Saturday, 3 September 2016

मीत हुन लाई

अश्लील भै हिंडिदिन्छन् चर्चित हुन लाई
केही बाकी छैन अब लज्जित हुन लाई।

यस्तै रहेछ जमाना, दर्शक पनि उस्तै
नग्न दृश्य नै चाहिन्छ चकित हुन लाई।

निरीह छ कानून यहाँ, देखि राम-लीला
कुनै पनि नियम छैन दण्डित हुन लाई।

बोरा च्यात्तिएको जस्तो सुनिन्छ गाउँदा
सुरिलो आवाज चाहिन्छ गीत हुन लाई।

आज-भोलि सबै तिर राजनीति चल्छ
शत्रु पनि आई रहन्छन् मीत हुन लाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...