एककान दुईकान हुँदै बिद्यालयका समस्त शिक्षक -विद्यार्थी परिवारलाई मेरो मगनीको विषयमा अवगत भयो।धेरैजसोले मेरा सुन्निएका अनिंदो आँखा अनि मेरो हालत देखेर खेद प्रकट गरे।भटाभट मतिर प्रश्नै प्रश्नहरुको ओइरो लाग्यो।
"तिम्रा बाबा-आमा के भएका त्यस्ता?आफ्नी छोरीको ईच्छा र चाहना बुझ्न नसक्ने?"
"यो पनि बिहे गर्ने उमेर हो र भन्या?"
"किन तिमीले प्रतिरोध गरिनौ?"
"केटीले अनिच्छा देखाउँदा पनि के जबर्जस्ती गरेका होलान् अविभावकहरुले?"
"बाबा-आमाकै आदेश र ईच्छामा बलि चढ्नुपर्ने कस्तो चलन?"
"हैन हो,तिनीहरु मान्छे हुन् कि जनावर?"
"के अब तिम्रो बिहे उतै पक्का भएको हो त?"
"तिमीले पीर मान्नु पर्दैन,हामी सम्झाउँछौं तिम्रा बा-आमालाई।"
"त्यही त है?हुन्न भन्दा-भन्दै पनि कति जबर्जस्ती गर्न खोजेका हुन्?"
सबै शिक्षक-शिक्षिका र सखा-सखीहरुको प्रश्न र प्रतिप्रश्नका उत्तर दिन सक्ने अवस्थामा थिईन म।मैले शीर हल्लाएरै हो-होइनका भावहरु ब्यक्त गरें।प्रत्युत्तरमा भन्न मन लागेको थियो-
"सर यहाँ जे हुँदैछ,मेरो ईच्छा विपरीत हुँदैछ।मेरो बिहे गर्ने कुनै रहर छैन।म माथि ठूलो अन्याय हुँदैछ।मेरा ईच्छा र चाहनाहरुको निर्मम हत्या भैरहेको छ।म मरेतुल्य भएकी छु।कृपया मलाई बचाउनुस्।म दु:ख र पीडाहरुको महासागरमा चुर्लुम्मै डुबेकी छु।मलाई पार लगाउनुहोस्।म बाँच्न चाहन्छु।"
यस्तै-यस्तै,धेरै धेरै,अनगिन्ती शब्द र वाक्यहरु थिए बोल्नलाई।तर ती सबै शब्दहरु निशब्द र मौन भएर छातीभित्र कैद भए।गुम्सिए।म लाचार थिएँ।विवश र निरीह थिएँ।सोधिएका सबै प्रश्नहरु अनुत्तरितनै रहे। म भने प्रश्नै प्रश्नहरुले भरिएर टनक्कै फुलिएको थिएँ।जसरी खाली भकुण्डोमा हावा भरिएपछि फुल्छ।४ बज्नलाई अझै ४५ मिनेट बाँकी थियोे।अर्थात त्यो दिनको अन्तिम कक्षा चल्दै थियो।कतिबेला आँखा लाग्यो पत्तै भएन।शिक्षकले पनि मेरो ब्यथा बुझ्नुभएर होला उठाउनु भएन।छुट्टीको घण्टी बज्दा बल्ल झल्याँस्स ब्युँझिएँ।बिद्यालय छुट्टी भएर घर गइयो।

अघिल्लो दिनदेखि मुखमा माडसम्म परेको थिएन।तैपनि पेट टमक्क भरिएको थियो।कुनै भोक र प्यास थिएन।केवल पीर,चोट र निराशाहरुले टनक्कै अघाएकी थिएँ।आशा र भरोसा दिने एकैजना मेरो जेएस दाइ हुनुहुन्थ्यो।जेएस दाइ मार्फत बाबा आमालाई सम्झाउन लगाएँ।
उहाँले सम्झाउदै भन्नुभयो:-
"ठुल्बा-ठूलीमा!पढाईनै अहिलेको महत्वपूर्ण अस्त्र हो,जसले भविष्यलाई उज्ज्वल बनाउन सक्छ।अहिलेनै बहिनीको बिहे गराएर के गर्न खोज्नुभएको?बाबा-आमाको लागि सबैभन्दा ठूलो सम्पति भनेकै आफ्ना छोराछोरी हुन्।पढाइ छ भने त्यस्ता नाथे धन-सम्पति कति-कति।फेरि बहिनी सानै छे।अहिलेनै बिहे गरेपछि त छिट्टै बाल-बच्चाकी आमा बन्ली।उमेर भन्दा पहिले बच्चा जन्माउँदा आमा-बच्चा दुबैको ज्यान खतरामा पर्छ।किन यस्तो जोखिम निर्णय लिनुभएको तपाईंहरुले?हेर्नुस्,तपाईंहरुले एकदमै ठूलो गल्ती गर्दैहुनुहुन्छ।बेलैमा सचेत हुनुस्।हतारमा निर्णय नलिनुस्।नत्र पछि फुर्सदमा पछुताउनुपर्ला।"
"हुन त हो बाबु तर घर र खान्दान राम्रो भएर दिन खोजेका।"
बाबाले भन्नुभयो।
"हो त नि,हामीले त यसैको भलाइको लागि सोचेका।"
आमाले थप्नुभयो।
"अहिलेको जमानामा घर राम्रो हेर्नुभन्दा पनि पहिले छोराछोरीलाई उचित संस्कार र शिक्षा-दिक्षा दिएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउनुपर्छ।"
जेएस दाइले भालुलाई पुराण सुनाएपछि ठूलै शिक्षा पाएझैं गरेर मतिर ईङ्गित गर्दै आमाले भन्नुभयो-
"छोरी!हामीले त तिम्रै खुशीको लागि गतिलो घरबार भएको केटालाई दिन खोजेका थियौं।छोरीको कुभलो कसले चिताउँछ र?यदि तिम्रो ईच्छा,राजी र खुशी छैन भने,तिम्रै खुशी गर।हाम्रो भन्नु केही छैन"
आमाले यति भन्नुभएपछि म खुशीले गदगद भएँ।पिंजडाबाट उम्केको चरीझैं भुरुरु उडेर खुल्ला गगनमा पखेटा फर्फराउँदै नाच्न थाल्यो मेरो मन।खुरुरु दौडेर गई आमाको गालामा एक म्वाइ खाएँ।जिन्दगीमा वसन्तको बहार आएको आभास भयो।

भोलिपल्ट मैले पासाङ अर्थात केटाको सगून फिर्ता गरिदिएर त्यहींबाट बिद्यालय गएँ।त्यो दिनभरी मेरो अनुहार उज्यालो रह्यो।मन ढुक्क र शालीन रह्यो।भयावह दुर्घटनाबाट जोगिएको ठहर गरें।ठूलो दु:खबाट पार लागेझैं आनन्द र सुखको महसुस गरें।बिश्वयुद्धनै जिते जस्तो लाग्न थाल्यो।जोश र उमंग बढेर जिउने रहरका पलुवा पलाउन थाल्यो।तर ती खुशीका क्षणहरु धेरैदिन टिक्न पाएनन्।ठीक दुईदिनपछि फेरी उही केटा अर्थात पासाङ,उसका बा-आमा र लमी सहित रक्सीको सगून लिएर रातको नौं बजे उपस्थित भए।फेरी उहीँ कुरा,प्रसङ्ग र घटनाको पुनरावृत्ति गरे।सुक्न लागिसकेको मेरो मनको घाउ कोट्याउन थाले-
"लौ मेरो छोरालाई सार्है मन पर्यो रे तपाईंको छोरी।जसरी पनि दिनुपर्यो।हाम्रो छोरा पनि त्यस्तो खराब त छैन नि।९/१० किलास पढेकै छ।बिदेश गएर पैसा कमाएकै छ।सुखले पाल्छ मेरो छोराले।धन-सम्पतिको चिन्तै लिनु पर्दैन।सुनै-सुनले सजाएर महारानी जस्ती बनाएर राख्छ।अनि त्यो भन्दा के चाहियो,हैन र?"
पासाङकी आमाले बढाइँ-चढाइँ गरेर खुब वर्णन गरी आफ्नो छोराको।
"हो नि,केटाको केही कमी-कमजोरी छैन।धन छ।ज्यान छ।त्यहीमाथि केही दु:ख र समस्या आइपरे हामी छौं नि।हामी हेर्छौं-आफन्त भएको नाताले।"
लमीले पासाङको प्रशंसामा निकै शब्दहरु खर्च गर्यो।
"तिमी पनि राम्री छ्यौ,म पनि लायकको छु।कसम होला,तिमी बाहेक अरुलाई म बिहे गर्दिन।तिमीलाई बिहे नगरी छोड्दिन।"
केटाले धम्कीको भाषा बोल्यो।
"म कुनै पनि हालतमा तिमीहरुको जालमा फस्ने छुइन।बिहे गर्ने -नगर्ने मेरो ब्यक्तिगत ईच्छाको कुरा हो।तिमीहरुको जबर्जस्तीले पनि हुन्छ कही?उसित म एक बिहे गर्दिन,दुई बिहे गर्दिन।चाहे काट,चाहे मार।"
मैले आफ्नो अडानलाई कायमै राखें।
"खै हामीले त दिएकै हो क्यारे,छोरी नमानेपछि हामीले के गर्ने त?सकेसम्म हाम्रो चाहना त पासाङलाईनै दिने हो नि छोरी।"
बाबाले फेरि कुरा उल्ट्याउनु भयो।
"छोरी मानिरहेकी छैन,के गर्ने त?"
आमाले आधा स्वीकारोक्ती र आधा प्रश्नको शैलीमा आफ्नो मन्तव्य ब्यक्त गर्नुभयो।
"केटी मान्छेको जूनी लिएपछि जसरी भएपनि एकदिन एकजनासँग जानैपर्छ।मेरो छोरासित जाँदैमा के बिग्रन्छ र?कि मेरो छोरा लाटो,लठेब्रो र अपांग छ? कुनै खोट छ मेरो छोरामा?त्यस्तो कुनै कमी-कमजोरी देख्यौ भने देखाउ।"
केटाकी आमाले लिंडे ढिपी गर्न थाली।
"म कोही कसैको कमी-कमजोरी औंल्याउने पक्षमा छैन। बिहेको लागि राजी पनि छुइन।अरुको खोट देखाउने म को हुँ र? बस म अहिले बिहे गर्दिन।"
मैले आफ्नो तर्फबाट फैसला सुनाएँ।
"कि तिम्रो अरु कोही केटा भए भन।"
पासाङले सोध्यो।
"मेरो मनको राजधानीमा मनोज नामको राजाले राज गरिसकेको छ।मैले आफूलाई उसैको काखमा सुम्पने प्रण गरिसकेकी छु।अरु जस्तोसुकै धनी र राजकुमार आए पनि मेरो लागि तुच्छ नै हुनेछ।बरु मेरो लागि गरीब,साधारण,ईमान्दार र लगनशील मनोजनै सही।अरु सबै गलत।तिमीहरुले सुनको वर्षा गराए पनि,चादीको घर देखाएपनि र हीराको औंठी दिएपनि मलाई बाल मतलब।"
यस्तै यस्तै वचनहरुको तीखो तीरले छेड्न मन लागेको थियो -सबैको मुटु।तर हाम्रो अघोषित माया र सामाजिक परिबेशमा एउटी नारीको अवस्था,विवशता र इज्जतको मध्यनजर राख्दै मैले त्यस्तो भन्न कदापि सकिन।तैपनि मैले जवाफ फर्काएँ।
"मेरो कोही होस् या नहोस् ,त्यो तपाइँहरुको चासोको बिषय हैन।बरु मलाई मेरै हालतमा छोडिदेउ।म स्वतन्त्रता चाहन्छु।कसैको करकाप र बन्धनमा बाँधिन चाहन्न।"
"छोरी,कुरा बुझ न।हामीले तिम्रै सुखद भविष्यको लागि यस्तो कदम चालेका हौं।आफ्नो छोरीले दु:ख पाओस् भन्ने त हाम्रो पनि चाहना छैन नि।सकेसम्म ठूलो रुखको ओत लाग्नुपर्छ मात्र भन्न खोजेकी हुँ।"
आमाले मलाई फकाउने तरीकाले बोल्न थालेपछि केटाका बा-आमाले फेरि रक्सीको सगून गिलासमा खन्याएर बा-आमाका अगाडि तेर्स्याइदिए।बाबा-आमाले रक्सी पिउन थाल्नुभयो।फेरी केटापक्षको लागि केटी पक्का भयो।
"तपाईंहरु रक्सीमै बिकेर बस्नुस्।मेरो जिन्दगी भन्दा रक्सी प्यारो भयो तपाईं हरुलाई।"
यति भनेर म सुत्न गएँ।

खै कुन तत्वले बाध्य बनाएको थियो मेरा बाबा-आमालाई मेरो ईच्छा बिपरित मलाई मेरो मनले नखाएको केटालाई सुम्पन?कुन कुराले उहाँहरुलाई प्रेरित गरिरहेको थियो,मेरो चाहना बिपरित कदम उठाउनलाई?कि कुन लोभ,प्रलोभनमा फस्नुभएको थियो?हाम्रो समाजमा किन छोरी मान्छेको भावनाको कदर हुँदैन?के छोरीको जिन्दगी बाध्यताको जिन्दगी हो?के छोरीको जन्म-हारेको कर्म हो?के हामी चेलीहरु सधैं यस्तै अन्याय र अत्याचार सहेर बाँच्नलाई जन्मेका हौं?यस्तै यस्तै अनगिन्ती प्रश्नहरुको जमातले मेरो मनमा डेरा जमाइरहे।ठिक त्यतिनै बेला एक्कासी मनोजको याद आएए मुटुभरी भाइरल भैदियो।
"मनोज तिमी कुन दुनियाँमा छौ?तिम्री ओमुलाई यहाँ संसारको सबैभन्दा भयानक महाबिपति आइलागेको छ।के तिमीलाई मेरो अलिकति पनि याद आएन?सायद तिमी जहाँ छौ,आरामको जिन्दगी बिताइरहेका होलाउ।चैनको निद्रा सुतिरहेका होलाउ।के तिमीले मात्र सुखको जिन्दगी बाँचेर हुन्छ?यहाँ तिम्रो मान्छे कति दु:ख-पीडामा तड्पेर, मरेर बाँचेकी छे,तिमीलाई के थाहा?
यस्तै प्रश्नहरु आफैंले आफ्नै मनलाई सोधिरहें।बिचरालाई थाहा होस् पनि कसरी मलाई आपत-बिपत आइलागेको कुरा?किनभने ऊ पढाइनै सर्बस्व ठानेर जिरीमै कोठा लिएर बस्थ्यो।मालीको विद्यालयमा अध्यापन गरेर उतै फर्किन्थ्यो।समय मिलेको बेला आफ्नो कलेजमा पढ्न जान्थ्यो।सायद मेरो बारेमा सोच्ने समय एक सेकेन्ड पनि हुन्नथ्यो होला।उसले मलाई माया गर्छु भनेर पनि कहिल्यै भनेको थिएन र मैले पनि।उसको हाउभाउ,बोली र ब्यवहारबाट स्वस्फूर्त झल्कन्थ्यो कि उसले मलाई शत-प्रतिशत चाहन्छ,माया गर्छ।हुन पनि "आइ लभ यु।आई क्यान्ट लिभ विदाउट यु" भन्दैमा सच्चा माया हुन्छ भनेर के ग्यारेन्टी छ र?माया त अन्तर्हृदयबाट गरिन्छ।यसलाई बाहिर प्रकट गर्नैपर्छ भन्ने कुन शास्त्रमा लेखेको छ र?माया त स्वत: हुन्छ र देखिन्छ।माया देख्न बाहिरी आँखा हैन,भित्री आँखानै काफी छ।झन म त नेपाली समाजको एउटी नारी भएको हैसियतले शुरुमा "माया गर्छु" भन्ने हिम्मत सामाजिक मर्यादा र संस्कारले दिएन।हुन त अहिलेको जमाना वा परिवेशमा त्यो सम्भव होला तर त्यतिबेलाको परिस्थिति नितान्त बेग्लै थियो।म सबै कोणबाट थाकिसकेकी थिएँ।आफन्त र पराई दुवैको व्यवहारबाट बान्ता आउँलाझैं गरी वाक्क दिक्क भैसकेकी थिएँ।पराइले सजिलैसँग छुरा प्रहार गर्न सकिने गरी आफन्तले अनुकूल वातावरण तय गरिदिएका थिए।दुष्मनको प्रतिकार म आफैं गर्न सक्थें तर आफन्तबाट जोगिन हम्मेहम्मे परेको थियो।मेरो अन्तर्हृदयको भावलाई बुझ्न सक्ने एउटा मनोज थियोे।ऊ पनि गायब भएर कुनै अत्तोपत्तो थिएन।त्यो जमानामा गाउँतिर दुर-संचारको विकास नभएकोले सुचना र संचार आदानप्रदान गर्न मात्र पत्रको साहारा लिनु पर्थ्यो।मेरो एक मनले सोच्यो-मनोजलाई पत्र पठाएर सबै कुराको जानकारी दिउँ।तर मेरो साथ दिने कोही भएन।हुलाक कार्यलय एउटै मात्र जिरीमा थियो।पत्र जस्तो चीज जो पायो त्यसलाई थमाउने कुरा पनि भएन।विश्वासिलो पत्रवाहकको अभाव खड्कियो।

यता घरतिर निरन्तररुपमा दिनप्रतिदिन तनाबग्रस्त हुँदै थिएँ।सगून ल्याउने र फर्काउने क्रमिक दोहोरी धेरै दिन र पटकसम्म चलिनैरह्यो।एक दिन केटाले भन्यो:-
"मेरो पहिलो र अन्तिम निर्णय भनेकै तिमी सँग बिहे गर्ने हो।तिमी बाहेक अरु केटीको बारेमा सोच्न पनि सक्दिन।जसरी हुन्छ,तिमीलाई पाएरै छाड्छु।आफ्नो अर्धाङ्गिनी बनाएरै छाड्छु।अहिले तिमी धेरै घमण्ड नगर।पछि कुनैदिन माउ बाख्राको पछाडि पाठा-पाठी पछ्याएझैं म्या-म्या गर्दै पछ्याउनुपर्ला।अनि चाल पाउली!यदि तिमी मेरो भईनौ भने अरु कसैको पनि हुन दिनेछैन-यो मेरो चुनौती भयो।"
धम्कीको भाषामा थर्कायो।सायद उसले मलाई धाँमी-झाँक्रीको सहयताले मोहनी लगाउने आशय ब्यक्त गर्यो।
"तिमीले जे सक्छौ त्यो गर।तर संसारमा सबैभन्दा बढी घृणा तिमीलाई गर्छु।तिमीले मलाई यो जूनीमा कुनै पनि हालतमा आफ्नो बनाउन सक्दैनौ।चाहे मलाई काटेर हजारौं टुक्रा पार तर यो मन तिमीतिर फर्कने छैन।मैले पनि हजार पल्ट सोचेर यो निर्णय लिएकी हुँ।मेरो मनलाई कुनै पनि धन-दौलत र धम्कीले छुँदैन।यो कुरा याद राख।"
मैले पासाङलाई यति भनेर आफ्नो बिस्तरामा गएँ।
धेरै बेरसम्म केटा,उसका बाबा-आमा र लमीहरु आमा-बाबालाई अनेक लोभ-लालच देखाएर फकाउन उद्दत थिए।
कहिले मीठो बोलेझैं गरी फकाउने,कहिले उग्ररुप देखाएर धम्काउने प्रकृया निरन्तर चलिरह्यो।म आजित भएर हरेश खान थालेकी थिएँ।मैले बाबा-आमा र केटापक्षलाई प्रतिकृया दिन छाडिदिएँ।हुँदा-हुँदा घरमा 'द्याम्ज्याङ' अर्थात ईङ्गेज्मेन्टको कुरा चल्न थालिसकेको थियो।द्याम्ज्याङ बिहे जतिकै मान्यता हुने भएकोले म पिंजडामा थुनिन लागेको सुगा जस्तै हुँदै थिएँ।

धेरै दिनपछि मनोजसित विद्यालयको प्राङ्गनमा अर्थात बौद्धटारमा भेट भयो।त्यहाँ कुनै चाडपर्वको उपलक्ष्यमा भलिबल प्रतियोगिता सन्चालन गरिएको थियो।ऊ पनि हेर्न आएको रहेछ।खाजा खानलाई होटलमा आएको रहेछ।म पनि कुनै काम बिशेषले भित्र गएकी थिएँ।जब हाम्रो जम्काभेट भयो,त्यतिखेर मैले उसलाई पहिलेको मनोजको रुपमा पाईन।उसको अनुहार देख्दा यस्तो लाग्थ्यो कि कुनै प्रेमी आफ्नो प्रेमिका देखि रिसाएको छ।एक्कासी उसको मुहारमा परिवर्तनको छनक सोझै देख्न सकिन्थ्यो।उसको आँखामा रिस र उदासिनता एकैपटक झल्किए।मेरो भने खुशीको सीमानै रहेन।सरासर गएर उसको अँगालोमा बाँधिन मन लाग्यो।लिपिस्टिकले लेपन गरिएका अधरहरुको लालीछाप उसको गालामा छोड्न मन लागेको थियो।धेरै बेरसम्म मदहोसी भएर उसैको काखमा हराउन मन लागेको थियो।त्यो वातावरण बाधक बनेर खडा भयो।
"मेरी प्यारी ओमु,के छ तिम्रो हालखबर?धेरै दिनसम्म भेट हुन नपाएर मरेतुल्य भएको छु।तिम्रै तृष्णाले आकुलव्याकुल भएको छु।आऊ मेरो अँगालोमा।मेट्न देेेऊ महिनौं देखिको अतृप्त प्यास।"
उसले यस्तै-यस्तै कुराले हाम्रो भेटलाई सार्थक बनाओस् भन्ने मेरो लुप्त चाहना थियो तर त्यस्तो उसले केही भनेन।त्यस्तो उसले केही गरेन।

"मेरो मनोज,यतिका दिनसम्म तिमी कहाँ थियौ?तिमी यहाँ नहुँदा के -के भैसक्यो,तिमीलाई के थाहा?तिमी भने ढुक्कसँग हरायौ हैन?तिम्रो अनुपस्थितिमा तिम्री ओमु सयौं पल्ट मरेर बाँचेकी छे।धन्न तिम्रै खातिर यो ज्यान ज्युँदो छ।तिम्रो याद मेरो साहारा नभएको भए उहिल्यै यो संसारबाट बिदा लिइसक्ने थिएँ।"
यस्तै-यस्तै बेदनाहरु सुनाउनु थियो मनोजलाई।तर उसको रिसाहा र ओइलिएको मुहार देखेर मलाई ती सब भन्ने साहसै आएन।तैपनि कुरा मैलेनै शुरु गरें।
"मनोज दाइ,के छ तपाईंको हालखबर?धेरै दिनपछि देखिनु भयो नि?"
"कता हुनु नि?कलेज र स्कुल।आफू पनि पढ्ने र विद्यार्थीलाई पनि पढाउने।अनि तिम्रो के छ नि?"
यति भनेर ऊ मतिर ध्यान केन्द्रित गर्न छोडेर अन्तै ब्यस्त हुनथाल्यो।मदेखि किन रिसाएको थियो-मैले केही बुझ्नै सकिन।उसित भेटेपछि केही आश पलाएको थियो।मेरो फोक्सोले ताजा अक्सिजन पाएको महसुस गर्दै थियो। तर एकैछिनमा आशाको फूल मुर्झायो।अक्सिजनको अभावमा सासको गति तेज भएझैं भयो।उसको व्यवहारले यु-टर्न मारिसकेको थियो।म निराश,हतोत्साहित र भावविह्वल भएँ।अनगिन्ती कुराहरु भन्नु थियो तर जसले सुन्नुपर्ने हो,उसैले नसुनिदिएपछि सुनाउन खोज्नुको कुनै तुक र अर्थ रहेन।एक्कासी मेरो छातीमा चट्याङ परेझैं गरी भयंकर बज्रपात भयो।मेरा दुई पाउहरु काटिएझैं भए।कहिल्यै उठ्न नसकुँलाझैं गरी भुइँमा थेचारिएँ।
No comments:
Post a Comment