Friday, 2 September 2016

नानाभाती

जहाँ गए नि देखिन्छ त्यहीँ ताँती हरु
त्यहीँ ताँतीमा देखिन्छ नानाभाती हरु।

रास्ट्रवादी चिन्तनको धज्जी उडाएर
राष्ट्र बेच्न उद्दत छन् राष्ट्रघाती हरु।

जतिसुकै पढाए नि नैतिकताको पाठ
आफ्नै चेली लुटी हिन्छन् खुरापाती हरु।

गरीब र ईमानदारले कहिले मौका पाउने
हाकिमले नियुक्त गर्छन् छोरा-नाति हरु।

बिकृति र बिसंगति मात्र देख्दा देशमा
चिरा-चिरा पर्छन् तपाईं-हाम्रा छाती हरु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...