तिमीलाई भेट्न तिम्रो प्रीत पर्खिरहेकोछ
दोबाटोमा आँखा रोपी अतीत पर्खिरहेकोछ।
तिमी बिना सबै धुन लाग्न थाल्यो खल्लो
आधुनिक,लोक,पप गीत पर्खिरहेकोछ।
अबिस्मरणीय क्षण बिहानीमा भेटेको
रविको लाली किरण, शीत पर्खिरहेकोछ।
सबको खुशीको लागि आफू हारेर गयौ
बलिदान पछिको त्यो जीत पर्खिरहेकोछ।
जानैपर्छ यमलोकमा हरेक ब्यक्ति प्राणी
जिन्दगीको यथार्थ त्यो रीत पर्खिरहेकोछ।
No comments:
Post a Comment