गुलाबी ती ओठ देख्दा मलाई बेश लाग्यो
हेर्दा हेर्दै तिमी लाई झ्याप्पै ठेस लाग्यो।
मृगकोझैं नयन तिम्रो,कस्तुरीको चालमा
थाहै नपाई पर्न गएँ ,म त तिम्रो जालमा
परी मेरो सामू पर्दा ,अर्कै देश लाग्यो
हेर्दा हेर्दै तिमी लाई झ्याप्पै ठेस लाग्यो।
तिमी देखि लजाएर जून लुक्न जान्छ
ईन्द्रेणीको सातै रंग पनि फेल खान्छ
नागबेली लर्किएको जस्तो केश लाग्यो
हेर्दा हेर्दै तिमी लाई झ्याप्पै ठेस लाग्यो।
No comments:
Post a Comment