन बनायो।सागरको पानी जस्तो।सायद उसले हार मानिसकेको थियो।मलाई भगाउन नसक्ने देखेर ऊ नून खाएको कुखुरा झैं भयो।

No comments:
Post a Comment