पूर्णिमाझैं उजेलीथ्यौ अँधेरीमा खस्यौ कित
समयको बज्रपातले भूमरीमा फस्यौ कि त
पिरतीको बाजी मैले हारे पनि जिते पनि
प्रतिक्षामा बसि दिन्छु जूनी मेरो बिते पनि।
पाए पनि नपाए नि बस्छु त्याग तपस्यामा
ढल्नेछैन आस्था मेरो जुनसुकै अबस्थामा।
माया भन्दै मुठी सास कसैगरी टुटे पनि
प्रतिक्षामा बसी दिन्छु जूनी मेरो बिते पनि।
पिरतीको बिरुद्धमा दुनियाँ उठे उठोस्
तिमी लाई प्रेम गर्ने मर्ने छैन मेरो जोश
माया गर्ने मेरो मुटु कतै प्याट्ट फुटे पनि
प्रतिक्षामा बसी दिन्छु जूनी मेरो बिते पनि।
No comments:
Post a Comment