Thursday, 1 September 2016

अलपत्र

तिमी बिनाको जिन्दगी अलपत्र भईदिन्छ
ईच्छा र चाहना हरु यत्र-तत्र भईदिन्छ।

समिपमा तिमी हुँदा बढी दिन्छ यो जवानी
चालिसको मान्छे पनि सत्य सत्र भईदिन्छ।

तिमी र म बस्ने घर फरक नै भए पनि
मन संग मन मिले एक-छत्र भईदिन्छ।

नमूना माया गरेर समाजमा देखाए
हाम्रो चर्चा ,परिचर्चा नै सर्बत्र भईदिन्छ।

जीवन यो बचाउन जसरी नि आउ तिमी
ढिलाइ गरेमा माङ पागल नत्र भईदिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...