पूर्व-योजना मुताविक हामी ढुंगाको पुलमा भेट्यौं।त्यहींबाट शुरु भयो हाम्रो जिन्दगीको नव-अध्याय।पाइलाहरु अनिश्चितकालीन गन्तव्यतिर बढे।यात्रा कहाँ गएर टुंगिने हो-बिल्कुल अनभिज्ञ थियौं।मनोज अगि-अगि ।म पछि-पछि।बिहे दावा-डोमाको थियो।तर साइत हाम्रो जुर्यो।
टहटह जूनको मधुर प्रकाशले हामीलाई साथ दिंदै थियो।मनोजसित बढाइएको दुई पाइलाले मेरो जन्मघर माइतीघरमा रुपान्तरण भैसकेको थियो।जूनले माइतीघरलाई ऐनाझैं छर्लङ्ग देखाउँदै थियो।घरीघरी फर्केर हेर्दै उसको पछि-पछि लागें।
"नारीको जूनी खै कस्तो-कस्तो!एउटा पुरुषको पछि लाग्नुपर्ने।धिक्कार छ तेरो जिन्दगी लाई!"
मनमनै आफैंलाई तिरस्कार गरें।फेरि आफैंलाई सम्झाएँ।
"ओमु,तैंले जे गरिस्,एकदम ठिक गरिस्।यो भन्दा तेरो अर्को विकल्प छैन।"
आँखाको मूलबाट फुटेेका उष्ण थोपाहरु तप्प-तप्प जुत्तामाथि खस्दै थिए।खै ,स्वयंलाई थाहा थिएन ती थोपाहरु खुशीका थिए या दु:खका।उसले मलाई सरासर आफ्नो घरमा लग्यो।परिवारका सबै सदस्यहरु बिहेमै व्यस्त भएकाले घरभित्र कोही थिएनन्।ऊ फटाफट आफ्नो घरभित्र पसेर मलाई पनि बोलायो।तर घरको संघार नाघेर भित्र जाने हिम्मतै आएन।उसलाई आफ्नो जीवनसाथीको रुपमा स्वीकारेर पछि लाग्ने हिम्मत थियो।तर उसको घरमा घुस्ने हिम्मत किन आएन?मलाई नै थाहा थिएन।सायद हिम्मतको कुरा भन्दा पनि एउटी नारीको लजाउने प्राकृतिक गुणनै त्यहाँ हावी भएको हुनुपर्छ।म ढोकामै पर्खेर उसलाई तयार हुन लगाएँ।उसले एकदुई जोर फेर्ने कपडा हतार-हतार झोलामा हाल्यो।तत्काल गन्तव्यहीन पाइला चाल्यौं।
"मनोज,खै झोला देऊ,म बोक्छु।"
"हैन,ठिकै छ।म आफैं बोक्छु।के नै छ र यो झोलामा।"
"देऊ न देऊ,खै।"
"पर्दैन।"
निकै माथि पुगिसकेका थियौं।मैले झोला दिन आग्रह गरेपनि ऊ असहमत थियोे।मलाई एकदमै अप्ठ्यारो,असहज र अनौंठो अनुभूत भैरहेको थियो।त्यतिबेला सम्ममा म उसकी घोषित धर्मपत्नी र ऊ मेरो पति भैसकेको थियोे।त्यो सोचेर झन मेरो मन ठेगानमा थिएन।अझ भनौं म कता-कता हराइसकेकी थिएँ।सारा संसार परिवर्तन भएर नौलो लाग्दै थियोे।पृथ्वी छोडेर अर्कै ग्रहमा आइपुगेझैं लाग्यो।धेरै कुराहरु मनभित्र तँछाड-मछाड गर्दै चलायमान थिए।भन्नुपर्ने कुराहरु धेरै थिए।तर मुखबाट एउटा पनि बाहिर आउन मानिरहेको थिएन।म त एउटी नारी भएकोले लज्जाबोध भएर बोल्न सकिन।तर उसको हालत पनि मेरो भन्दा कम्तीको थिएन।
"मैले बाबा-आमाको ईच्छा,चाहना र इज्जतलाई माटोमा मिल्काएँ।के बाबा-आमाले जन्माई,हुर्काई र पढाई यति सक्षम बनाएको यसैको लागि हो?के तिम्रो आफ्नो अविभावक प्रति कुनै उतरदायित्व छैन?भोलि गएर छर-छिमेकीले के सोच्लान्?के भन्लान्?बाबा-आमाको चित्त पक्कै दुखेर रुनेछन्!मैले सही या गलत कस्तो कदम उठाएँ?मनोजले ओमुलाई भगाएछ रे भन्ने हल्ला फिंजिनेछ।समाजले मेरो चरित्रमाथि नै औंला उठाउनेछन्।रन्डी,बेश्या,उताउली र नक्कली जस्ता नानाथरीका नाम-उपनामहरु दिनेछन्।आखिर छोरीको कर्म-हारेकै कर्म रहेछ।छोरी मान्छेको जिन्दगी त दु:ख र पीडाहरुको महासागर नै रहेछ।खानी नै रहेछ।जे गरेपनि बदनाम त छोरीकै हुने।मनोजले त मर्दको उपमा पाउँला।तर म•••••••?"
यस्तै-यस्तै नकारात्मक विषयले मेरो मनलाई अस्थीर बनायो।
"जे हुँदैछ,ठिक हुँदैछ।हामीले बेलैमा बिल्कुल सही निर्णय लिएर जायज पथमा कदम चालेका छौं।हाम्रो पवित्र प्रेमको जीत भएको छ।दु:खै दु:ख र पीडाको महासागरमा डुब्न लागेको मेरो जिन्दगीको नाउलाई मनोजले पार लगाएको छ।अलपत्र परेको एक अबला नारीलाई एक पुरुषले उद्धार गरेको छ।सपनाको जहाज दुर्घटना हुनबाट बचेको छ।सिकिस्त मानसिकताले ग्रसित समाजलाई गतिलो झापट हानेर उपचार गरिएको छ।पटकपटक मरेर बाँचिरहेको जिउँदो लासलाई नयाँ जीवनदान मिलेको छ।मनोज जस्तो साहसी पुरुषलाई म अन्तरात्मादेखि नै नमन र सलाम गर्छु।हरेक नारीको जीवनसाथी ऊ जस्तै हुने भए यो संसारमा कुनैपनि नारीले मानसिक दु:ख,कष्ट र तनाब भोग्नु पर्दैनथे।अभावमा तड्पिनु पर्दनथे।उसको माया अथाह,अपार र जन्मौंजन्म सम्मको लागि हुनेछ।यस्तो महामानवलाई आफ्नो जीवनसाथीको रुपमा पाउँदैछु।यो भन्दा ठूलो कुरा अरु हुनै सक्तैन।सीतारुपी ओमुलाई पासाङरुपी रावणले हरण गर्नुभन्दा पहिल्यै मनोजरुपी रामले बचाएको छ।उसको गुणको वर्णन गरेर साध्य छैन।हामी अँध्यारो संसारलाई त्यागी उज्यालो संसारतर्फ उन्मुख हुँदैछौं।निश्छल र निस्वार्थ मायालाई निष्कर्षमा पुर्याउने मिसन लिएर अगि बढिरहेकाछौं।हाम्रो प्रेम कहानीलाई पूर्ण बनाउँदैछौं।राधाकृष्ण,लैला-मज्नु र रोमियो-जुलिएट जस्ता संसारमा जतिसुकै चर्चित जोडीहरु भएपनि उनीहरुको सम्बन्ध केबल प्रेमिका र प्रेमीमा सिमित थिए।उनीहरूले आफ्नो प्रेमलाई अमर त बनाए तर विवाहको रुप दिन चुके।तर आज ओमु-मनोजको सम्बन्ध बिस्तार भएको छ।प्रमिका- प्रेमीबाट बढुवा भई श्रीमति-श्रीमान् भएको छ।चाहे हाम्रो प्रेम चर्चित होस् या नहोस्,हामीलाई बाल मतलब।फेरि हामीलाई प्रेम गरेर चर्चा कमाउनु पनि त छैन।हामीले त प्रेम गरिसकेपछि कसरी सफल बनाउनुपर्छ भनेर समाजमा एउटा उदाहरण मात्र प्रस्तुत गर्न खोजेका हौं।सबैले हाम्रो प्रेमलाई एउटा नमूनाको रुपमा लिऊन्।समाज र अविभावकले एउटी नारीलाई अन्याय नगरून्।ईच्छा-चाहनाको कदर गरून्।जन्म दिएर पालनपोषण गरी शिक्षा-दिक्षा दिंदैमा उनीहरूको जिम्मेवारी पूर्ण हुँदैन।छोराछोरीको ईच्छा र चाहना बिपरित अन्यत्रै विवाह गरिदिएर उनीहरूको भविष्यमाथि खेलवाड गर्ने हो भने जतिसुकै दु:ख गरेर जन्माएर,हुर्काएर बढाए-पढाए पनि अर्थहीन हुन जान्छ।मैले कुनै पनि हालतमा गलत बाटो रोजेकी छुइन।हो,पक्कै पनि बाबा-आमाले मलाई सही-गलत छुट्याउन सक्ने बनाउनु उहाँहरुको महानता हो।उहाँहरुलाई आदर गर्छु।तर उहाँहरुको सानो गल्तीले मेरो जिन्दगी नर्क बन्छ भने,त्यो बुझ्न नसक्नु सरासर उहाँहरुको कमजोरी हो।आफ्नो बाबा-आमाको इज्जत कुन चाहिँ छोराछोरी लाई प्यारो हुन्न र?तर बाबा-आमाले पनि आफ्नो ईज्जतको लागि छोराछोरीको जिन्दगी दाउमा लगाउनु महापाप हैन र?हो,हामी गरीब पक्का छौं तर बिकाउ छैनौं।चार हात-गोडा छन्।मिहिनेत गरौंला।पसिनाको खोलो बनाउँला।दु:ख गरौंला।तर कोही कसैले धन-सम्पतिको धाक दिएर मान्छेलाई खरीद-बिक्री गर्न खोज्छन् भने ईंटाको जवाफ पत्थरले दिनुपर्ने हुन्छ।मैले गरेको पनि त्यही हो।हुनसक्छ मेरो कदमले बाबा-आमाको मनमा चोट पर्न सक्छ।इज्जतमा धक्का पर्न सक्छ।तर समाजमा मुख देखाउनै नसकिने गरी कुनै कालो कर्तुत गरेकी छुइन।एउटी नारीको अस्तित्व संकटमा पर्दा उनले संघर्षको उद्घोष गरेकी हुन्।अनि मनोजले एउटा असल माली भएर गमलालाई चर्केर फुट्नबाट जोगाएको छ।भाँचिन लागेको फूलको डालीलाई टेवा दिएको छ।एउटा फूललाई जतनका साथ टिपेर आफ्नो हृदयमा सजाएको छ।ढल्न लागेको मेरो आस्थाको खम्बालाई ठड्याएको छ।टेवा दिएर अझ बलियो बनाएको छ।बाबा-आमाको सम्मान र प्रतिष्ठामा आँच आउने खालको नीच काम हामीले गरेका छैनौं।त्यसैले विभिन्न दृष्टीकोणबाट हेर्दा हामीले कुनै नाजायज कर्म गरेका छैनौं।"

यस्ता सैयौं सकारात्मक र नकारात्मक कल्पनाहरुको बीचमा मुटुनै ध्वस्त हुने गरी घमासान युद्ध भयो।सकारात्मक पक्षले नकारात्मक पक्षलाई चकनाचुर पारिसकेको थियो।तैपनि म हाँस्न सकिन।मनोजसित खुलेर बोल्न सकिन।बिस्तारै पाइलाहरु काम्सेको पहाडतिर लम्किरहेका थिए।तर मेरा आँखाहरु हजारपल्ट माइतीघरतिर गैसकेका थिए।हुन पनि कुन बाबा-आमालाई आफ्नो छोराछोरीको माया लाग्दैन होला र!आँखाबाट आँशुको भेल बग्दैथियो।तर उसले देखेर के भन्लान् भनेर सतर्क पनि भएँ।आफूलाई ऊसित अधिक खुशी भएको देखाउनु थियो।नत्र उसले पनि म रुनुका धेरै कारणहरु सोध्न सक्थ्यो।र भन्न पनि सक्थ्यो-
"के तिमी मसित खुशी छैनौ र?"
त्यतिखेर दिनाको लागि मसँग कुनै पनि उत्तर हुने थिएन।ऊसित मागी विवाह गर्ने मीठो रहर नभएको हैन।धेरै थियो।तर त्यो रहर कुनै पनि हालतमा पूर्ण हुनसक्ने थिएन।समग्रमा भन्दा हाम्रो प्रेमविवाह भयो।तर त्यो प्रेमविवाह रहरले नभएर बाध्यतालेनै भएको थियो।अझ भनौं हतारमा भएको थियो।हतार नगरेको भए सर्वस्व समाप्त हुने खतरा थियो।मेरो जिन्दगीको धरातल ध्वस्त हुने थियो।सबै सुहा हुन्थे।बर्बाद हुन्थ्यो।

मनोज र मेरो बीचमा सामान्य बोलीचाली बाहेक त्यस्तो कुनै महत्वपूर्ण वार्तालाप भैरहेको थिएन।दूरी हेर्दा लाग्थ्यो-हाम्रो भेटघाट र चिनचान पहिलोपटक हुँदैछ।एकअर्कामा राम्ररी खुल्न सकेनौं।हामी बीचमा मायाको भीमकाय पोका थियो।तर त्यो पोका त्यतिकै खेर गैरहेको थियो।खोल्ने हिम्मत कसैबाट भएन।सायद ऊ पनि अनेकौं भावहरुको रसायनले हाम्रो विवाहलाई जोडेर भावनाका तरंगहरुसंगै छचल्किंदै थियो होला।त्यसैले सुनसान र एकान्तमा अवसर मिल्दा पनि हाम्रो बीचमा कुनै स्पर्श र कृयाकलाप भएन।मैले धेरै सुनेकी थिएँ-लोग्नेमान्छेहरु स्वार्थी हुन्छन्।मौकामा चौका हान्छन्।तर त्यस्ता गुणहरु उसमा पटक्कै भेटिन।सायद उसमा धैर्यता थियो।अथवा जबर्जस्ती आफूलाई सच्चा प्रेमीको रुपमा प्रस्तुत गर्न खोजिरहेको थियो।तर मैले उसलाई असल प्रेमी भन्दापनि असल श्रीमानको दर्जामा राखिसकेकी थिएँ।कुरा जेसुकै भएपनि उसले मेरो भावनामा ठेस पुर्याउने कुनै कार्य गरेन।
पछि-पछि लुखुर-लुखुर जाँदै बेला-बेलामा माइती गाउँ,त्यहाँका दृश्य र माइतीघरलाई मायालु नजरले हेर्दै बिरहको आँशु तप्प तप्प झार्थें।माइतीघर घरमाथिको ठूलो ढुंगा।सैलुङको पहाड र त्यहाँदेखि निकै टाढाको दूरीमा अवस्थित दूधकुण्ड हिमाल।चेर्दुङ र ताँबेका पहाडहरुले मलाई टुलुटुलु हेरेर दु:खी हुँदै बिदाइका हातहरु हल्लाएझैं लाग्थे।त्यतिनैबेला आफूहरुलाई लीलबहादुर क्षेत्रीको 'बसाइँ' उपन्यासका पात्रहरू सम्झिन्थें।कथा बेग्लै थियो।तर दर्द,पीडा र ब्यथा एउटै।मुटु रेटिने खालका।हेर्दाहेर्दै गाउँघर र प्यारा लाग्ने सबै दृश्यबाट हामी ओझेलमा परिसकेका थियौं।काम्सेको पहाडले छेकिसकेको थियो।
औपचारिक रुपमा एक-अर्काको भैसकेपनि बाटो काट्ने क्रममा हामीबीच आवश्यक सामान्य कुराकानी बाहेक अरु केही भएन।राम-सीता दरबार छोडेर दस बर्षको लागि वनबास गए जस्तै अनुभव गरें।फरक यति थियो कि हामी वन नगएर शहर जाँदै थियौं।विहानको छ बजे जिरीको बसपार्क पुग्दा काठमाडौंको पहिलो बस छुट्टिसकेको रहेछ।दोस्रो ट्रीपको लागि करीब तीस मिनेट प्रतिक्षा गर्नुपर्यो।
"कि हामी चरिकोटसम्म गएर दुईचार दिन बसेर त्यहीँबाट फर्किने?"
मनोजले प्रश्नवाचक चिन्ह खडा गर्यो।
"किन,काठमाडौं जाँदा के फरक पर्छ र?चरिकोट जाबो त के जानु?जानुनै परेपछि राजधानीनै जाने हो नि।फेरि म अहिलेसम्म काठमाडौं पुगेकी छैन।यही मौकामा घुमेर आऔं न,हुन्न?"
मैले जोड दिन थालें।
"ल ल ठिकै छ। त्यसो भए काठमाडौंनै जाने।"
मन प्रफुल्ल भयो।
दुइटा टिकट काट्यौं।तीस मिनेटको प्रतिक्षा पनि निकै लामो लाग्यो।बाबा-आमा या पासाङहरु हाम्रो खोजीमा निस्कन सक्थे।भयले त्रसित थियौं।
"खाजा खाने हैन ओमु?जाऔं न होटलतिर।के खान्छ्यौ तिमी?"
"मलाई केही खान मन छैन,तिमी खाने भए खाऊ।"
मनले सम्मानार्थक शब्द प्रयोग गर्ने आदेश दिएपनि मुखमा 'तिमी' आइहाल्यो।तर उसलाई मेरो शब्दले कुनै फरक परेन।
"खानको भन्दापनि जानको हतार छ ओमु अहिले।बरु तिम्रो बाबा-आमाले पुलिसलाई फोन गर्नपनि सक्नुहुन्छ-उमेर नपुगेकी छोरी भगायो भनेर।"
ऊ तनाबमा बोल्न थाल्यो।
"सायद यतिबेला त बाबा-आमाले थाहा पाइसक्नुभयो होला-म घरमा नभएको कुरा।पीर लिनु भएको होला।गाउँमा फोनको सुबिधा नभएकोले फोनको लागि जिरी आइपुग्दा त हामी चरिकोट कटिसकेका हुन्छौं होला है?"
माया र त्रास मिश्रित भावले भनें मैले।
"ल ल ओमु बसको समय पनि भैसकेछ।जाऔं,गएर आफ्नो सिटमा बसौं।जो पर्ला-सो टर्ला।पीर नगर अहिले।बाबा-आमा त आफ्नो ठाउँमा हुनुहुन्छ नि।"

बस चढेर आफ्नो सिट सुरक्षित गरिहाल्यौं।उसले मलाई झ्याल नजिकै राख्यो।सायद मलाई वान्ता होला भनेर हुनसक्छ।बिस्तारै बस गुड्न थाल्यो।बस भन्दा कैयौं गुणाको गतिमा हाम्रा सपना,ईच्छा,चाहना र उदेश्य गुड्न थालेका थिए।गुड्न के भनौं उड्न थालेका थिए।आफ्नो मुटु या भनौं सबभन्दा प्यारो मान्छे साथमा हुँदा पनि खै के छुट्टिएझैं लाग्दै थियो।
कुरो बि.स.२०५८ साल तिरको हो।त्यतिखेर देश द्धन्दमा फसेको कारण संकटकाल लागू गरिएको थियो।ठाउँ-ठाउँमा पुलिस-सेनाहरु पोस्ट खडा गरेर बसेका थिए।धेरै ठाउँमा कडा जाँच हुने भएकोले यात्रा निकै असहज र जटिल हुन्थ्यो।हामीलाई दुइटा पोस्टहरु देखि डर थियो।जिरीको हाट-डाँडा र चरिकोटको पोस्ट।कुनै सानो निहु पाएको खण्डमा अनेक नाटकबाजी गर्दै अन्ततः देशद्रोहीको ट्याग भिराउन सक्थे।अझ केटी भगाएको विषयलाई ठुलै रुप दिनसक्थे।दुईजना पुलिस भित्र छिरेर जाँच गर्न थाले।मुटुको गति तेज भयो।उनीहरुको अनुहारमा हेर्दा शंकाको घेरामा परिने हुँदा मनोजले पनि शेर्पा भाषामा उनीहरू तिर नहेर्नु भनेर सम्झायो।उनीहरूले आफ्नो काम सकेर बसबाट ओर्लेपछि बल्ल मुटुको गति बिस्तारै पूर्वावस्थामा आउन थाल्यो।दस कक्षाको टेस्ट परिक्षा सरहको परिक्षामा उतीर्ण भयौं।तर एसएलसीको परिक्षा बाँकीनै भएकोले हामी ढुक्क भने थिएनौं।जे भएपनि केही समयको लागि सुखको सास फेर्न थाल्यौं।जिन्दगीमा पहिलोपटक काठमाडौ जाँदै थिएँ।सुईंकुच्च ठोक्ने योजना दावा र डोमाको बिहेमा भेटिएपछि मात्र बनेकोले मसँग प्रशस्त आर्थिक साधन थिएन।बिहेमा आउनु अघिनै योजना बनेको भए निकालिन्थ्यो होला धेर-थोर।मनोजले मेरो पैसाको थैली हेर्नु भन्दा पहिल्यै उसलाई देखाउन खोज्दै थिएँ।देखाएपछि टन्टै साफ।त्यही सोचेर थैली निकालेर हातमा खेलाउन थालें।
"खै त हेरौं।"
उसले थैलीतिर औंला सोझ्याउँदै भन्यो।
"नाइँ।"
मैले धक मान्दै थैली लुकाउन खोजें।
"खै हेरौं न के हुन्छ?"
जबर्जस्ती हेर्न खोज्यो।
"पैसै छैन के हेर्नु?"-सिधा जवाफ दिएँ।
"पैसा हेर्ने हैन,थैली राम्रो लागेर।"
लाजै पचाएर थैली उसको हातमा थमाएँ।
उसले उत्सुकतापूर्वक थैली खोल्यो।जम्मा बीस रुपियाँको नोट निकालेर एकटकले हेर्यो।उसको मनमा के थियो-म अन्जान थिएँ।ऊ मलाई हेर्दै मुसुक्क मुस्कुरायो।मेरो गाला शरमले जोमसोमको स्याउझैं लाल भैसकेको थियो।ऊ झन मेरो गालामा क्वाप्पै टोकेर खाउँलाझैं गरी नियाल्न थाल्यो।हतार-हतार उसको हातबाट बीस रुपियाँले भरिएको थैली झट्टै थुतें।ऊ झन खिसिक्क हाँस्यो।उसको भित्री राज बुझ्न सगरमाथा चढे बराबरको मुस्किल थियो।
"केही फरक पर्दैन।पैसा हुनुपर्छ भन्ने छ र?विद्यार्थीसँग कहाँबाट पैसा आउँछ र?जागिर खाएर त भनेको बेला पैसा हुन्न।फेरि पैसै सबथोक पनि हैन।पैसाको लागि माया गरेको पनि हैन।जसरी तिमी पैसालाई ठूलो ठान्दिनौ,म पनि ठान्दिन।"
उसले निकै लामो भाषण छाँट्यो।हो मा हो मिलाउन शीर मात्र हल्लाएँ।जेहोस् उसको भाषणले मेरो धक सबै फुक्किएर म खुल्न थालिसकेकी थिएँ।त्यो भन्दा पहिले बसको लामो यात्रा पनि कहिल्यै नगरेकोले वाक्क-वाक्क आउन थाल्यो।आन्द्राभुँडी,फोक्सो,मुटु र कलेजो लगायतका आन्तरिक अंगहरु उत्तिनैखेर बाहिर निस्केर भागौंला झैं गरी हलचल मच्चाउन थाले।दुई-दुई मिनेटको अन्तरालमा खिर्की खोलेर पेटमा भएभरको सबै खाना उल्ट्याएर फाल्ने कोसिस गरें।तर केही थोपा पहेंलो पानी मात्र निस्किन्थ्यो र थोरै समयको लागि अलि सञ्चो हुन्थ्यो।

No comments:
Post a Comment