Tuesday, 13 September 2016

मेटासीट

संगै कलेज पढेका एक जना मेरो जिग्री साथी कलेज सकिएपछि निकै कम भेट भयो।भेट हुँदा धेरै दर्शन र दार्शनिकका कुरा गर्थ्यो।धेरै उसले ओशोको बारेमा यस्तो र उस्तो भनिरहेको हुन्थ्यो।एकदिन म गाउँकै स्कुलमा गएको थिए कुनै काम विशेषले।म छागोबाट खसे झैं भए जब मेरो जिग्री साथीलाई दुबै हात पछाडि बाधेर दुई चार जनाले बजारतिर लैजादै थिए।म कौतुहल हुँदै हतार-हातेर दौडेर उनीहरुको नजिक गए तर मेरो साथी लगायत कसैले मलाई चिनेनन्।म पछि-पछि पछ्याउँदै निकै परसम्म गएर उनीहरुको बातचीत सुन्न थाले-
"ए बाबू,आफ्नो आमालाई किन खुकुरीले हान्न गयौ"-एकजनाले सोध्यो।
"मैले रिसले आमालाई खुकुरीले कहाँ हान्न खोजेको हु र अंकल?मैले त मायाले पो हान्न खोजेको त।"-मेरो साथी भन्दैथ्यो।
"यो पूरै बौलाइसक्यो के गर्ने होला?"-अर्कोले भन्यो।
केही महिना पछि सुन्नमा आयो उसको दिमागी हालत उपचार पछि ठिक भयो रे।केही महिनापछि उ सित बौद्धमा भेट भएको थियो र भन्दैथियो-
"मैले मेटासीट खाएर आत्माहत्या गर्न खोजेको थिए तर मेटासीट खाएपछि बाच्न मन लागेर छिमेकीको मद्धतले अस्पताल गएर बाचे।"
त्यसको केही बर्षपछि फेरि सुन्नमा आयो-उसले आत्माहत्या गरेर मर्यो रे।
धेरै साल बितिसकेको थियो।स्वर्गमा गैसकेको साथीलाई बिर्सिसकेको थिए।सम्झेर पनि केही फाइदा थिएन।
एक दिन मैले मेरो घरमा एउटा पुस्तक भेट्टाए-त्यो कसके ल्याएर राख्यो थाहा भएन र मैले कसैलाई सोधिन पनि।त्यो पुस्तक ओशोद्धारा लिखित थियो र नाम थियो-"म मृत्युु सिकाउछु"।
पुस्तकले मेरो स्वर्गीय साथीको झट्ट स्मरण गरायो।मैले त्यो पुस्तकलाई हतार-हतार घर बाहिरको डस्टबिनमा फालिदिए।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...