अलि अलि गर्दै धेरै पिएर हासेकोछु
नशाको साहारा लिई जिएर हासेकोछु।
भो मलाई चाहिएन तिम्रो सहानुभूति
आलो घाउ अब आफैं सिएर हासेकोछु।
जाने लाई सजिलो छ, चोट दियो र गयो
म भने बिक्षिप्त मुटु लिएर हासेको छु।
केही गर्न सकिएन रास्ट्रको लागि भने
उनको लागि आफू बलि दिएर हासेकोछु।
जति बिर्सु भने पनि निस्ठुरीकै यादमा
आजभोली झनै ज्यान खिएर हासेकोछु।
No comments:
Post a Comment