Thursday, 1 September 2016

"पोखरा" मा एकछिन घोत्लिदा

'पोखरा'मा एकछिन घोत्लिदाँ

नियात्राकार: माङ दोर्जे शेर्पा

समीक्षक: कुमार काफ्ले

पछिल्लो पुस्ताका सक्रिय सर्जक माङ दोर्जे शेर्पा गजल,कविता,मुक्तक र कथा लेखनमा क्रियाशील रहेको धेरैलाई अवगतै छ।यसपटक उनी "पोखरा"शीर्षक मार्फत यात्रा साहित्यमा पनि प्रवेश गरेका छन्।

पोखरा एउटा सुन्दर शहर हो र त्यहाँको मनोरम प्राकृतिक दृश्य हेर्न र त्यसलाई हृदयमा कैद गर्न हजारौं,लाखौं मान्छे लालायित छन्,हुने गर्दछन्।तिनै हजारौं,लाखौं मान्छे मध्येका एक हुन् माङ दोर्जे शेर्पा।पोखराको विविध पक्षलाई उजागर गर्दै धेरै लेख रचनाहरू लेखिएका छन्,प्रकाशित भएका छन्।गीत गाइएको छ �चलचित्र बनाइएको छ।तथापि दोलखाका माङ दोर्जे शेर्पा एउटा फरक अनुभूतिका साथ सपरिवार सुन्दरताको राजधानी पोखराको यात्रा गरेका छन् र त्यसलाई आफ्नो कलम मार्फत जीवन्त चित्रण गरेका छन्।यस यात्रा संस्मरणले पोखरा घुमिसकेकाहरूलाई त्यसको मीठो सम्झनालाई ताजा बनाइदिन्छ भने कहिल्यै त्यहाँ नपुगेकाहरूलाई कहिले त्यहाँ पुगौं र संस्मरणमा वर्णित स्थानमा पुगेर,प्रकृतिलाई चुमेर आनन्द लिनु भनेर हुटहुटी जगाइदिन्छ।

बस चढेर पृथ्वी राजमार्ग हुँदै मार्गमा पर्ने मलेखुका होटल अनि ख‌ैरेनीको गेटले नियात्राकार दोर्जेलाई पारेको सूक्ष्म अनुभूतिको वर्णनले पाठकलाई समेत आफैं यात्रारत भएको अनुभव गराउँछ।पोखराको पृथ्वीचोकमा पुगेर गरेको अनुभूति र होटलवाला,ट्याक्सी चालकसँगको संवाद अनि त्यहाँका बहु चर्चित धार्मिक,प्राकृतिक तथा सांस्कृतिक स्थलहरूको यात्रा संस्मरणले भ्रमणलाई सजीव बनाएको छ।एक्लै यात्रा गर्नुभन्दा समूहमा र आफन्तजनहरूसँग दु:ख सुखका बातचित मार्दै नयाँ नयाँ ठाउँहरूको भ्रमण गर्नु आनन्ददायक र रमाइलो हुने अनुभूति पनि गर्न सकिन्छ यो संस्मरणबाट।स्रष्टाको आफ्नो संस्कार वा जातीय प्रभाव/स्थानीय प्रचलनको कारण पनि हुन सक्छ!दोर्जेले पत्नीलाई कम आदरर्थी शब्द 'तँ'प्रयोग गरेका छन्।यस्तै सामान्य कमजोरी बाहेक माङ दोर्जे शेर्पाकृत नियात्रा 'देश प्रदेशको कथा-पोखरा'ले नेपाली यात्रा साहित्यको भण्डार श्रीवृद्धिमा दरिलो टेवा पुग्नेछ।

वैदेशिक रोजगारीको सिलसिलामा घरदेश छोडेर परदेश लागेका स्रष्टा माङ दोर्जेबाट ती स्थानका यात्रा संस्मरणहरू पनि भविष्यमा आउने आशा गर्न पाउनु पाठकको अधिकार हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...