Monday, 5 September 2016

पुस्तकका हरफ

एक अनिदो मानव
ताराहरुको बिलय संगै
चिसो सिरेटो संगै
हस्याङ-फस्याङ गर्दै
बन-जंगल छिरेर
दु:खको भारी 
लिएर आई पुग्दा
छोरा निदाइरहेको हुन्छ
फुस-फुस-आडम्बरी निद्र
ए कुक्भकर्ण !उठ!
आ!,खाजा खा,
धेर जसो छोरोलाई ख्वाउछ
दुई गाँस आफूले खाएर
फेरि निस्कन्छ खेतमा
दुई जन्तु नारेर
सपनाको बीउ छर्न लाई
चिर्न थाल्छ बाझो
पसिनाको भेल संगै
ह ह माले!ह ह तारे!
घोक्रो सुक्ने गरि कराउछ
छोरो भने बरन्डामा निस्केर
जिउ तनक्क तन्काउछ
खेत जोतिएको दृश्यपान गर्छ
अध्ययन गरे झैं
केही अंश हरु
जोड-जोड्ले पढ्छ
खुसुक्क स्मार्टफोन निकालेर
च्याटमा व्यस्त हुन्छ
हाइ डियर,के छ?
च्याट सकिएपछी
खेतका तीन प्राणीलाई
पृष्ठभुमि बनाएर
खक्चक्क,खचक्क खिच्छ
दुई,चार सेल्फीहरु
सामाजिक सन्जाल रंगाउछ
त्यो काम पनि सफलतापूर्वक
सम्पन्न भैसकेपछि
क्यान्डी क्रस खोलेर
बम बनाउन थाल्छ
र फुटाउन थाल्छ जेली
क्यान्डी क्रसको
लाईफ सकेपछि
भट्टाउन थाल्छ फेरि
पुस्तकका केही हरफ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...