रामशरण एक सरकारी बिद्यालयमा नि.मा.बि.स्तरका शिक्षक हुन्।एक दिन ऊ बिद्यालय छुट्टी भएर लखर-लखर रोडको छेवै-छेउबाट हिंडिरहेको बेला अचानक एउटा शानदार कार आएर घ्याच्च ब्रेक मार्छ।झ्यालको सिसा सरर खोलेर आफूले लगाएको कालो चश्मा कपाल माथि सार्दै भन्छ-
"नमस्ते राम सर,के छ तपाईंको हालखबर?"
एकछिन अलमल्ल परेर एकनासले हेर्दै बल्लतल्ल चिने झैं गरी जवाफ फर्काउछ:-
"ए...मनोज,नमस्कार,नमस्कार।म ठिक छु, बरु तिम्रो सुनाऊ के छ?"
एकछिन अलमल्ल परेर एकनासले हेर्दै बल्लतल्ल चिने झैं गरी जवाफ फर्काउछ:-
"ए...मनोज,नमस्कार,नमस्कार।म ठिक छु, बरु तिम्रो सुनाऊ के छ?"
"एकदमै झक्कास छ सर ।अमेरिकाबाट आएको २ महिना भयो।काठमाडौमा घर,घडेरी र गाडी पनि किनिसकें।कमाइ पनि एकदमै राम्रो छ।सबै परिवार उतै लाँदै छु।"
"ए राम्रो प्रगति गरेछौ।"
"कतै बसेर चिया-सिया खाऔं न सर।"
"ए राम्रो प्रगति गरेछौ।"
"कतै बसेर चिया-सिया खाऔं न सर।"
"भो-भो मनोज,म हतारमा छु,अरु कुनै दिन।"
"ए सर,अनि तपाईंको तलब कति छ?खासै कमाइ छैन होला।घर खर्च गर्दै ठिक्क होला है सर?बचत कति गर्नुभएको छ त?दिन सबैको आउने रहेछ सर।पहिले तपाईं प्रतिभाशाली हुनुहुन्थ्यो र हामी भन्दा बढी कमाउनु हुन्थ्यो।आज मलाई हेर्नुस्-केही चीजको कमी छैन।बरु सर पनि बिदेशतिर ट्राइ गर्नुस् न,नाथे पढाएर कहिले प्रगति होला र?"
"हो,हो मनोज तिमीले एकदम सही कुरा गर्यौ।दिन सबैको आउँछ र एकदिन सबैले माथि जानैपर्छ।"

मनोजले कपाल माथिको चश्मा आँखामा लगाएर निकैबेर रामशरणको अनुहारमा हेरि मात्र रह्यो।
No comments:
Post a Comment