आँधीहुरी छेक्न सक्छु
अगाडि म बढ्न सक्छु
तिम्रो माया पाएँ भने
दिन रात खट्न सक्छु
बैरी संग लड्न सक्छु
तिम्रो माया पाएँ भने।
पक्षघात भए पनि
बज्रपात भए पनि
अँध्यारोले छाए पनि
आँखा बन्द भए पनि
****************
हात पाउ टेक्न सक्छु
आँखाहरु देख्न सक्छु
तिम्रो साथ पाएँ भने
समयलाई बुझ्न सक्छु
गन्तव्यमा पुग्न सक्छु
तिम्रो साथ पाएँ भने।
निद्रा बाट जागिकन
विकासमा लागिकन
मातृभूमि सजाईन्छ
स्वर्ग यही बनाईन्छ
***************
पसिना म बेच्न सक्छु
इतिहास लेख्न सक्छु
तिम्रो हात पाएँ भने
देशभक्त हुन सक्छु
सफलता छुन सक्छु
तिम्रो हात पाएँ भने।
No comments:
Post a Comment