Saturday, 14 January 2017

बुझ्न सकिएन

शत्रु हो कि मित्र बुझ्न सकिएन
दोहोरो चरित्र बुझ्न सकिएन।

मनभित्र कालो बोकी हिंड्नेहरु
कसरी पवित्र, बुझ्न सकिएन।

झलझली देख्छु सधैं कसै लाई
आँखामा के चित्र बुझ्न सकिएन।

अनौठो रहेछ यात्रा  जीवनको
कति बाहिर भित्र बुझ्न सकिएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...