गाह्रो परिस्थितिको मध्यनजर गर्दै मनोजले कहिले मेरो ढाडमा सुम्सुम्याउँथ्यो।कहिले सुस्तरी धाप मार्थ्यो।मानौं मेरो घाँटीमा एक टुक्रा हड्डी अड्किएको छ।उसले धाप मारेर हड्डी बाहिर निकाल्ने प्रयत्न गर्दैछ।
कहिलेकाही मेरा आँखा रसाएका हुन्थे।यो सोचेर कि जन्म दिने बाबा-आमा र जन्मघरलाई लत्याएर धेरै टाढा जाँदैछु।त्यतिबेला पनि मैले वान्ता आएको बहानामा आँशु चुहाउँथें।उसले सोच्थ्यो-वान्ताकै कारण आँशु आएको होला।सकभर आफ्नो दर्दलाई उसको सामू नदेखाई आफूमै सिमित गर्न चाहन्थें।कहिलेकाही भने मेरो खुशीको सिमानै रहने थिएन।झाँगिएर धेरै टाढा-टाढासम्म पुग्थ्यो।ऊ जस्तो असल जीवनसाथी पाउँदा।

गाडी तामाकोशीको पुल तर्नु भन्दा पहिले ओरालोमा हुइँकिन लागेको थियो।म भने घरीघरी तामाकोशीको सङ्लो पानीको दृश्यपान गर्दै हाम्रो मायालाई त्यही सङ्लो र स्वच्छ पानीसँग तुलना गर्थें।फरक यति थियोे कि पानी ओरालो झर्दै थियोे।हाम्रो माया उकालो चढ्दै।ठाउँ-ठाउँमा सडक भत्किएर खाल्डाखुल्डी भएकोले गाडीले हल्लाउँथ्यो।कहिले ऊ मेरो अँगालोमा र कहिले म उसको अँगालोमा बेरिन पुग्थ्यौं।म लाजले भुत्तुक्कै हुँदा ऊ भने सडक र गाडीलाई गाली दिन्थ्यो।मुखले गाली गरेपनि ऊ खुशी भएको चेहेराले प्रष्टै झल्काउँथ्यो।सायद उसले उल्टै मौन स्याबासी दिंदैथ्यो होला।कहिलेकाही अचानक हाँसो उठ्थ्यो।तर नियन्त्रण गर्दै मनमनै मात्र हाँस्ने कोसिस गर्थें।
तामाकोशीको पुल तरेर गाडी उकालोमा कछुवाको गतिमा बढ्न थाल्यो।वाक-वाक पनि कम आउन थालेकोले सुत्ने चेष्टा गर्न थालें।तर मनमा अनेक थरीका भावनात्मक छालहरु ठोक्किएर मुटुको भित्ता नै भत्काउलाझैं गर्थे।आँखा चिम्लेर निदाएझैं गरी बस्न थालें।उसले म सुतेको मौका छोपी मेरो हातमा सुस्त स्पर्श गर्यो।तेल घसेझैं सुम्सुम्याउन थाल्यो।एक हातले अँगालो हाल्यो।शुरुमा त मौन स्वीकृति जनाएँ।हजार भोल्टको करेन्टले झट्का दियो।निद्रा भंग भए जसरी बिस्तारै चल्मलाउन थालें।उसले हत्त न पत्त आफ्नो हात मेरो शरीरबाट हटायो।अलग्गै नछोई बस्यो।भंग भएको निद्रा फेरि जोडिए जसरी म फुस्स-फुस्स निदाएको अभिनय गर्न थालें।सायद चलचित्रको कुनै निर्देशकले देखेको भए अब्बल अभिनय देखेर मलाई नायिकाको अफर गर्थ्यो होला।फेरि मनमनै सोच्न थालें।
"हामी नारीहरु नाटक गर्न कति खप्पिस! अनि पुरुषहरु किन यतिका हाकाहाकी?के हामी हाकाहाकी हुन सक्तैनौ?हामीमा यतिका लाजको पोका किन?आफ्नो जीवनसाथीसँग लजाएर के काम?कहिलेसम्म लजाएर बस्ने?उठ केटी उठ!"
मनको आज्ञा पालन गर्दै जुरुक्क उठेर उसको अनुहारमा हेर्न थालें।
"ओमु,के भयो?सञ्चो भएन हो?सुत सुत,आराम गर।"

ऊ बोल्न थाल्यो।
"हैन ठिकै छु।हामी कहाँ पुग्यौं?"
"चरिकोट पुग्न लाग्यो।"
'चरिकोट' शब्दले मेरो होसै उडे जस्तो भयो।कान ठाडा भए।मुटु ढुक-ढुक गरेर जोड-जोडले धड्किन थाल्यो।

"कतै बाबा-आमाले पुलिस चौकीमा फोन त गर्नुभएन?"
मनोजले आफ्नो तल्लो ओठले माथिल्लो ओठलाई भित्रतिर दबाएर फ्याट्ट आवाज निकाल्यो।त्यसको आशय 'खै के थाहा?" भन्ने थियो।
"कति लाग्छ अब चरिकोट पुग्न?"

उत्सुकतापूर्वक सोधेँ।
"लाग्छ होला त्यस्तै १५/२० मिनेट।सुते हुन्छ एकछिन अझै।आवश्यक परे म उठाउँछु तिमीलाई।"
मलाई फेरि नशा चढे जस्तो रिंगटा लागेर शीर फनफनी घुम्न थाल्यो।
"म यता एकछिन सुत्छु है?"

काखमा सुत्ने अनुमति मागेर घोप्टो मुख लाएर सुत्न लागें।उसले मेरो ढाडमाथिबाट बिस्तारै थप्थपाउन थाल्यो।केटाकेटीलाई सुताउने जस्तै गरी।सुत्ने लाख कोशिस गरें।सुख-दु:ख,हाँसो-रोदन,मिलन-बिछोड र भय जस्ता मिश्रित संवेदनाले सुत्नै दिएनन्।
"चरिकोट झर्ने कोही भए झरिहालौं त!काठमाडौं हजुर काठमाडौं।बाजे! काठमाडौं जाने भए सीट खाली भयो है,आउनुस्।"
सह-चालकको चिच्याहटले बल्लतल्ल लागेको आँखा पनि पुन:भंग गरिदियो।गाडी चेकपोस्टमा खडा थियो।दुईजना पुलिसहरु भित्र पसेर हामीतिरै हेरेझैं गर्न थाले।मुटुले ढ्याङ्ग्रो ठोक्न थाल्यो।तर संयमित भएर नियन्त्रण गर्यौं।त्यो पल यस्तो खालको कठिन र संवेदनशील थियो कि त्यहींबाट हाम्रो जीवनले अर्कै मोड लिन पनि सक्थ्यो।जिन्दगीको टर्निङ प्वाइन्ट त्यही हुनसक्थ्यो।हामी समातिन सक्थ्यौं।मामाघरको चिसो खोरमा बसाइँ हुनपनि सक्थ्यो।म मेरो प्रेमबाट अलग र बञ्चित पनि हुन सक्थें।अनि मेरो प्रिय मान्छेमाथि मुद्दा र लान्छना पनि लाग्न सक्थे।मैले एकै सेकेन्डमा हजारौं पल्ट बुद्ध भगवानको नाम जपें।
"ॐ माने पेमे हुँ••••••••••।"
नभन्दै हामीलाई भाग्यले साथ दियो।पुलिसले आफ्नो कर्तव्य पूरा गरेर गेट खोलिदियो।

अत्यन्तै उत्साहित भयौं।पुलकित भयौं।मानौं हामीले विश्वयुद्धमा जीत हासिल गरेका थियौं।प्रेमको खेलमा स्वर्ण पदक हात पारे जस्तो।बृहस्पतिमा रकेट प्रक्षेपण गर्न सफल भए जस्तो।निल आर्मस्ट्रङले पहिलोपटक चन्द्रमामा पाईला टेके जस्तो।कुनै चलचित्रले ओस्कर एवार्ड पाए जस्तो।संसारको सबैभन्दा अमूल्य चीज हाते पारे जस्तो।सायद त्यस्तो खुशी हामी कहिल्यै भएका थिएनौं।अपार खुशीको उपलक्ष्यमा उसको ललाटमा मेरो अधरको वर्षा गराउने जोश चलेको थियो।आफूलाई उसैमा समाहित गरेर हराउन मन लागेको थियो।बनाउन मन लागेको थियो उसलाई त्यो भन्दा अरबौं गुणा खुशी।त्यो उमंगलाई त्यहीं थाती राख्दै पूर्वावस्थामा फर्कें।कल्पनाको संसारबाट भावनाको जहाज चढी यथार्थताको विमानस्थलमा अवतरण हुँदा मनोजको नजर म माथि नै थियो।लज्जावोधले शीर निहुरियो।जसरी फल लागेपछि कुनै बोटको डाली झुक्दछ।
"अहो!मनोज,यहाँदेखि त चेर्दुङ,दूधकुण्ड,ताँबे र काम्सेका पहाडहरु पनि छर्लङ्ग देखिन्छन् त।"
कतै-कतै कपास जस्ता बादलका टुक्राहरु बाहेक आकाश धेरै टाढा-टाढासम्म पनि छ्याङ्ग खुलेको थियो।नजर पूर्वतिर गएर ती आफ्नै प्यारा प्राकृतिक दृश्यहरुमा गएर ठोक्कियो।मेरो कुरा सुनेर उसले पनि मलाई कुनातिर च्याप्दै झ्यालबाट मैले देखाएको दृश्य हेर्यो।उसको मुहारमा एक प्रकारको खुशीको लहर देखियो तर चरिकोटको चौकी कटेपछिको भन्दा कम।
"यो कहाँ हो मनोज?"
"यो खरिढुंगा हो।"
उसले यति भन्नासाथ गाडी गिट्टीयुक्त कच्ची सडकमा गुड्न थाल्यो।दस रेक्टर स्केलको भुकम्प आए जस्तो दायाँबायाँ र तलमाथि हल्लिन थाल्यो।त्यतिबेला हामी दुवैको ज्यान एक भयो।उसको ओठले मेरो गालामा स्पर्श गर्यो।एक भमराको साक्षात्कार फूलको कोपिलासँग भयो।त्यहाँ उसको नियोजित नियतले काम गर्यो या संयोगले,अन्जान थिएँ।जे भयो,राम्रै भयो।
"धन्यवाद खरिढुंगाको कच्ची सडकलाई।"
सायद उसले मनमनै त्यसैगरी धन्यवाद दिए होला।मैले अनुमान मात्र लगाएँ।

"सिन्धुपाल्चोकमा हजुरहरुलाई हार्दिक स्वागत गर्दछौं।"
खरिढुंगा कटेपछि ठूलो गेटमा यस्तै लेखिएको थियो।आफ्नो गृहजिल्ला पनि छोडेर हामी सिन्धुपाल्चोक जिल्लामा प्रवेश गरेका थियौं।मनमा थोरै हर्ष र थोरै बिस्मात एकैचोटि पैदा भयो।
"लौ खाना खान झर्नु है सबैजना।"
खलासीको आदेश खुरुखुरु पालन गर्दै मुडेमा झरे सबैजना।हामी पनि झरेर एउटा होटलमा खाना खान लाग्यौं।दुई गाँस भन्दा बढी रुचेन।मेरो राजाले पनि थपेर खाएन।सायद हामी माया र हर्षले टन्न अघाएका थियौं।बसमा फर्किए पश्चात अघिल्लो रातभर आँखा झिमिक्क पनि नगरेकोले निद्रा लागेर बेहोस होलाझैं लाग्यो।शीर उसको काँधमा राखेर निंदाउने प्रयत्न गरें।

ब्युँझिंदा मनोज पनि मस्त निंदाइरहेको रहेछ।खाडीचौर पुगेपछि कोट्याएर उठाएँ।त्यहाँदेखिको सडक फराकिलो र चिल्लो भएकोले यात्रा आरामदायी हुँदै गयो।बस्नलाई आरामदायी भएपनि मन भने आरामदायी थिएन।स्थिर थिएन।दिमागमा आउने विषयबस्तुको फेरबदल रेडियोको मिटर घुमाउदा स्टेशनहरुझैं बद्लिंदै थिए।
"मनोज,हामी आउन त आयौं तर कहाँ जाने?कहाँ कसकोमा बस्ने?मलाई त केही पनि थाहा छैन।सबै कुराको ब्यवस्थापन तिमीले गर्नुपर्छ है?"
बनेपा पुगेपछि सोधेँ।
"आज राती हामी होटलमा बस्ने।"
यति भनेपछि मनमा अनेकौं शंका र उपशंकाहरु उत्पन्न भए।
"किन र मनोज?हामी किन होटलमा बस्ने र?तिम्रो आफन्त कोही छैनन्?मेरो त आफन्त छन् तर कहाँ बस्छन्,थाहा छैन।
"अहँ,कोही पनि छैनन्।"-यति भनेर टार्यो उसले।
झन मेरो शंकाको घेरा फराकिलो हुँदै गयो।
"कतै मनोजले मलाई बेच्न त लागेको हैन?यदि त्यसो हो भने मैले धेरै चनाखो हुनुपर्छ।के उसको एकजना पनि आफन्त छैनन् र काठमाडौं जस्तो ठूलो शहरमा?"
ऊ जतिसुकै सोझो र ईमान्दार भएपनि नानाथरीको पाप सोच्न पुगें।सुनेकी थिएँ-उसका दिदी-दाइहरु काठमाडौमै छन्।तर किन झूट बोल्दै थियो?सिर्फ भगवान र उसलाई मात्र थाहा थियोे।
"ओमु,के सोचेकी?के भयो ?होटलमा जाने हैन?ठिकै छ।नजाने भए अन्तै बास खोज्नुपर्छ।होटलमा जस्तो राम्रो अन्त हुन्न के!आफन्तहरूको घरमा जान अलि असहज हुन्छ।"
कुराले झन बिक्षिप्त र सशंकित बनायो।उसको चाल निकै खतरनाक लाग्दै थियो।सायद शकुनीको चाल भन्दा भयंकर!केही सोच्नै नसकेर अधिक डिग्रीको ज्वरो आयो।रक्तचाप उच्च हुँदै थियोे।थैलीबाट सिटामोल निकालेर सेवन गरें।उसको गिद्देनजर मेरै २० रुपैयाँले भरिएको थैलीतिर परेझैं लागेर हत्तपत्त खल्तीमा राखिहालें।

"लौ ओमु,अब हामी यही झर्नुपर्छ।"
"किन झर्ने र यहाँ?यो कहाँ हो?"
"यो भक्तपुर हो।यहाँ पहिले मेरी जेठी दिदी बस्नुहुन्थ्यो।सायद यहीँ हुनुहुन्छ होला अझै।नभए हामी काठमाडौं नै जान्छौं।"
"को दिदी?के नाम हो दिदीको?कहिलेदेखि बस्नुभएको हो र यहाँ?"
अझैसम्म उसको कुरा शंकास्पद लाग्यो।हतासिंदै सवाल गरें।
"राधा दिदी।धेरै बर्ष पहिलेदेखिनै बस्दै आउनुभएको।"
तीनछक्क परेर उसको कुरा सुन्दै थिएँ।राधा दिदीको बारेमा थाहै थिएन-एउटै गाउँमा बसेर पनि।
"हैन,यो मान्छे के भन्दैछ आज?को राधा दिदी?कतै सपनामा त छैन?कि खुस्केको हो?पक्का केही घटबढ छ।शेर्पाको नाम कसरी राधा भयो?हुन त मनोज,श्यामसुन्दर र राजेन्द्र जस्तै होला।हैन-हैन,यो मान्छेदेखि सकभर सतर्क हुनैपर्छ।नत्रभने बेचेर टाप कस्न पनि सक्छ।हुन त सोझो मान्छेले यस्तो कर्तुत त नगर्नु पर्ने!हेर ओमु!जमाना खराब छ।तैंले सतर्क हुनैपर्छ।सुइँको मात्र पाउँ न,जानेकी छु!उमेरले सानो भएपनि दिमागमा कम कहा छु र?"
मनमा शंका-उपशंकाहरुको आँधीबेहरी नै आयोे।जे भएपनि यथार्थतासँग साक्षात्कार हुने समय आइसकेको थियो।रोवोर्ट भन्दा पनि गतिशील र सकृय हुनुपर्छ भन्ने भावनाको विकास भयो-कलिलो दिमागमा।
"कुन दिदी रे मनोज?"-मैले पुनः प्रश्न गरें।
"जेठी दिदी।"
"हैन हो,सबै दिदीबहिनी गाउँमै छन्,हैन र?"
"हैन,हैन।एकजना दिदी यहाँ बस्नुहुन्छ।यतै कतै बस्नुहुन्थ्यो।दुई-तीन साल भयो नआएको।सर्नुभयो कि यहीँ हुनुहुन्छ,हेरौं।"

काठमादौं जाने मुल सडक छोडेर सानो गल्लीतिर लाग्यौं।बाटैमा सानो मन्दिर रहेछ।नमन गरेर अगाडि बढ्यौं।एउटा किराना पसलको बोर्डमा आँखा गएछ।
"सुर्यबिनायक,भक्तपुर।"
आधा भरोसा मनोज र आधा भगवानलाई गर्दै पछि-पछि लागें।
"ल आऊ यही घर हो।"

एउटा तीनतल्ले घर देखाउँदै भन्यो।
"ए,राधा दिदीको यत्रो ठूलो घर?पक्कै उसैको दिदी हो त?चिनजानको दलाल दिदी त हैन?"
अझै शंकाले लंका जलाउन छोडेको थिएन।नजलाओस् पनि कसरी।बिल्कुल नौलो ठाउँ।नौली दिदी।त्यसमा पनि राधा शेर्पा नाम!
"शेर्पाको नाम त डोमा,याङ्जी,ल्हमु••••यस्तै-यस्तै हुनुपर्ने हैन र?"
सोध्न नसकेर आफ्नै मनलाई सोधेँ।

ऊ फटाफट भित्र छिर्यो।म भने केही शरम,केही भयले बाहिरै उभिएँ।
"ए बाबु पनि आएछौ त।बस-बस उतापट्टिको पलाङमा।अनि को-को आयौ त?साथीसँग कि एक्लै?"
एकजना स्त्रीको आवाज प्रष्टै सुनें।
"साथीसँग आएको।"
"को साथी?"
"गाउँकै बहिनी।"
"को बहिनी?"-एकजना पुरुषले सोध्यो।
"गाउँकी बहिनी ।"
मनोजले मलाई बहिनी भनेको सुनेर अवाक भएँ।हाँस्नु न रुनु भएँ।किन बहिनीको उपनाम दियो?केही सोच्नै सकिन।सोचिरहन बाध्य बनायो।तर सोच्ने समय-सिमा सकिएको थियोे।ऊ बाहिर आइसकेको थियो।

"किन बाहिर उभिएकी?भित्र सरासर आउनुपर्दैन?"आऊ-आऊ भित्रै।"
यति भनेर भित्र लिएर गयो।संघारमा पाइला मात्र टेकेकी थिएँ।दराजको ऐनामा एकजना परिचित अनुहार मुसुमुसु हाँसिरहेको देखें।त्यो अनुहार अरु कसैको नभएर मनोजको दाइको थियो।मनोजले भनेको गाउँकी बहिनीलाई ऐनामा देखेर मुस्कुराउनुभएको होला।मतिर नफर्किकनै ऐना भित्रको आकृतिबाटै उहाँले मलाई चिन्नुभएछ।
"हाम्री सानी बहिनी त हैन।को बहिनी हौ तिमी?"

राधा दिदीले सोध्नुभयो।
उतातिर बुहारीलाई बहिनी भनेकोले मनोजको दाइ हाँसेर भुत्तुक्कै हुनुभयो।
"बुहारी हुन् दिदी,केको बहिनी हुनु?बुहारी लिएर आएको रहेछ त भाइले।"

दाइले थप प्रस्ट्याउनुभयो।
मैले पनि आफ्नो परिचय राम्रोसँग दिएँ।परिचयात्मक कार्यक्रम समापनपछि अवगत भयो।मैले सोचेको पाप असत्य रहेछ।राधा दिदी मनोजको आफ्नै दिदी हुनुहुँदोरहेछ।श्रीमान् मगर भएको कारण उहाँको नाम राधा राख्नुभएको रहेछ।मैले आफैंलाई धिक्कारें।बेकारमा मनोज जस्तो मान्छेलाई दलाल सोचें।
"वास्तवमा स्त्रीजाति जस्तो शंकालु पुरुष हुदैनन्।नत्रभने पवित्र प्रेम गरेको मान्छे अनि सँगै बाँच्ने/मर्ने बाचा गरेर एउटै पथमा हिंडेको आफ्नै श्रीमानलाई अन्यथा सोच्नु महापाप थियोे।
"बिचरा मनोज!"
त्यतिखेर यति मात्र सोच्न भ्याएँ।

खानपिनको कार्यक्रम पश्चात् सुत्ने तरखरमा लाग्यौं।त्यो हाम्रो नव-दम्पतीको पहिलो रात थियो।ऊसित भागेर आएपछि हामी समाजको नजरमा औपचारिक रुपमा स्वत: श्रीमान्-श्रीमती भैसकेका थियौं।मान्दैनौं भनेपनि मान्नैपर्ने भैसकेको थियो।मलाई त्यो रातको एकदमै डर,लाज र उत्सुकता थियोे।कुनै पुरुषसँग एउटै ओछ्यानमा सुत्नुको अनुभव त के कल्पनासम्म गरेकी थिईन।के होला?कसो होला?कसरी त्यो रातको सामना गर्नेहोला?सोचमग्न थिएँ।तर मैले त्यो रात सोचे जस्तो केही गर्नै परेन।अझ भनौं सोच्नै परेन।तनाबमुक्त भएँ।समस्याको समाधान राधा दिदीले गर्नुभयो।
"तिमीहरू सँगै सुत्न पाउँदैनौ।दाज्युभाइ यता।बुहारी चाहिँ भान्जीसँग सुत।"
दिदीले सबै बन्दोबस्त मिलाउनुभयो।एकातिर मैले ढुक्कसँग सुत्न पाउने भएँ।कुनै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेन।अर्कोतिर खल्लो पनि लागिरहेको थियो।मनोजको सामिप्यता नपाएर।जे-जे हुँदै थिए,सबै चुपचाप स्वीकार्नुको कुनै विकल्प थिएन।

सुत्नु भन्दा अगाडि मनोजले घरीघरी मतिरै नजर लायो।एउटा बालकलाई आमादेखि छुट्याएपछिको हालत जस्तो देखिन्थ्यो उसको हालत।
"म कुनै पनि हालतमा मनोजबाट छुट्टिएर/टाढिएर बस्न सक्तिन।सुत्न सक्तिन।हाम्रो उन्मत्त र प्यासी जोडीलाई कसैले अलग गर्न सक्तैन।यदि अलग्याउन खोज्छौ भने तिमीहरू भन्दा महापापी अरु कोही पनि हुने छैनन्।उसको साथ बिनाको क्षण कल्पनासम्म पनि गर्न सक्तिन।कृपया!मलाई ऊसित भेट्टाईदेउ।ऊ बिना अधुरो छु।मेरो सास थुनिन्छ।मेरो धड्कन रोकिन्छ।रक्तसंचार,मांसपेशी,श्वासप्रश्वास लगायतका कुनै पनि प्रणालीले काम गर्न सक्तैनन्-उसको अनुपस्थितिमा।ऊ मेरो नशा-नशामा दौडिने रक्तबीज हो।गुहार!कोही छ हामीलाई मिलाउने?"

धत!मेरो मनले पनि के-के सोच्न भ्याएछ।अन्ततःसोचाइले काम गरेन।हाम्रो ईच्छा मौलाएन।केही सीप नलागेपछि उदास मुहार लिएर निंदाउन थाल्यो-मनोज।साँच्चिकै निंदाएको थियो या बहाना गर्दै थियो-मैले ठम्याउन सकिन।
गाडीको लामो यात्राले थाकेर लखतरान भएकोले दिनको उज्यालोले रातको अँध्यारोलाई गोहीले माछा निलेझैं ख्वाप्लक्कै निलिसकेछ।बिस्तराबाट उठ्न मन नलागी-नलागी करले उठेर मनोज सुतेको पलाङतिर नजर लाएँ।ऊ भने त्यतिन्जेलसम्म लम्पसार परेर सुतिरहेको थियो।मानौं उसले ताँबेको पहाडलाई बोकेर भक्तपुरसम्म ल्याइपुर्याएको थियो।जबर्जस्ती उठाउन खोज्दा खासै वास्ता गरेन।सायद राधा दिदीको रिस मलाई पोख्दै थियो।
"हिजो सँगै सुत्न दिईस्?अब किन चाहियो र मतलब गर्नुपर्यो मलाई?जा,म बोल्दिन तिमीसित।"
सायद मनमनै यस्तै भन्दैथियो होला उसले।त्यो सम्झेर मुसुक्क हाँसें।मेरो हाँसोको रहस्य बुझेर हो या नबुझेर ऊ पनि खिसिक्क हाँस्यो।

चियापान सकेपछि सरसफाइ तथा नुहाइ-धुवाइको कार्यक्रम शुरु भयो।मनोजले आफ्नो भित्री कपडाहरु पनि त्यहाँ मिसाएछ।जसरी पनि धुनैपर्ने भयो।उसको अनुपस्थितिमा आफ्नो केही कपडा धोईसकेर उसको कपडा धुन लागिरहेकी थिएँ।अचानक उसको उपस्थितिले ठूलो झट्का दियो।हत्तपत्त उसको कपडालाई फालेर आफ्नो कपडा समाएँ।ऊ निकैबेर त्यहीँ उभिरह्यो।त्यतिन्जेल पहिल्यै धोइसकेको कपडामा साबुन दल्दै बसें।उसको प्रस्थानको प्रतिक्षामा समय बर्बाद हुँदैथियो।ऊ थाकेर भित्र गैसकेपछि फेरि उसको कपडा धुन थालें।उसको कपडा धुँदै गरेको बेला ऊ सामू आउँदा लाजको तरंगले भयंकर हलचल पैदा गर्थ्यो।निधारबाट पसिनाको धारा छुट्थ्यो।हतार-हतार उसको कपडा धोईसकिन लागेकोथ्यो।फेरि उसैको आगमन भयो।हरे शिव!उसको कपडा फालेर आफ्नो पाउ मोल्न थालें।
"मनोज,तिमी जाँदै गर।म आइहालें।फेरि तिमी यहाँ बसेर केही काम पनि त छैन।"
भगाउने जुक्ति निकालें।नभन्दै मेरो आज्ञा पालन गर्दै खुरुखुरु गयो।तैपनि ढुक्कसँग काम गर्न सक्ने स्थिति थिएन।उसको कुनै विश्वास थिएन।फेरि पनि आउन सक्थ्यो।

बिहानको एघार बजेतिर खाना खाइसकेर एकछिन आराम गर्नतर्फ लाग्यौं।
"ल बाबु र बुहारी यता आराम गर।"
यति भन्दै दिदीले पलाङमाथि सिरक राखिदिनुभयो।
रातमाझैं सुत्यौं।दाइ-दिदीहरु पनि आ-आफ्नो ठाउँमा फुस-फुस निंदाउनुभयो।यता एक प्रेमिल जोडी खुशीले फुरुङ्ग हुँदै पहिलोपटक एउटै बिस्तरामा पल्टे।मौकामा चौका हान्दै उसले आफ्नो हातलाई मेरो शरीरतिर मुसाझैं दौडायो।एक किसिमको तरंग पैदा भएर समुद्रको छाल सरी चारैतिर फिंजियो।मलाई यस्तो झट्का लाग्यो।दुईहजार भोल्टको झट्का बरु त्यति शक्तिशाली हुँदैन होला।उसको हर्कतलाई मौनरुपमा सहेर बसें।पहिलोपटक आफू पूर्णनारी भएको महसुस बटुलें।कोपिला फक्रेर सुन्दर फूलमाथि भमराको पहिलो स्पर्श भएको थियोे।जिन्दगीमा भोगेका सबै दु:ख र पीडाहरु दूर भए।अतीतका सबै घटना र स्मरणहरु गायब भए।ध्यान त्यहीँ केन्द्रित थियोे जहाँ उसको स्पर्श थियो।त्यो स्वर्णिम स्पर्शको अगाडि मेरा सबै संवेदना गौण थिए।हरेक कुराको सीमा,समय र परिधि हुने भएकोले त्यो सीमा पार गर्नु मानवीय धर्म र अनुशासन बिपरित थियो।त्यही सम्झेर होला उसले आफ्नो चलिरहेको कदम लाई त्यहीं स्थगित गर्यो।म स्वतन्त्र भएँ।त्यो नै पुरुषले गरेको प्रथम स्पर्शको अनुभव थियो।तर त्यो अनुभव खै कस्तो।यस्तो र उस्तो भनेर वर्गीकरण गर्न सकिन।अथवा भनौं त्यो संवेदनाको नामाकरण गर्न सकिन।

कपडा छिट्टै सुकेकाले दिउँसोतिरै दाइले हामीलाई काठमाडौं लिएर जानुभयो।चाबहिलको कोठामा हामीलाई मात्र छोडेर उहाँ बाहिरिनुभयो।दाइ जाने बित्तिकै मौसममा एकाएक परिवर्तन आउन थाल्यो।झलमल्ल उज्यालो दिनलाई कालो हुस्सु र बादलले रातझैं अन्धकार बनायो।आकाश गड्याङ-गुडुङ गर्दै गर्जन थाल्यो।आँखाको नानीनै उडाउँलाझैं गरी बिजुली चम्किन थाल्यो।एकातिर वर्षाको पानीले वातावरणलाई आनन्दमय बनाउँदै थियो भने अर्कोतिर चट्याङले धर्तीमा गरेको बज्रपातले हामीलाई त्रसित बनाउँदै थियो।पहाडतिरको चट्याङ नजिक-टाढा अथवा कुन ठाउँमा बज्रपात भयो,सजिलै थाहा पाउन सकिन्थ्यो।तर शहरतिरको त आफ्नै सामुन्नेझैं लाग्ने।त्यो मौसममा मैले मनोजलाई अरुबेला भन्दा बिल्कुल फरक देखें।हामी बीच नजर जुधाजुध हुन थाल्यो।ऊ झन-झन कामुक हुँदै गयो।सायद उसले मलाई पनि त्यस्तै देखे होला।हामी जम्मा दुई ईन्चको दूरीमा थियौं।
"ड्याम्म्म्म्म"
हामी बसेको घरदेखि नजिकै बम पड्केझैं गरी बिजुली बर्स्यो।
"मनोज••••••••••••••••"
मेरो मुखबाट यतिमात्र के निस्केको थियो-म त उसको अँगालोमा कस्सिन पुगेछु।उसको हात कता-कता चल्दैथियो मैले यकिन गर्नै सकिन।मेरो छातीभित्र ढुक-ढुक गर्दै मुटु खरायोको गतिमा उफ्रन थाल्यो।अपर्झट हाँस्दै उसको छातीमा दुईहात राखेर जोडले हुत्याइदिएँ।बिचरा ऊ पलाङमाथि उतानो परेर लड्यो।एकछिनको लागि एउटा चुम्बकले अर्को चुम्बकबाट छुटकरा पायो।पिंजडाको सुगा उम्केझैं खुशीले फुरुङ्ग भएर माथि-माथि उड्न थालें।उसको अनुहार रिस या लाजले-लाल भएको थियो।मलाई भने भित्रैबाट हाँस उठ्न थाल्यो।खित्का छोडेर हाँस्न मन लागेको थियो तर संयमित भएर आफूलाई सम्हालें।
"ओमु,तिमीलाई सञ्चो छैन हो?"
"अँ"-मैले शीर हल्लाउँदै जवाफ फर्काएँ।
"किन,के भयो र?"
"खै के भो,के भो,थाहा छैन।"
"आफूलाई के भएको त्यो पनि थाहा हुन्न र?"
"कता-कता दुखे जस्तो लाग्छ।"
"कहाँ?मुटुमा हो?"
उसको सवाल कुनै जवाफ बिना कौतुहलताको सागरमाथि तैरिरह्यो।
"ज्वरो आएको छ हो तिमीलाई?"-फेरि प्रश्न गर्यो उसले।
"हजुर,छ।ठ्याक्कै कसरी थाहा पायौ?"-उतर दिए लगत्तै प्रश्न पनि तेर्स्याएँ।
"ज्वरो आएको छैन होला,ढाँट्यौ तिमीले।"
"हैन,साँच्चिकै ज्वरो आएको छ,नत्र छामेर हेर न थाहा भैहाल्छ नि।"
"खै तातो त छैन क्यारे।"

उसले मेरो हात छाम्दै भन्यो।
"त्यसरी पनि ज्वरो थाहा हुन्छ त?"
"अनि कसरी थाहा पाउने?तिमी आफैंलाई थाहा हुन्न र आएको/नआएको?"
विभिन्न प्रश्नोत्तर गर्दै घुमाउरो पाराले आन्तरिक चाह ब्यक्त गर्दै थियो।म नबुझेझैं गरी अन्जान बनिरहें।पुरुष जतिसुकै सोझो र इमान्दार भएपनि मौका पाएको बेला आक्रमक हुनेरहेछ।उसले विभिन्न बहाना बनाएर मलाई आक्रमण गर्ने योजना बनायो।म उसको योजना बिफल बनाउनमा माहिर थिएँ।

"साँच्चै भन त,ज्वरो आएको छ कि छैन?"
उसले पटकपटक ज्वरोलाई बिम्ब बनाएर अर्कै कुरा सोध्न खोजेको ऐना जस्तै छर्लङ्ग बुझें।जुन प्रश्न मेरो बिपक्षमा हुन्थ्यो,उही प्रश्न पुनःसोध्यो।उसको प्रश्नहरुबाट वाक्क-दिक्क भएँ।

"ज्वरो आएको छैन।"
केही नलागेपछि यथार्थ कुरा सुनाएँ।ऊ उत्तेजित हुँदै मलाई आक्रमण गर्न थाल्यो फेरि।पुरुषको जोडको अगाडि नारीको केही नलाग्ने तथ्यलाई मनन गर्दै छुटकरा पाउन एउटा भरपर्दो उपाय निकालें।स्वर्गको द्धारबाट प्रवेश गर्नलाई संघारमा पुगेर ढोका ढकढक्यायो।
"मनोज!दाइ आउनुभयो।"
झसङ्ग तर्सिंदै मबाट टाढियो।वनजंगलमा मस्त चर्दै गरेको हरिणले बन्दुकको आवाज सुनेर भागे जस्तै।स्वर्गको ढोकाबाट ऊ एकैचोटि पृथ्वीको धरातलमा खस्यो।मेरो प्रतिरोधको सामू उसको आक्रमण बिफल भयो।अर्को जीतको योजना बनाउन थाल्यो।पहिलो रणनीतिले असफलता दिलाएको थियो।तर उसको अर्को आक्रमण कहिले र कुन ठाउँमा भनेर अनिश्चित थियो।त्यसपछि ऊ निराश भयो।हरेश खाएर गफ मात्र गरिरह्यो।खेल शुरु हुनु अगावै नक आउट भयो।खेल नखेलिकनै प्रतिद्वन्द्वीसँग हार स्वीकार्यो।तैपनि उसले मेरो दिल भने जितिसकेको थियो।पाकिसकेको भात खान कुनै हतार भएन।एउटा सच्चा र इमान्दार जीवनसाथीको नमूना पेश गर्यो उसले।दया जागेर आयो।त्यसपछि फेरि उसले ब्याट उठाएर कृकेट खेल्ने चाहना राखेन।आँट गरेन।

गाउँबाट पहिलोपटक काठमाडौं शहर आएकोले त्यहाँको रहन-सहन,लवाइ,ख्वाइ र भान्साका सर-सामानहरुको बारेमा अनभिज्ञ थिएँ।मनोज बाथरुममा गएको मौका छोपी स्टोभ बालेर चिया पकाउने निर्णय गरें।स्टोभ त सल्काइयो।दाउरा बालेझैं दनदनी बल्न थाल्यो।आँतिएर थोत्रो टाला लिएर हत्तपत्त आगो निभाउन सफल भएँ।तर कोठाभित्र तुवाँलो लागे जस्तो धुवाँले अन्धकार बनायो।मट्टीतेल गन्हाउन थाल्यो।डरले मुटु फुट्लाझैं गरी धड्किन थाल्यो।झ्याल-ढोका खोलेर धुवाँलाई भगाउने चेष्टा गरें।तर तत्कालै सम्भव भएन।
"ओमु,के भयो कोठामा?यो केको धुवाँ हो?कहाँबाट कसरी आयो?"

मनोजले गम्भीर भएर सोध्यो।
"खै,मलाई के थाहा?झ्यालबाट आयो होला नि।"
"खै,मलाई के थाहा?झ्यालबाट आयो होला नि।"
हतोत्साहित हुँदै जवाफ दिएँ।
"झ्यालबाट?कसरी आउँछ र झ्यालबाट?"
"झ्यालबाट?कसरी आउँछ र झ्यालबाट?"
स्टोभतिर नजर लाउँदै फेरि सोध्यो।
ठूलै गल्ती गरेझैं लागेेेर स्तब्ध भएँ।केही भन्नै सकिन।लाल-मुहार लिएर उसको सामून्ने अक्क न बक्क भएर उभें।यथार्थ घटनाको थाहा पाएपछि अर्को प्रश्न तेर्स्याउने आवश्यकता ठानेन।

निकैबेरको मौनता भंग गर्दै सामान्य वार्तालाप गर्न थाल्यौं।मौसमले बिस्तारै काँचुली फेर्यो।कालो बादल स्टोभको धुवाँ देखेर सुइँकुच्च ठोकेर दूरदराजमा पुगिसकेको थियो।चट्याङ र वर्षा पनि मनोजको हर्कत देखेर टाप कसिसकेका थिए।दिनपनि जवानबाट बिस्तारै बूढो हुँदै गोधुलीमय भयो।एक जोडी भंगेरा आई मनोजलेझैं हर्कत देखाउन थाले।तर उनीहरूको योजना उसको जस्तो असफल भएन।आफ्नो योजना क्षणभरमै सफल बनाएर उनीहरु सँगै भुरुरु उडे।हामीबीच अनुहार हेराहेर मात्र भयो।केहीबेर पश्चात् दाइ पनि आइपुग्नुभयो।
खानपिनको कार्यक्रम पश्चात् हामी दुई एकतिर,दाइ अर्कोतिर सुत्यौं।त्यो रात सँगै एउटै पलाङमा सुतेपनि शान्तिपूर्ण तरीकाले बित्यो।कुनै आन्दोलन भएन।कुनै जुलुस निस्केन।
भोलिपल्ट हामी तीन नव-जोडी भएर जावलाखेलको चिडियाखाना हेर्न यात्रामा निस्क्यौं।मनोजको दाइ एक्लो हुनुहुन्थ्यो।तर त्योदिन भाउज्यूलाई पनि बोलाउनु भएछ।चिडियाखानामा पुगेपछि बल्ल अवगत भयो।उहाँहरु पनि त्यतिबेला प्रेममा हुनुहुँदोरहेछ।सायद बिहे गरेको पनि हुन सक्थ्यो।तर समाजमा सार्वजनिक भने भएको थिएन।मनोजको भाइ अर्थात उसको फुपूको छोराले पनि एकहप्ता अघि मात्र मेरी सखीलाई भगाएको थियो।एउटै कक्षामा पढ्ने।एउटै बेञ्चमा बस्ने।हामी सबैभन्दा मिल्ने चारजना सखीहरुमध्येकी एक जना।उनीलाई उडाएरै लगेको थियो।
चिडियाखानाको सफल भ्रमण र अवलोकन पश्चात् हामी भृकुटीमण्डपमा छिर्यौं।भृकुटीमण्डपको अजिङ्गरले हामी तीन जोडीलाई क्वाप्पै निल्यो।अरुले विभिन्न थरीका खेलहरु खेलेर मनोरञ्जन लिए।तर मनोज र मैले भने हेरेर मात्र मनोरञ्जन लियौं।एउटा खेल यस्तो थियो।स-साना गोलाकार रिङहरु किनेर अलि परबाट विभिन्न सामानहरुलाई उन्नुपर्ने थियो।रिङ पूर्णरुपमा छिराउन सके त्यो सामान हाम्रो हुन्थ्यो।अरुको खेल हेरेर मलाई चित्त बुझ्दैनथ्यो।मैले खेल्न पाए पक्कै रिङ छिराउँछु भन्ने लाग्थ्यो। तर न मैले खेल्ने रहर ब्यक्त गर्न सकें, न त अरु कसैले मेरो खेल्ने ईच्छा/रहरको बारेमा सोधे।बुझ्नुपर्ने एउटा मनोज थियोे।उसैले नबुझेपछि मनमा पलाएका रहरका कलिला मुना रहरमै सिमित भएर मरिगए।
No comments:
Post a Comment