Saturday, 14 January 2017

बिछोड र मिलन

(हे शुभकामना
नमरे भेटौंला
मीठो सम्झना।)

बनाउनुछ जीवन सुखमय
संघर्षमा भए नी पराजय।

तिम्रो माया म तिर थोरै छ
मभन्दानी धेर पाउने कोरैछ।

प्रेममा सफल भएको भए
किन जल्थ्यो कमलो हृदय।

कुटु-कुटु यो मुटु खानेकै
माया लाग्छ छोडेर जानेकै।

के भयो र एक तारा झरेर
लैजान्छु म सिन्दूर भरेर।

निष्ठुरीको भरैमा परेर
आखिर गयो नौडाँडा तरेर।

उसको मेरो सम्बन्ध सकियो
यो मुटुको धड्कनै रोकियो।

मुखमा राम बगालीमा छुरी
मुटु रेटी के पायौ निष्ठुरी ।

छोडी गयौ मलाई नकुरी
मनमा चल्यो आँधी र हुरी।

मेरो माया नलागे निष्ठुरी
प्रहार गर घाँटीमा खुकुरी।

माया मार्नु के कारण थियो
खोलो तरी लौरोलाई बिर्सियो।

कुनै बेला म थिएँ प्यारो
मेरो संसार बनायौ अँध्यारो।

ठानिदिन्छौ आफूलाई पबित्र
बुझ्न गाह्रो दोहोरो चरित्र।

जलाउने मायाको संसार
पूरा गर्यौ सपना साकार।

भो भो मलाई अल्मल नपार
देख्दिन म बिश्वासको आधार।

तिम्रो लागि उज्यालो छरेर
दियो जस्तै म आफैं जलेर।

निभ्न लाको दियो झैं मधुरो
तिमी बिना जीवनै अधुरो।

जिन्दगीको मिसन हौ तिमी
मेरो लागि अक्सिजन हौ तिमी।

आज चल्ला हिजोको अन्डा
खोज्दिन म मायामा भागबन्डा।

म मरेनी छोड्दिन तिमी लाई
बाचा गर्छु यो जूनी भरीलाई।

पार्यो मलाई जिउनु न मर्नु
घाती पल सम्झेर के गर्नु।

भन कान्छी घर कता पर्यो
पहिले भेटमै यो मेरो मन चोर्यौ।

दोलखा जिल्ला घर मेरो जिरीमा
दिउँला जोवन कान्छीलाई फिरीमा।

पिरतीको बाटोमा ठेस लाग्यो
सन्यासी भै हिन्नुनै बेश लाग्यो।

पिरतीको बाटो नै भत्कायौ
पराई जोडी मलाई घटायौ।

सजाउँछु मुटुमा परी लाई
साथ दिन्छु जिन्दगी भरीलाई।

निष्ठुरीले छोडेर जाँदैमा
मर्नु हुन्न सानो चोट खाँदैमा।

बाँचेको छु जिन्दगी घिसार्दै
चाहनाका झ्यालढोका उघार्दै।

जीवनको क्यानभासमा रङ भर्दै
भन्नुस् हजुर अरु के के गर्दै।

के पायौ र अरु लाई बिगारी
बिरालोले मुसा झैं पछारी।

फूल जस्तै सुवास छर
रुप छ भनी घमण्ड नगर।

करोडौंमा तिमीलाई छान्या छु
यो दिलको रानी नै मान्या छु।

मलाई छोडी अर्कैलाई अंगाल्यौ
एउटै मुटु सय टुक्रा बनायौ।

चारैतिर देख्दैछु अन्धकार
भासिए जस्तो लाग्दैछ संसार।

लाग्यो भने बैशको मात
तयार छु म दिनलाई साथ।

अनायासै जीवनमा घात भयो
हेर्दाहेर्दै दिउँसो नै रात भयो।

जीवन मेरो भैसक्यो बगर
तिमी चढ्नु सफलताको शिखर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...