त्यतिबेला मेरा ईच्छा,चाहना र उदेश्य निकै बलवान् र शक्तिशाली थिए।मसँग प्रायः जसो सानो रेडियो सबभन्दा मिल्ने साथीझैं साथमा भैरहन्थ्यो।गीत-संगीतमा सानैदेखि ठूलो लगाव भएकोले भविष्यमा गएर कुनै पनि हालतमा गायिका हुन्छु भन्ने दृढ संकल्प थियो।कुनै पनि गीतको गीतकार,संगीतकार र गायक-गायिकाका नाम गीत सुन्ने बित्तिकै फटाफट भन्न सक्ने प्रवल क्षमता थियो।घाँस,दाउरा,पानी र मेलापात जाँदा वनजंगल,पाखा र खेतहरु मेरै सुमधुर ध्वनिले गुन्जायमान हुन्थे।मेरो सुरिलो कोकिल-कण्ठको आवाज सुनेर सबै आश्चर्यचकित र मन्त्रमुग्ध हुन्थे।तर कोही भने डाहा र ईर्ष्याले दनदनी जलेर भन्ने गर्थे-
"अहिले देखिनै यस्ती चञ्चली र नक्कली छे।गायिका हैन,एकदिन कुन केटासित टाप कसेर चाँडै बच्चाकी आमा बन्छे।"
कोही-कोही भन्थे-
"यसले एस एल सी पास गरी भने मेरो कान काटेर खोलामा फाल्दिन्छु।"
तर ममा दृढ अठोट र संकल्प थियो-एक दिन कलाकार बनेरै देखाइदिन्छु भन्ने।शारीरिक रुपमा पनि कुरुप थिईन।सुन्दरी पनि नाइँ।तर गाउँघरमा सबैले राम्रीकै लिस्टमा पर्थेंं।।त्यसैले युवाहरुको लोभी नजर ममाथि पर्नु अस्वभाविक थिएन।त्यस बखत गाउँघरमा मात्र नभएर सिंगो मुलुकमै उच्चस्तरीय प्रविधिको विकास भएको थिएन।शहरमा तारजडित टेलिफोनको चलन थियो भने धनाढ्यहरुले फाट्टफुट्ट रुपमा मोबाइल चलाउँथे।गाउँघरमा मोबाइल भन्ने कुरा त हजारौं माइल दुरीको विषय थियोे।प्रेमी-प्रेमिकाहरु त्यतिखेर प्रेम-पत्रकै माध्यम र सहायताले आफ्ना भावना साट्थे।प्रेम प्रस्ताव राख्थे।उजागर गर्थे।नवबर्ष वा अन्य कुनै पनि चाडबाडको उपलक्ष्यमा बलिवुड तथा कलिवुडका नामी कलाकारहरुको पोस्ट-कार्डमा आफ्नो भावना लेखेर शुभकामना आदानप्रदान गरिन्थ्यो।कसै कसैको प्रेमको टुुुसा त्यहींबाट पलाउँथ्यो।मलाई पनि पोस्ट-कार्डहरुको ताँती नआएका हैनन्।तर मैले नारी बाहेक पुरुषहरूको कार्ड ठाडै अस्वीकार गर्थें।ग्रहन गर्ने थिइन।कसैले प्रत्यक्षरुपमा भेटेर प्रेम प्रस्ताव राख्ने आँट पनि गरेनन्।मेरो एउटै उदेश्य भनेको राम्ररी अध्ययन गरेर उज्ज्वल भविष्यको निर्माण गरी अपेक्षित उपलब्धी हासिल गर्नुनै थियो।स्त्री,पुरुष जो भएपनि आफ्नो भविष्यको जीवनसाथीको परिकल्पना गर्नु,कोही कसैलाई मन पराउनु नितान्त स्वाभाविक र प्राकृतिक विषय हो।ठीक त्यसरीनै गाउँकै एकजना युवकको खास नजर ममाथि परेको रहेछ।उसले मलाई मन पराउँथ्यो।मेरो नजरमा पनि ऊ खासै खराब केटाको दर्जामा थिएन।उसले मलाई बिहेको लागि निकै जोड दिएको थियो तर मेरो बिहे गर्ने भन्दा पनि पढ्ने उमेर भएकोले आफ्नो अडानमा अडिग भएपछि उसले आफ्नो मार्ग मोड्यो।

अर्को अविस्मरणीय नाम हो-मनोज।जो पढाइमा तेज,लगनशील र जेहेन्दार थियो।गाउँभरी उसैको पढाइ,प्रतिभा र ईमान्दारीताको चर्चा चल्थ्यो।गाउँमा माध्यमिक तहसम्म पढाइ नभएकोले ऊ मेरै घरको बाटो हुँदै श्यामाको एक बिद्यालयमा अध्ययन गर्न जान्थ्यो।कहिलेकाही मेरी आमाको आग्रहमा चिया-खाजा खाएर जान्थ्यो।दुब्लो,पातलो र पढाइले खाएर खिइसकेको भएपनि उसको बानी-व्यवहार र ब्यक्तित्वको आधारमा उसलाई एक असल केटाको दर्जामा राखेकी थिएँ।
एकदिन उसैको गाउँमा बिहे परेकोले निमन्त्रणा स्वीकारेर हाम्रो परिवार पनि बिहे भोजमा सरिक भयो।विभिन्न गीत-संगीतको तालमा बेहुलीको आँगनमा भव्य रुपमा नाचगान चलिरहेको अवस्था।म भने ध्वजासंगै अढेस लाएर ठिङ्ग उभिएँ।एउटी असल दर्शक भएर ।त्यतिनैबेला मनोजको पनि आगमन भयो।कहिले नाचगानतिर त कहिले मेरो मुहारतिर नजरको तीर चलायो।कुनै साथीसंग नभई ऊ एक्लै थियो।लुखुर-लुखुर आएर मेरै छेउमा उभ्यो।सबैसंग मिठै बोल्ने मेरो बानी भएकोले वार्तालापको शुरूवात मैबाट भयो।
"मनोज दाइ,ननाचेर किन एकोहोरो टोलाइरहनु भएको?"
"तिमी आफैं नाच न, तिमी चाहिँ के खानलाई उभिरहेकी?"
"म त नाच्दा-नाच्दा थकित भएर आराम गरेकी। तर तपाईं त रमाइलो गर्नु भन्दा पनि पढाइतिरै ध्यान दिनुहुन्छ क्यारे।मनोज दाइ अहिले सम्म तपाईं जात्रामा नाचेको मैले कहिल्यै देखेकी छैन।आज त नाचेर देखाउनुस् न।"
"नाचेर के गर्नु छ र?कलाकार हुनु छैन मलाई।बरु तिमी आफैं नाच।"
उसको कुराले कमलो मनको धरातलमा गम्भीर चोट पुर्यायो।कारण-मेरो उदेश्य कलाकार बन्नु थियो।उसको वचन-वाण आएर सिधै मेरो मुटुको भल्भमा आएर रोपियो।मुहार लाल भयो होला सायद।लज्जित मुहार लिएर चुपचाप बसें।एकदमै कम र चाहिने जति मात्र बोल्ने उसको आदतै भएकोले हामी मौनताको चस्मा लाएर नाचगानको भीडतिर हेर्न थाल्यौं।नजर नाचगानतिर भएपनि ध्यान ऊतिरै थियो।मैले परिकल्पना गर्ने गरिएको आफ्नो सपनाको राजकुमार तुलना गर्न थालें।झनझनै काटाकुटी मेल खान्थ्यो।मेरो सपनाको राजकुमार अग्लो,फराकिलो छाती,गोरो वर्णको,मलाई जुरुक्क बोकेर पर-परसम्म लैजान सक्ने बलवान् अर्थात हिन्दी फिल्मको सलमान वा नेपाली फिल्मको बिराज जस्तो पक्कै पनि थिएन।बरु सामान्य,पढेलेखेको,समझदार र इमान्दार भने जरुर थियो,जुन मनोजमा यथेष्ट थियो।

कल्पनाको सागरमा मनोजसंगै पिरतीको डुंगामा सयर गर्न लागेंं।मायाका तरंगहरु मुटुको कुनाकानीसम्म सल्बलाए।ऊ भने बिजुलीको गतिमा गायब भैसकेको थियो।बाफ्रे!कस्तो अजीवको मान्छे।जान्छु सम्म भनेनन्।चुपचाप आफ्नो गन्तब्य तिर लम्किसकेको थियो।तर पनि मेरो गुनासो गर्ने कुनै अधिकार थिएन।किनकि ऊ केवल चिनजानको गाउँले मात्र थियो।त्यो रात सामान्य नाचगान गरेर बेहुलीको घरमा बित्यो।भोलिपल्टको निम्तो बेहुलाको घरमा थियो।
सूर्यलाई अन्धकारले निलिसकेर गोधुलीको समाप्ती समेत भैसकेकोले टर्च बालेर बेहुलाको घरमा पाइला टेकियो।खानपिन कार्यक्रमको समापनपछि नाचगान शुरु भैसकेको रहेछ।शेर्पाहरुको संस्कृतिमा केटाकेटी,बुढाबूढी सबै संगै मिलेर नाच्ने प्रचलन भएकोले सबै छ्यासमिस नाच्न थाले।प्रायः अन्जान कोही पनि नभएकोले धेरै जसोले मलाई पनि नाच्न आग्रह गरे।त्यो रात मैले कहिल्यै नदेखेको दृश्य देखें-मनोज नाचेको।ऊ भन्दा पनि उसको नाचलाई मज्जाले नियालेर हेरें।सायद उसले आफूलाई हेरेको होला भनेर प्याच्च भन्यो-
"नाच्न छोडेर के हेरेकी?आऊ नाच।"
"हैन मनोज दाइ,भर्खर घरबाट आएर थाकेकी छुऊ।भरे तिर बिस्तारै नाचुँला नि केको हतार छ र?"
"नाच न नाच ओमु।किन ठूलो पल्टेकी?"

मनोजसंगै नाचिरहेको एकजनाले भन्यो।
"हैन-हैन म नाचिहाल्छु नि।तर अहिले हैन।अलिकति काम छ ,सकिएपछि।"
"ल ल भैगो तिम्रो काम सकेर आऊ।"-

उसले छुट दियो।मेरो सानो काम भनेको खाने काम थियो।कसैले खानको लागि बोलाउँला भनेर प्रतिक्षित थिएँ।
"जाऊ न जाऊ काम भएको मान्छे।"
"जाऊ न जाऊ काम भएको मान्छे।"
मनोजले फेरि भन्यो।
म सरासर भित्र गएँ। भित्र पुग्दा आमा-बाबाहरु खानपिन तिर लागिसक्नु भएको थियो।
"कहाँ गएकी तिमी?खाना खानु पर्दैन?"
"कहाँ गएकी तिमी?खाना खानु पर्दैन?"
आमाले कराउनुभयो।म मौन भई उहाँको समिपमा बसें।खाना आयो,शुरु गरें।खाइसक्नसाथ नाचगानकै कार्यक्रमतिर प्रस्थान गरें।मनोज लगायत अन्य युवा-युवती र बुढाबूढीहरु गोलाकारमा आ-आफ्ना कला प्रस्तुत गरिरहेका थिए।मलाई देखेर समिपमा आएर मनोजले मेरो हात च्याप्प पक्डेर तान्दै भन्यो।
"अघिदेखि कता लुकेकी थियौ?यहाँ चारैतिर तिम्रै खोजी हुँदै थियो।"
"किन मनोज दाइ मेरो खोजी? मैले केही बिराएँ कि कतै?"
"हैन,हैन,तिम्रो अभाव खड्किएको थियो।"
उसले मलाई लाइन मारेको आभास गरायो।त्यतिन्जेल सम्ममा म नाचगानको घेरामा पुगिसकेकी थिएँ।बिदेशबाट ल्याइएका साउन्ड सिस्टमका ठूला-साना स्पीकरहरु फुट्ला झैं गरी जोड-जोडले बजिरहेका थिए।गीत -संगीतको तालमा सबै जना झुम्मिएर उफ्र्यौं,गायौं।भरपूर मनोरञ्जन लियौं।

एक टुक्रासम्म पनि बादल नहुँदा आकाश छ्याङ्ग खुलेको थियो।मेरो मनको आकाश जस्तै।टहटह जुनेली रातले हामीलाई मुस्कानका किरणहरु फ्याँक्दै,मोहित पार्दै साथ दिंदै थियो।खिसिक्क हाँसेर हामीलाई प्रेमको जाल फ्याँके झैं लाग्थ्यो।कोही-कोही भने नाचगानको दृश्यलाई रिलवाला क्यामेरामा कैद गर्न उद्दत देखिन्थे।धेरै बेर नाचिसकेपछि मैले मनोजलाई अनुरोध गरें-
"मनोज दाइ,धेरै नाचेर खुट्टा दुखिसक्यो।पर्खालमाथि गएर आराम गरौं न एकछिन।"
"ल ल बसौं न त त्यसो भए।"
म,मेरी सखी र ऊ पर्खालमा बसेर नाचगानको दृश्यपान गर्यौं।ठिक त्यतिनैबेला मेरो मनको कमलो सतहबााट खै किन एउटा प्रश्नको ज्वालामुखी फुट्यो।
"मनोज दाइ,धेरै जसो केटाहरुले चुरोट पिउँछन् तर तपाईं जाँड-रक्सी,खैनी र चुरोट केही पनि खानुहुन्न, किन?"
"अरुले जे गर्छन् त्यही गर्नुपर्छ भन्ने छ र?धूम्रपान तथा मध्यपान स्वास्थको लागि हानिकारक छ भन्ने कुरा थाहा छैन र?"
"हैन मनोज दाइ मेरो अर्थ त्यो थिएन।"
मैले त्यति मात्र के भनेकी थिएँ,मनोजले मलाई सम्झाउने बहानामा उसको हातले मेरो हातमा सुस्तरी स्पर्श गर्यो।जीउमा एक प्रकारको तरंग प्रसारण भयो,जसरी जमेको तलाउमा ढुंगा फ्याँक्दा हुन्छ।मैले आफूलाई करेन्ट लागेझैं गरी झट्ट हात फुत्काएँ।
"के भयो र ओमु,किन तर्सेकी?"

उसले बुझ पचाउँदै सोध्यो।
"हैन-हैन ,केही हैन"-भनेर टारीदिएँ।
"हैन-हैन ,केही हैन"-भनेर टारीदिएँ।
ट्वाइलेट जाने बहानामा हामी मनोजलाई छोडेर अन्यत्रै अल्झियौं।उसै त उसको अति कम साथी थिए।त्यहीमाथि हामीले पनि एक्लै छोडेर गएकोमा पश्चातापको भूमरीमा मडारिएर उथुलपुथल हुँदै थिएँ।बेला-बेलामा उनैतिर नजर लाउथें।ऊ नितान्त एक्लिएर टोलाइरहेको थियो।भित्रभित्रै मनको भकारीमा उसको लागि एकमुरी माया जमिसकेको थियोे।उसलाई त्यतिखेर मेरै कमी र आवश्यकता भएको महसुस गरें।तर फर्केर फेरी उसको सामू जान मेरो नैतिकताले पनि दिदैन्थ्यो।समाजले पनि अनेकार्थ लाउन सक्थे।उसले पनि बेला-बेलामा यता र उता नजर दौडाउँथ्यो।सायद उसका नयनले पनि मलाईनै खोजिरहेका थिए।म नजिक हुँदा पूर्ण-चन्द्रमाझैं देखिने उसको मुहारमा मेरो अनुपस्थितिले एकाएक ग्रहण लागे जस्तो देखिन्थ्यो।म र सखी यता-उता घुमेर समय व्यतीत गरिरहेका थियौं।अचानक मनोज समिप आएर मेरो हातमा तान्दै भन्यो:-
"ओमु, उ ...पर गएर बसौं न एकान्तमा एकछिन।एउटा कुरा भन्नुछ के।"
"के कुरा हो मनोज दाइ,यही भन्नु न, ,एकान्तमा जाने मेरो बानी छैन।"
"जाऔं न एउटा गोप्य कुरा छ।यहाँ भन्न मिल्दैन।"
यति भनेर ऊ झन-झन ठेल्दै-पेल्दै मलाई एकान्तमा लैजान खोज्दै थियो।
"मनोज दाइ,तपाईंको बुबा रक्सीले मातेर अरु कोही मान्छेसँग झगडा गर्दै हुनुहुन्छ रे भित्र।गएर छुट्टाउनुस्।"
यति भन्नासाथ मनोज खुरुरुरु दौडेर भित्र गयो।हामी भने गएर पहिलेकै पर्खालमा बस्यौं।केही बेरपछि ऊ फर्केर हामी कहाँ आएर भन्यो-

"मेरो बुबा अरुसंग झगडा गर्नुभयो भनेकी हैन?हैन रहेछ त!किन झूट बोलेकी?"
शुरुमा त मुसु-मुसु मात्र हाँसेर टारीदिएँ।मैले झूट बोलेको कुरा उसले थाहा पाइसकेको थियो।तर कारण भने थाहा भयो कि भएन,यकिन भएन।त्यसैले म आफैंले कुरा प्रष्ट पारें।
"मैले त्यति नभनेको भए तपाईंले मलाई छोड्नुहुन्नथ्यो नि त।एकान्तमा गएर बेईज्जत हुनु छ र मलाई?"

आफ्नो नियोजित योजना फेल भएकोले लज्जित भई ङिच्च दाँत निकालेर टोलाइरह्यो।उसको नियत के थियो-मलाई थाहा भएन।तर मैले आफ्नो बचावट मज्जाले गरें।त्यसपछि अरु सखीहरुको आग्रहमा हामी पुन: नाच्यौं,गायौं र रमायौं।तर मनोज भने खेल हारेको खेलाडी झैं मुकदर्शक भएर बसिरह्यो।मैले कतिपल्ट नाच्न आग्रह गरेपनि ऊ राजी भएन।सायद उसले आफू तिरस्कृत भएको अनुभूत गरेको हुनुपर्छ।मसँग रिसाएर होला -किताबको किरो मनोज गायब भैसकेको थियो।ऊ ओझेलमा परेसंगै आकाशको झिलमिल जून अस्ताएको आभास भयो। यसरी एकतर्फी मायाको यात्रामा पाइला बढाइसकेको थिएँ मैले।मनोजले पनि मलाई मनपराउँथ्यो सायद।तर उसले माया गर्थ्यो कि गर्दैनथ्यो,त्यो भने अझै भविष्यकै गर्भमा थियो।
त्यसपछिको हाम्रो भेट एकैचोटि तिहारको मेलामा भयो।राम्रै बोलचाल भयो।सँगसँगै गाउने र नाच्ने क्रममा उसले मेरो सल समाएर नाकतिर लैजाँदै भन्यो:-
"वाह! क्या मीठो बास्ना तिम्रो सलमा!"
म नसुनेझैं गरी चुपचाप नाचिरहें।वास्तवमा हामी चुपचाप एक-अर्कालाई मन पराउन थालेका थियौं।माया गर्न थालेका थियौं।तर मौन प्रेमलाई प्रस्तावले भंग गर्ने हिम्मत र आँट न त उसले गर्यो,न मैले।प्रेमको प्रकट धेरै भाव र माध्यमबाट भइरह्यो।तर मौखिक र लिखित रुपमा भने हुन सकेन।वास्तवमा लेखेर वा बोलेर मात्र प्रेम सफल हुन्न वा नहुने रहेछ भन्ने उदाहरण मैले अरुको देखेर थाहा पाएकी थिएँ।म त झन एउटी नारी भएको कारणले शुरुमा प्रस्ताव राख्नु शोभनीय थिएन।एउटी नारीले शुरुमा प्रेम प्रस्ताव राखेको खण्डमा अन्यथा सोचिन्छ।सायद प्रेम र यौन प्रकट गर्ने विषयमा जमानादेखि अथवा भनौं सदियौंदेेेेखि नारीहरु पछाडि पर्दै आएको हुनसक्छ।

अन्धकारलाई छिचोल्दै बिहानीको लालीकिरणले धर्तीमा हैकम जमाउन लागिसकेको थियो।खै किन हो निराश मुद्रमा मनोजले भन्यो:-
"ओमु! जात्रा त सकिन लाग्यो त।पूरा रात पनि दुई सेकेन्ड जस्तो।कति छिटो उज्यालो भएको!"
रात कहिल्यै बिहानीमा परिणत नहोस् भन्ने आशय व्यक्त गर्न खोज्दै थियो ऊ।
"के गर्नु त?रातलाई बाँधेर राख्न सकिन्न क्यारे।"
मेरो प्रत्युत्तर अलिकति ठट्यौली पाराको थियो।
"ए साँच्चै,रामभोले मेलामा आउँछ्यौ होला नि हैन?अझै डेढ महिना छ।बीचमा कुनै मेला छैन।"
"तिमी पनि आऊ" भन्न नसकेर घुमाउरो भावमा बोल्दै थियो ऊ।
"मेरो त कुनै चान्स छैन आउने। एक त टाढा,अर्को-घरबाट जानै दिंदैनन्।"
बिस्तारै मेला पातलिंदै थियो। सबै आ-आफ्ना घरतिर सोझिंदै थिए।
हेर्दाहेर्दै मेला सकिसकेको थियो।हामी एक-अर्काबाट टाढिसकेका थियौं।

घर पुगेपछि मनोजको यादमा छट्पटिन थालें।हाम्रो घर टाढा तर वारी-पारी भएकोले घरीघरी उसैको घरतिर नजर लाउन थालें-कतै देखिन्छ कि भनेर।
ऊ एस एल सी सकेर जिरी कलेजमा पढ्दै गरेकाले वारीबाट देख्न सकिने सम्भावना एकदमै न्यून थियो।किनकि उसको बसाइँ जिरीमै थियो।पहिले मेरै घरको बाटो हुँदै बिद्यालय जाने भएकोले मेरा नयनहरु अझै पनि त्यही बाटोमा उसलाई देखिने आशमा दौडिन्थे।तर अब उसको बाटो बिल्कुल अलग भैसकेकोले उसलाई देख्नु मृगतृष्णा शिवाय केही थिएन।त्यो डेढ महिना केवल अनौंठो कल्पना,सम्झना र मनोजसँग बिताएका क्षणहरुको यादमै बित्यो।मंसीर मासमा रामभोले मेला परेको थियो।मैले आमासँग अनुमति लिने कोसिस गरें।
"आमा!म पनि रामभोले मेलामा जान्छु नि।एकजना केटी साथीले मितिनी लाउँ भनेर कर गरेकी छे।"
"किन जान्छेस्?जानु पर्दैन।केटी हैन केटाले बोलाको तिमीलाई।"
"हैन के ,को केटा छ र ?"
"बुडा खोज्न जाने हो तिमी।"
यति भनेपछि मेलामा जाने सबै बाटो बन्द भयो।टाढा भएकोले जतिनै बिन्ती गरेपनि मलाई घरबाट जाने स्वीकृति कुनै पनि हालतमा मिलेन।

मेलामा जाने मेरो चाहनामा आमाले कुठाराघात गरेर साथ नदिएपछि भोलिपल्ट उसलाई भेटिने आशामा जिरीको शनिबारे हाटमा गएँ।बजार पुगेर यता-उता चहार्दै हिंडे तर नभेटेर निराश भएँ।दिउँसोको करीब २ बजेतिर अनायासै जिरीको पुलमा जम्काभेट भयो।जात्राबाट फर्केको उसलाई भेटेर मेरो मन प्रफुल्ल भयो।सायद मेरो अनुहारमा भएको खग्रास ग्रहण हटेर सूर्यको किरणले स्पर्श गरेको हुनुपर्छ।हराएको कुनै अमूल्य चीज महिनौं पछि पुनः भेटिएझैं लाग्यो।चारैतिर कालो बादलले छोपिएको जिरीको आकाश अचानक झलमल्ल उज्यालो भएको आभास भयो।ममा एकखालको अनौंठो उर्जा उत्पन्न भयो।
उसले सोधिहाल्यो-
"किन नआएकी रामभोले जात्रामा?तिमी आउछ्यौ कि भन्ने कत्रो आश थियो।खरानी बनायौ मेरो आशलाई।"
खुरुरुरु दौडेर उसको अँगालोमा झ्याम्मै कस्सिने तीव्र ईच्छा-चाहनाको मुना पलायो।तर बजारको बीच सडकमा त्यो मुना कलिलैमा मरेर गयो।
"घरबाट पठाए त हो नि।"
छोटो जवाफ फर्काएँ।
"भागेर आउनुपर्दैन?"
मुसुमुसु हाँस्दै जिस्केर सोध्यो।
"मेरो भाग्ने चलन छैन नि त।"
"भगाउने कोही आए?"
मनोज जस्तो सोझो मान्छे निकै बाङ्गो भएको पाएँ।
"हिम्मत पनि हुनुपर्यो नि भगाउनेको।"
"भो सकिन्न तिमीसँग।अहिलेलाई म कोठा जान्छु,धेरै काम छ।जाँच आइसक्यो।"
यति भनेर उसले खुरुखुरु आफ्नो बाटो ततायो।मेरो तातिएको उमंग तत्कालै सेलायो।जसको लागि म बजार गएकी थिएँ,उसैले छोडेर गएपछि त्यहाँ बसिरहनुको कुनै औचित्य थिएन। तैपनि धेरै परसम्म निकैबेर उसलाई पछाडिबाट नियालीरहें-बाटो मोडेर यतै फर्किने झिनो आशमा।आशाको त्यान्द्रो टुटिसकेको थियो।बेला-बेलामा टाउको मात्र मतिर फर्काएर हेर्दै-हेर्दै निकै टाढा पुगिसकेको थियो।मुखले भन्न नसकेपनि माया त रहेछ भन्ने लाग्यो।

"प्यारा!तिमी मलाई छोडेर किन कहाँ जान लागेको?के तिमीलाई मेरो अलिकति पनि माया लाग्दैन?तिमी प्रतिको मेरो माया उम्लेर पोखिने स्थितिमा छ।तिमी भने आफ्नो पढाइलाई ठूलो ठानेर म देखि टाढा जादैछौ?
मेरो हात च्याप्प समाएर-मेरी प्यारी!म फेरि भेट्न आउछु ,अहिलेलाई म जान्छु ल?भनेर गएको भए त भैहाल्थ्यो नि।तिमी कति निस्ठुरी रहेछौ,मलाई बुझ्न सकिनौ मनोज तिमीले।"
यस्तै-यस्तै धेरै कुराहरु भन्नु थियो उसलाई।तर उसको सामू अत्यन्तै निरीह थिएँ।वास्तबमा मन परेको मान्छेलाई आफ्नो मनको कुरा भन्न जति गाह्रो काम अरु केही लागेन मलाई।मन नपरेको मान्छेलाई जेपनि भनेर उडाउन सक्ने साहसी नारी पनि मनले खाएको मान्छेको समिपमा पर्दा जुगाको मुखमा नुन परेझैं लत्रक्कै हुने रहेछ।उसको सामू म एउटी पोथी थिए जुन शुरुमा बासेको म आफैंलाई सही लागेको थिएन।समाजले नारीलाई दिएको उपनाम पनि त्यही पोथीनै हो।समाज मात्र के भन्नु, सदियौं देखि,देवी-देवताको पालादेखि नारीलाई निरीह पात्रको रुपमा उभ्याएको देखिन्छ।नत्र भने पार्वतीले कालीको रुप धारण गर्नुपर्ने आवश्यकता नै थिएन।युद्धमा मात्र नभएर प्रेममा पनि किन नारीलाई कमजोर बनाइएको होला भन्ने सोचले उग्र रुप लियो।एकैछिनमा मत्थर पनि भयो।ऊबाट बढेको दुरी र फेरि भेट हुने अनिश्चिततासंगै मेरो जिन्दगीको एउटा अध्याय त्यही समाप्त भएझैं लाग्यो।मनमा उसंग भेट्ने चाहनाहरुको खात बने पनि ती चाहनाहरु सजिलैसँग पूरा हुने वाला थिएन।ताली बज्न दुई हातहरुको मेल हुन आवश्यक थियो।मेरो एउटा हात उसित थियो।उसित भएको मेरो अर्को हात नचलेसम्म मेरो ताली बजाउने रहर केवल रहरमै सिमित थियो।व

केही समय पश्चात् मनोज मालीको एउटा बिद्यालयमा अध्यापन गर्न थाल्यो।घरको आँगनबाट मेरा एकजोर नयनहरु दुईजोर हुने आशमा घरी उसको बिद्यालय र घरी उसको घरसम्म पुग्थे।फेरि निराश भएर यतै फर्किन्थे।त्यसपछि म थकित शरीर,ओइलिएको मुहार,सुकेको ओठ-तालु र रुझिएका नयन लिएर घरभित्र गएर आफ्नो आशालाई अल्पबिराम लगाउथें।मेरा यस्ता हर्कत र प्रयासहरु कति बिफल भए कति।एकोहोरो मायाको दलदलमा फसिसकेकी थिएँ।अब त्यो दलदलबाट निस्कन वा उम्कन कठिन भन्दा कठिन भैसकेको थियो।मप्रति उसको माया भएपनि त्यो माया दीर्घकालीन थियो कि थिएन?या कति थियो?यकिन गर्न सकिन।तर म भने उसैको यादको साहारामा बाँच्न थालेकी थिएँ।
त्यतिबेला सम्ममा मेरो पढाइको स्तर बढेर ९ कक्षामा पुगेको थियोे।एकदिन मेरो चाहना,उदेश्य,लक्ष्य र सपनामा एकैपटकमा यसरी डढेलो सल्क्यो।निभाउनलाई हजारौं दमकल पनि काफी थिएन।मेरो हात माग्न अन्तैबाट केटा आइसकेको थियोे,जसमा बाबा-आमा दुबैको पूर्णरूपमा सहमति थियो।केटी माग्न आउँदा रक्सीको सगून लिएर आउने र सगून स्वीकार गरेर खाइसकेपछी केटी दिएको पक्का हुने परम्परा अनुरुप बाबा-आमाले रक्सी खानै लागेका थिए।त्यतिनै बेला मैले दुईहात जोडेर बिन्ती गर्दै भने-:
"कृपया मेरो अहिले बिहे गर्ने उमेर र समय भएकै छैन।यो मेरो पढ्ने बेला हो।मलाई पढ्न दिनुस्। मेरो भविष्यलाई अँध्यारोमा नधकेल्नुहोस्।"
"छोरी!तिमीलाई किन पढ्नुपर्यो अब?राम्रो केटा आएको छ।बिदेशमा बसेर आएको।घरबार पनि राम्रो छ।तिमीलाई कुनै दु:ख-कष्ट हुने छैन।"
बाबाले भन्नुभयो।
"हो नानी,मेरो छोरा भर्खरै बिदेशबाट आएको हो।धन-सम्पतिको कुनै कमी छैन।हुने छैन।त्यसैले यसको बारेमा चिन्ता गर्नुपर्दैन।हामी तिमीलाई दुईतोला सुन पनि किनिदिन्छौं।कहाँ राख्ने हो,पसल थापिदिन्छौं।"
केटाकी आमाले भनी।
"यदि तिमी पढ्ने भए पनि म पढाउँछु।तिमी रुपकी छोरी-म हकको छोरा।"
केटाले सन्केर आडम्बरी भाषामा बोल्यो।
"मलाई अहिले कसैको धन-सम्पति र सुन-चाँदीको खाँचो छैन।म अहिले भर्खर सोह्र बर्षकी भएकी छु। मेरो उमेर बिहेको हैन,पढाई र लेखाईको हो।बिहे गरेपछि सबै खत्तम हुन्छ,मेरो लक्ष्यको डोरी बीचैमा चुँडिन्छ।म कुनै पनि हालतमा बिहे गर्न सक्दिन।तपाईंहरु अन्तै लाग्नुस्।"
मैले आफ्नो अडान दृढतापूर्वक दोहोर्याएँ।
"के हजुरहरुलाई एउटी भएकी छोरी पनि बढी भयो र?कि पाल्न सक्नुहुन्न?यदि सक्नुहुन्न भने भन्नुस्।म घर छोड्न तयार छु।तर मेरो हात अरुलाई सुम्पने कुरा नगर्नुस्।म पहिले आफ्नो खुट्टामा आफैं उभिन चाहन्छु।"
"हैन छोरी,हामीले तिम्रै भलाइको लागि सोचेका हौं।कुन बाबा-आमा होला जो आफ्नो छोराछोरीको कुभलो चाहन्छन्?तिमीले नाइँनास्ती गर्न पाउँदिनौ।हामीले दिएको घरमा जानैपर्छ।"
बाबा-आमाले यति भन्नासाथ केटाको बाबा-आमाले रक्सी गिलासमा खन्याएर मेरा बाबा-आमातिर बढाए।उहाँहरुले पनि सहर्ष स्वीकारी सगूनको रक्सी पिउन थाल्नुभयो।त्यसको मतलब मेरो राजीखुशी बिनै म पराइलाई दिइएको थिएँ।आखिर मेरो अनुनय-विनयलाई कसैले पनि टेर-पूच्छर लाएनन्।सबैजनाले कानमा बुजो लाएर केवल आ-आफ्ना स्वार्थका लागि कदम चालिरहे।मेरो पक्षमा बोलिदिने कोही भएनन्।सबले केटापक्षलाई साथ दिए।जन्म दिने बाबा-आमाले त मेरा इच्छा र चाहनाको कदर गर्नुभएन भने अरुले त टाढाको विषय थियो।म रोएँ,कराएँ, थर्काएँ तर कसैको कानसम्म मेरो आवाज पुगेन।अथवा भनौं कुनै कान राजी भएनन् मेरो आवाज सुन्न।कुनै अनकन्टार जंगल या मरुभूमिमाझैं मेरो आर्तनाद गुन्जायमान हुँदै थियो।घरका चारै भित्ताहरुले समेत सुने होलान् सायद मेरो आर्तनाद।तर के गरोस् र बिचरा निर्जीव पत्थरले,जब कि सर्बश्रेष्ठ प्राणी भनेर कहलिएका सजीवहरुले त सुनेर नसुनेझैं गरेपछि।दर्द महसुस गर्ने कुनै मुटु भएन।हालत देख्ने कुनै आँखा भएनन्।मलाई बुझ्ने कुनै मनुष्य भएन।नयनहरु मेरै तमासा हेरेर टुलुटुलु तरिरहेका थिए।आँखा आँसुले ताल बनिसकेका थिए।मुटु दुखेर फुट्न लागिसकेको थियो।मेरो जिन्दगीको चारैतिर अन्धकारले छायो।मैले आफ्नो ईच्छा ,चाहना र उदेश्यहरुलाई मनभित्र चाङ लाएर सजाएकी थिएँ।तर एकाएक त्यो चाङ गर्ल्याम-गुर्लुम लडेर भताभुङ्ग,छताछुल्ल र डामाडोल भयो।मैले कसैलाई मन पराएकी थिएँ।माया गर्न थालेकी थिएँ।मेरो मायाको निर्मम हत्या हुँदै थियो।मनोजको मायाको न्यानो किरणको स्पर्षले भर्खर अंकुराउन थालेको थियो प्रेम-पल्लावी।एकै प्रहारमा निमोठिन खोजे।तर म निरीह भएर टुलुटुलु हेरिरहन विवश थिएँ।मेरो सपनाको बलात्कार हुँदै गर्दा बचाइदिने कोही भएन।बस म पीडा सहेर जिउँदो लास भएर बाँच्न बाध्य थिएँ।मलाई जन्मघरबाट छिट्टै बिदाइ गरिने भयंकर योजना बुनिइसकेको थियो।एउटी अबला नारीलाई अँध्यारो भड्खारोमा गाड्ने बैठक सर्व-सहमतिमा पारिद हुँदै थियो-जसमा मैले "नोट अफ डिसेन्ट" लेखें।

उराठलाग्दो मध्यरातमा लगातार कुकुर,स्यालहरुको दोहोरो भुकाइले मेरो पीडा-वेदनाको आगोमा घिउ थपेर झन ब्यथा बल्झाइरहेको भान हुन्थ्यो।सयौं कोल्टे फेरिसक्दा पनि निद्रा पटक्कै लागेन।दुई आँखाका पहराबाट आशुका छाँगा-छहरा अविरल छङछङ खसिरहे।आँखाहरु सुन्निएर मोटा-मोटा भैसकेका थिए।गला सुकेर सास फेर्न पनि मुस्किल हुँदै थियो।शरीर पूर्णरूपमा गलेर थला परिसकेको थियो।लामो रात अनिंदोमै छर्लङ्ग बित्यो।त्यो रात मेरो जिन्दगीको सबै भन्दा लामो रात थियो।कालो रात थियो।लाल आँखा लिएर खाना पनि नखाई बिद्यालय पुगें।
मेरो हालत देखेर एउटै बेन्चमा सबैभन्दा समिपमा बसिरहेकी सखी डोमाले सोधी-
"के भयो ओमु तिमीलाई,सञ्चो छैन?"
"हैन डोमा मलाई केही भएको छैन।"
"झूट नबोल त,९ बर्ष संगत गरेर पनि मलाई थाहा हुन्न र तिम्रो आनीबानी?केही त भएकै हो"
मेरो कुरामा अविश्वासको प्रस्ताव पेश गर्दै पुन:प्रश्न सोधी डोमाले।
मैले आफूमाथि भएको सबै घटनाको बेलीबिस्तार लगाएँ।उनले अरु साथीहरूलाई सुनाइन्। सबै दुखित भए मेरो दु:खमा।सबैले मेरो र त्यो केटाको अविभावक प्रति रुष्ट हुँदै सके जतिको आक्रोश पोखे।तर त्यो भन्दा बढी गर्न सक्ने त केही पनि थिएन उनीहरूले।
सबै साथी-संगीहरु हाँस्थे,खेल्थे र मनोरञ्जन लिन्थे।तर मेरा हाँसो,खुशी र सुखका गलाहरु रेटिएका थिए।गला रेट्ने कसाहीहरु पराई मात्र नभई आफन्त पनि थिए।आँखाबाट आँशु रित्तिइसकेको थियो।तर भित्री मन तड्पी तड्पी रोइरहेको थियो।चिच्याइरहेको थियो।हाँसो भागेर धेरै टाढा पुगिसकेको थियो।सायद क्षितिज भन्दा धेरै टाढा.....

No comments:
Post a Comment