Saturday, 7 January 2017

थाकेर आयो

ड्युटी गर्दागर्दै फतक्क थाकेर आयो
अघि खाएको फेरि भोक लागेर आयो।

कुनै कारण रोएँ भने भन्नुहुन्थ्यो आमा
भात खान लाई दुई थाल माझेर आयो।

कहिल्यै नफर्किने गरि गएकी मोरीलाई
बिचराले एकपल्ट डाँको छाडेर आयो।

सिरानी उल्टाइ पल्टाएर छोरो सुतिरछ
बाउले जंगल पसेर दाउरा काटेर आयो।

अस्वच्छ प्रेमको परिणामस्वरूप उनले
पापको फल गन्धा नालीमा फालेर आयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...