Thursday, 5 January 2017

खडेरी(संयुक्त)

खडेरी पर्यो मायाको बारी, तिमीले खोली तरेर होला।
सुनसान लाग्छ मनको बस्ती, उनैले बसाई सरेर होला।।
(टसी)

रोकियो सास रोकियो धड्कन संसार अर्कै लागेर आयो
गरेर दु:ख लाएको माया कोपिला हुँदै मरेर होला।
(माङ)

रोपेको थिएँ मायाको बीउ लिएर आशा माया नै फल्ने
गलत थ्यो कि ह्रुदय मेरो कि बिष मैले छरेर होला।
(माङ)

नजानु थियो छोडेर गयो किन यो पागल प्रेमिलाइ
थाहा भएन बाध्यता हो कि मायाले मन भरेर होला
(सोनाम)

लाग्दैन मन बन्दैन काम किन हो केही पनि  अचेल
सायद तिमीले धारे हात दागा धरेर होला
(सोनाम)

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...