मै हुँ भन्ने रुपशी लाजले कही लुक्ला
विश्व सुन्दरी पनि भागेर टाढा पुग्ला
तिम्रो रुपको सामू स्वर्गकी परी झुक्ला।
झर्नाको छङछङ गर्ने पानीमा स्नान गर्दा
नदीको कलकल गर्ने पानीमा पौडी खेल्दा
स्पर्शले उन्मत्त भै पानी जिउमै सुक्ला
तिम्रो रुपको सामू स्वर्गकी परी झुक्ला।
लट्ठ पार्ने शरीर,मदहोसी आँखा देख्दा
रुपको वर्णन गरी कलमले जब लेख्दा
यौवनको नशाले कलमको मसी सुक्ला
तिम्रो रुपको सामू स्वर्गकी परी झुक्ला।
No comments:
Post a Comment