सुईंया सुस्केरा हाल्यो।पुनः सोही घटनासंग सम्बन्धित बाँकी कुराहरू बोल्न थाल्यो।
"ती मृत देहहरुलाई मलामीको आवश्यकता थियो।संगै,एउटै उदेश्य र अभियान लिएर संघर्षशील पथमा क्रान्तिको आगो ओकेल्दै युद्धमा होमिएका क्रान्तिकारीहरु अन्तिम दाहसंस्कारमा उपस्थित भएनन्।शिक्षक-शिक्षिका र बिद्यार्थीहरुले मानवीय धर्म ननिभाएको भए ती देहहरुको हालत के हुन्थ्यो?।

आज दिउँसो हामी टिफिनको समयमा चिया-नास्ता खान होटलमा पसेका थियौं।मौसममा अप्रत्याशित ढंगले परिवर्तन आयो।पाँच मिनेट अघि घमाइलो मौसम थियो।टाढा-टाढासम्म पनि कालो बादलको नमूनासम्म थिएन।अचानक गर्जाङको आकाशमा कालो बादल अथाह पानी बोकेर यताउता मडारिन थाल्यो।गड्याङ-गुडुङ गर्दै चट्याङ गर्ज्यो।यस्तो लाग्यो-फेरि पनि क्रान्तिकारी-सेना बीच युद्ध हुँदैछ।बम-गोला बर्सिंदैछन्।बिजुली चम्किंदा अग्नीको ज्वाला सहित मान्छे आकाशमा उडेको घटनालाई ताजा बनाइदियो।एकैछिनमा मिश्रित असिना-पानी बर्सन थाल्यो।असिनाका सफेद दानाहरु उछिट्टिएर होटल भित्र पसे।चिया पिउन छोडेर तिनै दानाहरु टिपेर खेलाउन थालें।सबभन्दा ठूलो देखिने दाना अनुहारमा दलेर शितलताको अनुभूत गरें।असिना-पानीको वर्षा संगै हावा-हुरीको तेज बढ्न थाल्यो।त्यहाँ ठूलै प्राकृतिक बिपत्ति आउँला जस्तो लाग्यो।कोही मान्छे बाहिरिएको खण्डमा हुरीले उडाएर लैजान सक्थ्यो।असिनाको दाना टिपेर अग्नीमा हाल्नाले असिना रोकिन्छ भन्ने भनाई बूढापाकाबाट सुनेको थिएँ।त्यसै गरें।
"मनोज सर के गर्न लाग्नुभएको"-राम सरले सोध्नुभयो।
"तन्त्र-मन्त्र गर्न लागेको सर।हेर्नुस् एकैछिनमा असिना-पानी रोकिनेछ।"-मैले हाँस्दै जवाफ दिएँ।
"के हो मनोज सर,बिज्ञान पढाउने अनि यस्तो अन्धविश्वासी कुरा गर्ने?यो चाहिँ अलि सुहाएन है सर।"-तेज सरले मेरो खिल्ली उडाउनुभयो।
"लामा हो नि मनोज सर।तन्त्र-मन्त्र जान्नुहुन्छ होला।"-होटेलकी साउनीले भनिन्।
सबैजना गलल हाँसे।कसैले चाउमिन,कसैले अण्डा-चिउरा फ्राइ र कसैले चिया बिस्कुट खाजाको रुपमा खान लाग्यौं।अनायासै एकजना क्रान्तिकारी नेता निथ्रुक्कै उझिएर अँध्यारो र सानो मुख लाएर होटलमा प्रवेश गर्यो।
"नमस्ते सर,मिस र म्याडम हरु।"-उसैले शुरुमा अभिवादन गर्यो।
"नमस्कार,नमस्कार किरण सर।"-सबैले उसलाई नमस्कार फर्कायौं।
"के हो?तपाईंहरु निकै खुशी देखिनुहुन्छ नि?माहोल पनि रमाइलो छ है?-किरण कमरेड बोल्यो।
"के रमाइलो भन्नु सर?यसै खाजा-साजा खान आएका।"-राम सरले भन्नुभयो।
"हामी चाहिँ तपाईंहरुको हक,हित र अधिकारको लागि जंगल पसेर लडिरहेका छौं।ज्यानको बलिदानी दिन पछि परेका छैनौं।दु:ख पाएका छौं।रगत-पसिना बगाएका छौं।अनि तपाईंहरुलाई चाहिँ हाम्रो बारेमा अलिकति पनि चिन्ता छैन?यसरी मोजमस्ती गरिरहनुभएको छ?खानु भएको छ।पिउनुभएको छ।आरामदायी जीवन जिउनुभएको छ!"
किरण कमरेडले थर्काएर धम्कायो।सबैजना मौन बस्यौं।कमरेड भने अझै क्रोधले मुर्मुरिंदै थियोे।
"ए मोजमस्ती?मोजमस्ती गर्ने भए आउ न त तिमी पनि शिक्षकको जागीर खान।किन जंगल पस्नुपर्यो?हक,हित र अधिकार दिलाउले बहानामा कति सताउछौ?कति तड्पाउछौ?धम्काउछौ र लुट्छौ? गरिब,सोझा जनतालाई?भो हामीलाई चाहिएन हक-अधिकार।हामी जे छौं,ठिक छौं।हाम्रो लागि कसैले कष्ट गर्नुपर्दैन।न्याय दिलाउने बहानामा अझ अन्याय गर्छौ भने,चाहिएन हामीलाई तपाइँहरुको न्याय।"
यस्तै बिरोध र प्रतिशोधको भावना पैदा भयो मनमा।तर चुपचाप बसेर सहनु र उसको कुरा सुन्नु बाहेक अर्को कुनै विकल्प थिएन।उनीहरूको बिरुद्धमा सही गलत जे बोले पनि कसैको खैरियत थिएन।
"मनोज सर,तपाईंलाई एउटा कुरा सोध्नुछ।"-कमरेडले मतिरै हेरेर भन्यो।
"के कुरा हो सर भन्नुस्।"
"तपाईं शनिबार कहाँ हुनुहुन्थ्यो?नेपाली सेनासित भेट भएको थियो?कोही-कोही मान्छेहरु सुराकी भएको मेरो जानकारीमा आएको छ।अनुसन्धानकार्य चलिरहेको छ।यकिन हुने बित्तिकै के गर्नु पर्ने हो,मैले जानेको छु।"
उसले घुमाउरो पाराले मलाई सुराकीको रुपमा ईङ्गित गर्दै भन्यो।
"म शनिबारको दिन जिरीमा थिएँ।मेरी श्रीमती जिरीमै बसेर पढ्ने भएकोले भेट्न गएको थिएँ।आइतबार विहान उतैबाट विद्यालय आएको थिएँ।त्यही दिनै यहाँ घटना घट्यो।सायद तपाईंले मलाई शंका गर्नुभएको होला।म कस्तो मान्छे भनेर कृपासुर सरलाई सोध्नुहोला।"-मैले आफ्नो यथार्थ कुरा बताएँ।
कृपासुर क्रान्तिकारी पार्टीको एक प्रभावशाली,सशक्त

र जिम्मेवार नेता हुनुहुन्थ्यो।मलाई प्रा.बि.स्तरसम्म पढाउनुहुने गुरु।उहाँको नाम लिएपछि बल्ल ऊ चुपचाप बस्यो।
त्यसैले ओमु!त्यो विद्यालय नजाने बिचार गर्दैछु।त्यो ठाउँमा जतिखेर जेपनि हुनसक्छ।सेनाले माओवादी कार्यकर्ता र माओवादीले सुराकी भनेर जतिबेला पनि ठोक्न सक्छन्।बिना कसूर हामी सर्वसाधारण दोहोरो चपेटामा पर्न सक्छौं।त्यो क्षेत्र धेरै प्रभावित,खतरनाक र संवेदनशील भैसक्यो।यही महिना मात्र काम गर्छु ।त्यसपछि राजीनामा दिएर आउँछु।बरु बिदेश जान्छु।त्यहाँ जान्न।कमसेकम बिदेशमा यहाँको जस्तो खतरा त हुँदैन।"
धेरै ठूलो घटनाको बारेमा बिस्तृतरुपमा सुनाएपछि उसलाई त्यो क्षेत्रमा नपठाउने निर्णय गरें।देश युद्ध र संकटको आँधी-तुफानले जर्जर अवस्थामा पुगिसकेको थियोे।नेपाल आमाको छाती चर्केर चिरा-चिरा परिसकेको थियो।हजारौं छोराछोरीले न्याय र मुक्तिका नाममा ज्यान उत्सर्ग गरिसकेका थिए।लाखौं गरीब र सोझा जनताहरु सेना र माओवादीबाट प्रत्यक्षरुपमा दोहोरो मारमा परिसकेका/परिरहेका थिए।कैयौं विकासका भौतिक संरचनाहरु ध्वस्त पारिएका थिए।हत्या,हिंसा र आतंकले देश अशान्त र आक्रान्त थियो।विहान कार्यलय जान निस्केको मान्छे बेलुका घर फर्किने/नफर्किने कुनै ग्यारेन्टी थिएन।आफ्नै घर पनि आतंकित र असुरक्षित थिए।कति नारीका सिउँदो उजाडिए-जसरी शिशिरमा बोटबिरुवाका पातहरु झरेर उजाड हुन्छन्।कति छोराछोरी टुहुरा/अनाथ भए।कति बाबा-आमा सन्तानविहीन भए।बुढेसकालको सहारा लाठी भाँच्चिए।आँशुको भेल बग्यो।रगतको खोलो बग्यो।नेपाल-आमा प्रताडित/मर्माहत/बिचलित/शोकमग्न/बेहाल भई मूर्छा परिरहेकी थिईन्।त्यस्तो खतरनाक र गम्भीर परिस्थितिमा मनोजलाई गर्जाङ जस्तो ठाउँमा पठाउन मेरो अन्तर्आत्मले दिएन।महिना मर्न दस-पन्ध्र दिन बाँकी नै भएकोले ऊ केही दिनको लागि भने विद्यालय जाँदै थियो।अरु दिन उतै बसे पनि शनिबार छुट्टी हुने हुँदा हरेक शुक्रबार राती जिरीमा आउँथ्यो।आइतबार विहान त्यहीबाट विद्यालय जान्थ्यो।
एकदिन ऊ शुक्रबार नभएर जिरीबाट गएकै दिन अर्थात आइतबारै जिरी फर्क्यो।त्यत्रो टाढाको बाटोमा विहान गएर पढाईकन फेरि बेलुका आएको देखेर खुशी हुनु भन्दा पनि अचम्मित भएँ।उसको मुहारमा पहिलेको जस्तो कान्ति थिएन।थियो त केबल मुर्झाएको फूल जस्तो।
"के भयो र मनोज?उदास-उदास देखिन्छौ।किन आजै फर्केको?।"-मैले उत्सुक हुँदै सोधेँ।
"के हुनु र?केही भएको छैन।आज उता बस्न मनै नलागेर आएँ।"
"हैन,केही त रहस्य छ-तिमी आजै फर्किनुमा।क्रान्तिकारी या सेनाले धम्कायो फेरि?"
"के भनौं र,कुरा नै त्यस्तै खालको छ।पहिलेको घटना सेलाउन नपाउँदै फेरि अर्को दु:खद घटना घट्यो।जुन घटनाले समस्त विद्यालय परिवार र गर्जाङ बासी नै मर्माहत बनाएको छ।

"आज विहान म विद्यालयमा पुग्दा त्यहाँ कोही थिएनन्।चाँडो पुगेको होला भनेर घडी हेर्दा सवा दस बजिसकेको थियो।कुनै सार्वजनिक बिदा परेको होला भनेर एकछिन सोचमग्न भएँ।तलतिरको स्वास्थ्य चौकीमा गएर यादव सरलाई सोधेँ।रामबहादुरको घरमा घटना घटेकोले विद्यालय छुट्टी भएको जानकारी दियो उसले ।यादव सरलाई पनि लिएर रामबहादुरको घरमा गएँ।गाउँलेहरु झुम्मिएर हेर्दै थिए।
"पुलिस पनि अहिलेसम्म आइपुगेका छैनन्।अस्ति भर्खरै त्यस्तो घटना घट्यो।डरले के आउँलान् र?"
नजिकै गएर नियालें।त्यो दृश्यले मलाई क्षत-विक्षत बनायो।आघात पुर्यायो।नरोइकन बस्नै सकिन।सरासर गएर रामबहादुरलाई घटनाको बारेमा सोधेँ।

"हिजो २ छोराहरुले गोरु जोत्न मद्दत गरेकाले मेरो भुइँमा खुट्टै थिएनन्।शुक्रवारको दिन दिउँसो एक बजे नै विद्यालय छुट्टी भएर यताउता खेल्दै हिंड्ने क्रममा भेट्टाएको चिल्लो बललाई जेठो छोरा मोहनले झोलामा जतनका साथ राखेको रहेछ।भाइ चन्द्रसंग मिलेर बल खेल्ने योजना मुताविक दाइले गोरु भाइलाई जिम्मा लाएर उक्त बल झिकेर ल्यायो। गोरु जोत्न छाडेर दुई भाइ खेल्न थाले।बल दुई भाइको बीचमा नाच्न,उफ्रन र गुड्न तल्लीन थियो।चिल्लो र अनौंठो बलसंगै दुवै भाइको हर्षको सिमानै थिएन।सोही क्रममा मोहनले कौतुहल हुँदै बलतिर अवलोकन गर्न थाल्यो।उक्त फलामको बलसंगै मसिनो साङ्ला पनि जोडिएको थियोे।दाइको क्रियाकलाप देखेर भाइ चन्द्र पनि उत्सुक मान्दै भन्न थाल्यो।
"खै दाइ,म पनि हेरुँ न के रहेछ त्यहाँ!"
"हुन्न,हुन्न।म आफैं हेर्छु पहिले।किनभने यो बल मैले भेट्टाएको हुँ।"-दाइको जवाफ थियो।
दुई भाइको बीचमा प्रतिस्पर्धा हुन थाल्यो।सबभन्दा पहिले को उक्त बलको बारेमा बढी जानकार हुने?दाइको अगाडि भाइको केही लागेन।दाइले नै उक्त बलको साङ्ला खिचिदियो।
"डम्म्म्म्म"आवाज आयो।मुस्लोले खेतबारी अन्धकार भयो।एक हल गोरु सहित दुई भाइ यताउता लडे।
"गुहार!गुहार!मेरा छोराहरुलाई के भयो?गाउँले हो!मद्दत गर्नुस् मलाई!"
रुन र चिच्याउन थालें।दुईचार जना गाउँलेहरु जम्मा भएपछि हामीले उठाएर हेर्यौं तर प्राण-पखेरु उडिसकेका थिए।
यत्तिकैमा एक जना गाउलेले भन्यो।
"अस्ति एकहप्ता पहिले सेना-विद्रोही बीच युद्ध भएको थियो।खै यी दुई भाइले कहाँबाट फेला पारेछन्-बम!"
"हुन त हामीले पनि देखेका थियौं-त्यो बल।तर हामीलाई के थाहा त्यो बल बम हो भनेर?"

ओमु!साँच्चिकै त्यो दृश्यले मलाई समेत जिउँदो लास बनायो।करीब १२ र १४ बर्षका बालकहरु,एकहल गोरु यता/उता लडिरहेका।दुबैको निधार र शीरमा छिद्र-छिद्र।बिक्षिप्त शरीर।गोरुहरुलाई चाहिँ कहाँ लागेको भनेर ठम्याउन सकिएन,भुत्लै भुत्ला भएकोले।एकैचोटिमा दुईभाइ छोरा र एकहल गोरु गुमाउँदाको पीडा रामबहादुर र उनकी पत्नीले कसरी सहेका थिए?तिमी आफैं सोच त।ती आमा-बाबाको हालत कस्तो भए होला?बरा!
उसले यति भनिसक्दा मेरा आँखाबाट थाहै नपाई आँशुधारा छुटिसकेछ।
"अनि त्यसपछि के भयो?"-मैले मनोजलाई सोधेँ।
"के हुनु नि?प्रहरीहरु त्यहाँ आउन मानेनन्।उतैबाट दाहसंस्कार गर्ने अनुमति दिए।जे नहुनु पर्थ्यो,भैसकेको थियो।त्यसपछि हुनु के नै थियोे र?"- आँशु पुछ्दै भन्यो।
"ल मनोज,अब तिमी त्यता जाने हैन।त्यो ठाउँ एकदमै असुरक्षित भैसक्यो।सकभर छिटो राजीनामा दिएर आऊ।आफ्नो ज्यान भन्दा पैसा ठूलो हैन।"

वास्तवमा म अत्याधिक रुपमा आँतिएकी थिएँ।उसकै बारेमा चिन्ता लाग्न थाल्यो।त्यस्तो गम्भीर स्थितिमा त्यहाँ जागीर खाएर बस्नु कुनै पनि हालतमा उचित लागेन।बल्लतल्ल लडाइँको मोर्चाबाट ज्यान बचाएर आएको उसलाई तुरुन्तै जागिर छोड्न दबाब दिएँ।खासमा जागिर खाएर बस्न उसलाई पनि इच्छा जागेन।केही दिन पश्चात् जागिर छोडेर मसंगै जिरीमा बस्न थाल्यो।
उसले राहदानी बनाएर बिदेश जानको लागि कोसिस गर्न थाल्यो।आवेदन दिइसकेको थियोे तर त्यतिनै बेला ईराकमा १२ जना नेपालीको निर्ममता र क्रूरतापूर्वक हत्या भयो।सो घटनाले गर्दा देशमा बिरोध तथा आन्दोलनले उग्र रुप लियो।कतिपय म्यानपावर कम्पनीहरु तोडफोड भए।कति जनाको महत्वपूर्ण कागजात र राहदानी गायब भए।म्यानपावर कम्पनीहरु ठप्प जस्तै भए।सबै कामहरु रोकिए।भिषा लाग्नु त कता हो कता राहदानी पाउन समेत धेरै महिना कुर्नुपर्यो।दु:ख-सास्ती खेप्नुपर्यो।
कक्षा ११उतीर्ण गरेर १२ मा अध्ययनरत थिएँ।घरको आर्थिक कमजोर माथि पनि मनोज बेरोजगार भएकोले धेरै आर्थिक कठिनाइहरुको सामना गर्नुपर्यो।काठमाडौं जाने र फर्किने बाहेक उसको अरु कुनै प्रगतिशील काम भएन।हाम्रो प्रेम दुबो जत्तिकै फैलिएको भएपनि समय र परिस्थितिले दूरी बढाउँदै लग्यो।यद्यपि हाम्रो मनको दूरी भने एकदमै छोटो थियो।क्रमिक यत्नको बाबजुद पनि आँटेको काममा सफलता हात नलागेपछि ऊ सय हन्डर खाएर घर फर्क्यो।ढुक्कसँग गाउँमै बसोबास गर्न थाल्यो।
एकदिन उसलाई अत्यन्तै खुशीको खबर सुनाएँ।
"मनोज!हाम्रो लागि एउटा खुशीको खबर छ।तर म सुनाउँदिन।खबर झूटो पनि हुन सक्छ।"
"ए हो र?के खबर हो त्यस्तो?झट्टै सुनाऊ न।के कुरा हो?म आतुर छु-सुन्नलाई।"
"हाम्रो पवित्र प्रेम र विवाहको निशानी अर्थात बिरुवा मेरो पेटमा हुर्किंदै छ जस्तो लागेको छ।"
"कसरी हुन सक्छ र यो?हामीले त सावधानी अपनाएका छौं त सकेसम्म।हैन होला।"
उसलाई सायद विश्वास लागेको थिएन।
"मासिक स्रावको समय कटेको दस-पन्ध्रदिन भैसक्यो।पेट हल्का दुखे जस्तो।वाक-वाक लाग्ने।रिंगटा चल्ने।"
"ल त्यसो भए भोलि जिरीको अस्पतालमा जाँच गर्न जाने।त्यसपछि सबै कुरा छर्लङ्ग हुन्छ।"
प्रस्तावलाई सहर्ष स्वीकार्दै अस्पतालमा

जँचाएँ।पिसाब जाँच गरिसकेपछि डाक्टरले नतिजा सुनाउने बेला भयो।नतिजा सुन्न हतार भैसकेको थियो।
"डाक्टर साब रिपोर्टमा के छ?"- उत्साहित भएर सोधेँ।
"एकछिन पर्खिनुस् बहिनी।भनिहाल्छु नि।सिस्टर,बहिनीको रिपोर्ट ल्याउनुस् त।"
केहीबेरपछि डाक्टरले रिपोर्ट हेर्दै भन्यो।
"बहिनी!तपाईं आमा बन्दै हुनुहुन्छ।बधाई छ तपाईंहरुलाई!"
खुशीले भुरुक-भुरुक उफ्रँदै त्यो खुशी मनोजसित बाँड्न लागें।हामी दुबै पुलकित हुँदै बजारमा आएर 'फोर्लिक एसिड' नामक रगत बढाउने औषधि किन्न थाल्यौं।
"सुवास सर,नमस्ते।यो औषधि दिनु त।"
उसले चिनजानको साथीको औषधि पसलमा डाक्टरले लेखिदिएको कागज देखाउँदै भन्यो।
"नमस्कार सर।लौ बधाई छ सर-म्याडम लाई।प्रगति गर्नुभएछ।"
कागजतिर आँखा दौडाउँदै सुवास सरले भन्नुभयो।
"धन्यवाद,धन्यवाद सर।"
मनोज र मेरो एउटै स्वर भयो।
"ल भाउजू एउटा-एउटा चक्की दैनिक रुपमा नछुटाई खाने गर्नुस् है।"
सुवासको सुझाब थियो।

फलफूल र पौष्टिक आहारा किनेर हामी भुइँमा खुट्टै नटेकी घर फर्क्यौं।एउटी नारीको लागि त्यो भन्दा खुशी,आनन्द र गौरवको कुरा अरु केही पनि हुन सक्तैनथ्यो।आमा बन्न पाउनु त नारीको अहोभाग्य नै हो।आमा बनेपछि मात्र एउटी नारी पूर्ण हुन्छे।म पनि अपूर्णबाट पूर्ण हुँदै थिएँ।
भारी जीउ लिएर कलेज जान असम्भव भएकोले कोठामै बसेर स्व-अध्ययन गर्न थालें।छोरा/छोरी जे पाएपनि हामीलाई फरक नपर्ने हुँदा अस्पतालमा गएर लिंग परिक्षण गर्ने काम गरेनौं।समय गुज्रिसकेकोले मेरो कोखबाट एउटी छोरीको जन्म भयो।मनोज र म पनि बाबा-आमा भयौं।आर्थिक स्थितिले गरीब भएपनि छोरी पाएर धनी भयौं।एउटी सानी छोरीको धनी।बच्चाले पनि बच्चा पाएकोले बच्चाको बाबु बच्चा समाउन निकै धक मान्थ्यो।अझ भन्ने नै हो भने बच्चा समाउने र खेलाउने उसको ढंगै थिएन।एकछिन समाए जस्तो गरेर मलाई जिम्मा दिइहाल्थ्यो।बच्चाको आमा भएपछि बच्चा काखी च्यापेर कलेज जान सक्ने स्थिति थिएन।मेरो बसाइँ गाउँघरमै हुनथाल्यो।घरमै बसेर स्व-अध्ययन गर्न थालें।हुँदाहुँदै १२कक्षाको परीक्षा आयो।सुत्केरी भएको एक हप्तापश्चात मनोज बिदेश जाने शिलशिलामा काठमाडौं गैहाल्यो।परीक्षा त आयो तर काखमा दुधे बालिका लिएर कसरी जाँच दिने?चिन्ताले सतायो।
"आमा,मेरो पढाई खत्तम हुने भयो।यतिसम्म पढियो तर अब जाँच दिने बेलामा यस्तो समस्या आइलाग्यो।मैले जाँच दिन नपाउने भएँ।"-मले सासुआमालाई ब्यथा सुनाएँ।
"किन बच्चा पाएपछि जाँच दिन नपाउने नियम छ र?-सासुले सोध्नुभयो।
"पाईन्छ तर कसरी जाँच दिने?नानी कसले हेरिदिन्छ त?
"कति दिन लाग्छ?महिना त लाग्दैन होला?म हेरिदिउँला केही छैन।"
"आमा,तपाईंले हेरिदिने?"
"किन,मैले हेर्न हुन्न त मेरी नातिनीलाई?तिमी ढुक्क भएर बस,म छु नि।"
सासुआमाको कुराले मलाई धेरै राहत मिल्यो।सासू भएपनि आफ्नै आमा जस्ती प्यारी लाग्न थाल्यो।
नभन्दै परीक्षाका दिनहरुमा विहान ३/४ घण्टाको लागि नानी सासूआमालाई जिम्मा लगाएर परीक्षा दिएँ।

घर र माइतीघरमा धेरै थरीका व्यवहारिक समस्याहरु झेल्नुपर्यो।युगौ-युगदेखि सासू/बुहारीको सम्बन्ध यसरी चल्दै आएको छ कि उनीहरू बीचको दूरी एकदमै टाढा छ।भौगोलिक दूरी भन्दापनि मानसिक दूरी।दुबै नारीजाति भएतापनि उनीहरू बीचको दूरी किन यसरी बढिरहन्छ भन्ने कुराको तथ्य पत्ता लगाउन धेरै कठिन छ।एकले अर्कोलाई हेर्ने/बुझ्ने दृष्टिकोण शत्रु भन्दा सायद कम नहोला।चाहे उनीहरू बीचको सम्बन्ध जतिनै प्रगाढ होस्।कतै न कतै,कुनै न कुनै विषयमा तालमेल मिलिरहेको हुँदैन।ठिक त्यस्तै सम्बन्ध हामी सासू/बुहारीमा पनि थियो।हुनु स्वभाविक थियोे।नौलो पक्कै थिएन।त्यसो त श्रीमतीलाई गर्ने माया र बाबा-आमालाई गर्ने मायामा पनि आकाश/पातलको फरक हुनेनै भयो।मैले मनोजको माया र उसले कमाएको पैसा पाउँदा सासूआमा रिसले आगोझैं हुनुहुन्थ्यो।एउटी श्रीमतीको नाताले आफ्नो श्रीमानबाट ती सब पाउनु उनको हक-अधिकारको कुरा पनि हो।बाबा-आमालाई जतिसुकै माया गरेपनि त्यो अदृश्य हुन पनि सक्छ।माया भन्ने शब्दले नै सासू-बुहारीमा असमझदारी पैदा गरिरहेको हुन्छ।
"जन्माउने/पाल्ने/टाल्ने/हुर्काउने/पढाउने बाबा-आमाले।फल खाने बुहारीले!"
यही मानसिकता धेरै आमा/सासुहरुमा हुने भएकोले सम्बन्ध बरफ झैं चिसिन्छ।यावत कारणहरुले गर्दानै सासू-आमासंग सुमधुर सम्बन्ध स्थापित हुन सकेन।केही गल्ती मेरा,केही सासुआमाका होलान्।आखिर ताली बज्न दुबै हातहरुले भूमिका निर्बाह गरेका हुन्छन्।सासू-बुहारीको झगडाको बीउ सदियौंदेखि जीवित छ।मलजल पाउने बित्तिकै टुसा पलाएर मौलाउन थाल्छ।

एकदिन तिल जत्रो बिषयबाट शुरु भएको ठाक्कठुक्कले पहाडको रुप धारण गर्यो।बोलचाल नै बन्द भयो।खाना समेत नखाएर रातको दस बजे संघार नाघेर घरबाट बिदा भएँ।बच्चालाई पछाडि बर्कीले बाँधेर हातमा कपडाको पोको लिएर काठमाडौं जाने योजनाले घरबाट बाहिरिएँ।निस्पट्ट सुनसान रात।ताराहरु मात्र टिल्पिलाइरहेका जहाँ जूनको उपस्थिति थिएन।कुकुर,स्याल र मृगका अलग-अलग आवाजले यस्तो आभास दिलाउँदै थियो।मानौं-म चिडियाखानामा छु।चिहानटार तिर राँकेभूतका ज्वालाहरु सल्बलाइरहेका।करीब ७/८ वटाको संख्यामा भएका राँकेभूतहरु कहिले ओख्रेटारतिर र कहिले सैलुङ पहाडतिर पुग्थे।फेरि फर्केर निकै तलतल सम्म आएर बिलाउँथे।बूढापाकाहरुले त्यसलाई राँकेभूत नाम दिएका दिए।बैज्ञानिक कारण-चिहानतिर स-साना हाडका टुक्राहरु हुन्छन्।ती हड्डीहरुमा हुने फस्फोरस ग्याँस अक्सिजनसंग मिलेर रासायनिक प्रतिक्रिया पश्चात् आगो बन्ने गर्दछ।विद्यालयमा बिज्ञान शिक्षकले त्यसरी पढाए पनि ज्वालन्त दृश्यले सबै बैज्ञानिक कारण बिर्साइदिन्थ्यो।फेरि मलाई आफ्नो भन्दापनि नाबालिका छोरीको चिन्ता थियो।कतै भूत-पिशाचको छायाँ पर्ने पो हो कि!
मनोज घरमै भएको भए सायद सासूसंग महाभारत हुने थिएन।ऊ संगै हुँदा र नहुँदाको सासूले गर्ने व्यवहारमा आकाश-पातलको फरक हुन्थ्यो।हामी आमा-छोरी संगै भएतापनि म एक्लै जत्तिकै थिएँ।कारण-छोरी बल्ल एक बर्षकी भएकोले उनलाई डर,त्रास र खुशी जस्ता संवेदनाहरु के नै अवगत/अनुभूत हुन्थ्यो र?पहिलोपटक भागेर काठमाडौं जाँदाको र त्यतिखेरको बाटो बिल्कुल उहीँ/उस्तै थियोे।तर पछिल्लो पलमा ऊ मेरो साथमा थिएन।भागेर जाँदाका हरेक पलहरु सम्झें।उसको अनुपस्थितिमा काठमाडौंको यात्रा सार्थक/पूर्ण बनाउने हिम्मत आएन।ऊ बिनाको यात्रामा दुई पाइला मात्र बढाएकी थिएँ।थकित भएर पाइलाहरु अगाडि नभई पछाडि धकेलिए।सबै अवस्था/परिस्थिति/बाधा/अड्चनहरुको मध्यनजर गर्दै पाइला त्यहीं स्थगित गरें।माथ्लोघरमा बास माग्ने निहु खोज्न थालें।सबैजना ढोका थुनेर सुतिसकेका थिए।
"आमा!ए आमा!ए आमा!"
"आमा!ए आमा!ए आमा!"
ढोका ढकढक्याउँदै बोलाएँ।
"को हो?के चाहियो?यतिका राती ढोका हान्ने को हो"
"को हो?के चाहियो?यतिका राती ढोका हान्ने को हो"
आमाले चर्को स्वरमा सोध्नुभयो।
"आमा!म ओमु।मलाई आपत परेर यहाँ आएकी।"
"आमा!म ओमु।मलाई आपत परेर यहाँ आएकी।"
शेर्पा भाषामा आफ्नो परिचय दिएँ।
उहाँले चिनेर घुईंया ढोका खोल्दै भन्नुभयो-
उहाँले चिनेर घुईंया ढोका खोल्दै भन्नुभयो-
"के पर्यो र यतिका राती?"
"म काठमाडौं जान लागेकी।मलाई टर्च कि सिटा दिनुपर्यो।आपतमा परेकी छु।"
मैले झगडाको सबै बेलिबिस्तार लगाउँदै भनें।
"अहिले यति राती जानुपर्ने के छ?के नै बितेको छ र ?अहिले नजाऊ।यहीँ बस।भोलि विहान उज्यालो हुँदै जाऊ।बच्चा पनि सानै छ,बिमार होला।"

उहाँले त्यति भनेपछि मलाई अरु के चाहियो र?खोजेको त्यही थियो।जाने हिम्मत भए किन उहाँहरुको घरमा जानकारी दिईरहन्थें र?आमा-छोरीको त्यो रात त्यही बित्यो।
"अब हामी लाग्छौं आमा।बास दिएर ठूलो गुण लाउनुभो।कहिले तिर्न सकुँला र यो गुणको बदला?"-आमालाई बिदा माग्दै भनें।
"होस् नजाऊ अहिले काठमाडौ।वहाँ गएर पनि के गर्छ्यौ र ?नानी पनि सानै छ।"
उहाँको कुरालाई मनन गर्दै काठमाडौंको यात्रालाई असफल बनाउँदै हामी माइतीघर तर्फ सोझियौं।अर्को विकल्प मेरो सामू थिएन।
"होस् नजाऊ अहिले काठमाडौ।वहाँ गएर पनि के गर्छ्यौ र ?नानी पनि सानै छ।"
उहाँको कुरालाई मनन गर्दै काठमाडौंको यात्रालाई असफल बनाउँदै हामी माइतीघर तर्फ सोझियौं।अर्को विकल्प मेरो सामू थिएन।
केही महिनापछि १२ कक्षाको नतिजा आयो।म उतीर्ण भएँ।परीक्षा दिन जाँदा सासूले बच्चा हेरिदिएर स्रहानीय काम गर्नुभएको थियो।तर झगडा पश्चात् हामी बीच दरार पैदा भएर ठूलै खाडल बनिसकेको थियो।दिनहरु सुख-दु:ख बित्न थाले।छोरी साथमा लिएर गाईबस्तु चराउन जान्थें।गरिबी र अभावले तनाव सृजना हुन थाल्यो।शुरुमा त सबैको प्यारी थिएँ।बिस्तारै आमा-छोरी बोझ हुन थाल्यौं।विवाहित चेली माइतमा बसेपछि समाजको दृष्टिकोण नकारात्मक हुने नै भयो।
१२ कक्षा उतीर्ण गरेपनि गाउँमा रोजगारीको सम्भावना न्यून थियो।संयोगवश पाएपनि छोरी कसले सम्हालिदिने?घर/माइत दुईतिरबाट वचन-वाणहरुले लागेर सख्त घाइते भएँ।वाण मुटुमै लागेकाले निको हुने कुनै औषधि पाईन।औषधिको खोजीमा काठमाडौं जाने कठोर निर्णय गरें।
"जस्तोसुकै दु:ख,कष्ट र बाधा-अड्चनको सामना गर्नुपरे पनि एकमुठ्ठी खोले खाएर भएपनि जीवन निर्वाह गरुँला।जसरी पनि काठमाडौं गएरै संघर्षका पाइलाहरु बढाउनेछु।"
यस्तै सोचेर एकदिन जिरी गएर मनोजलाई फोन गरें।
"मनोज म त काठमाडौं आउँदैछु।यहाँ हाम्रो बिजोग छ।"
"किन आउँदैछ्यौ र तिमी?न त यहाँ मेरो बिदेश जाने काम सफल भएको छ,न बस्नको लागि छुट्टै कोठा नै छ।म त यहाँ कहिले दाइ,कहिले दिदीहरुकोमा गएर गुजारा चलाउन बाध्य छु।त्यहीँ माथि तिमीहरु आयौ भने मैले कहाँ राख्ने?कसरी प्रबन्ध मिलाउने?मेरो समस्या र बाध्यतालाई बुझ्ने कोसिस गर न ओमु।म आफैं त समस्याहरुको महासागरमा खसेको छु।समस्यामाथि समस्या थप्ने काम नगर न।"-मनोजले सम्झाउन खोज्यो मलाई।

No comments:
Post a Comment