कमेडी गजल
सोझोलाइ फसाउछ दुनियाँले हाँसीहाँसी ।
त्यहीँ हसाई भित्र लुकेका छन् बदमासी ।।
(टसी)
चोखोमाया मुटु भित्र नै सजिएको हुन्छ
देखाउनु पर्दैन कसैले बाहिर टाँसी टाँसी।
(माङ)
मेरो सपनाको महल बनाउनु छैन
तिम्रो रहरलाइ पालुवामा मासी मासी
(सोनाम)
दुनियाँको आँखा लाग्न कुनै बेर छैन हेर
हिँड्ने कुरा नगर प्यारी हात गाँसी गाँसी।
(माङ)
उमेर चालीस काटिसक्यो हामिलाइ था छ
अझै तरुनी बन्न खोज्छिन परेला तासी तासी।
(सोनाम)
जिन्दगीको ड्राइभर म आफैं हुने चाहन्थें
तर आज समयले बनायो खलासी।
(माङ)
आफैं झुक्कियो कि अरुलाई झुक्यायो
मध्यरातको निर्जनमा घरको भाले बासी।
(माङ)
यदि मायामा खेलवाड गरेउ भने
त्यो खेलवाड लाई हुनेछ फाँसी ।
(तुन्डु)
माया कसैको पेवा होईन साथी
मायामै बन्नु छैन अरुको दासी ।
(तुन्डु)
जातभात, छुवाछूत केही हुन्न माया भित्र,
छुदा दाग लाग्यो भने धुन जाउला काँशी।।।
(टसी)
No comments:
Post a Comment