संसारका सबै कुरा परिवर्तनशील छ भन्ने सुनेको थिएँ।मैले पूर्णरुपमा पत्याएको थिईन किन भने केही कुरा परिवर्तनशील अवश्य भएपनि केही स्थिर हुन्छ भन्ठानेको थिएँ।तर आज पूर्णरुपमा त्यो भनाइलाई सत्य मान्न बाध्य छु।कारण-उनको मन र स्वभाव अचानक परिवर्तन भए।उनी परिवर्तन भई।उनको जिन्दगी परिवर्तन भयो रे।निम्न वर्गकी उनी उच्च घरानाकी भई रे।म उनकी पति हुन चाहन्थें।उनी करोडपति भई रे।त्यत्रो माया गर्ने मान्छेले अनायासै चटक्कै छाडेर गई।मैले पनि धेरै माया गर्थें उनलाई।तर आज मेरो मन पनि परिवर्तन भएको छ।म उनलाई माया गरिरहन नसक्ने भएँ।अब त उनीप्रति घृणा पनि लाग्न थालेको छ।कुनैबेला म उनी बिना बाँच्न सक्तिन झैं लाग्थ्यो।तर आज एक्लै पनि बाँच्न सकिरहेको छु।समयको बेगसंगै जुनसुकै कुरा पनि क्रमशः परिवर्तन हुँदै जाने रहेछ।त्यसैले संसारमा कुनै पनि सत्य र असत्य कुराहरु पनि स्थायी नहुने रहेछ।सत्य र असत्य भन्ने कुरा सोचाइमा भर पर्ने कुरा रहेछ।मानौं मेरो मनले पृथ्वीको अस्तित्व छैन भन्यो।अरुको लागि त पृथ्वी छ तर मेरो लागि नहुन सक्छ।किन भने पृथ्वी भएर पनि नभएको जस्तो र अर्थहीन लाग्छ भने मेरो लागि पृथ्वी छैन।म आफू खुशी मन लागेको खानेकुरा खान सक्छु,जान मन लागेको ठाउँमा जान सक्छु र गर्न मन लागेको कृयाकलाप गर्न सक्छु।त्यो मेरो नितान्त ब्यक्तिगत अधिकारको कुरा पनि हो।त्यस्तै मैले आफ्नो आचारण,बिचार र नाम पनि फेर्न सक्छु।मैले पृथ्वीको नाम शनि र शनिको नाम पृथ्वी पनि राख्न सक्छु।यी ग्रहहरुका नाम कुनै देवी-देवताले राखेका हैनन्,मान्छेले राखेका हुन्।म पनि एक मानव जाति भएको नाताले त्यसो गर्न पाउनु मानव अधिकारभित्र पर्ने कुरा हो।
आँखाले देखे जति सबै चीज आफ्नो हुन्न।देखेका सबै सुन्दर बस्तुहरु आफ्ना हुँदैनन्।आफ्ना हुन नसक्ने ती सुन्दर बस्तुहरु मेरा लागि कुरुप पनि हुन सक्छन्।
Wednesday, 11 January 2017
परिवर्तन
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment